- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Tuesday 28 October 2014

विजय गुरुङ

          विजय गुरुङ जीका केस्राहरु 

    "पीडा"
विजय गुरुङ
ताप्लेजुंग,हाल- मलेसिया
 

कमाउछु भनी परदेश आएँ
घरबारी साहुको हातमा लाएँ

के गरी जोडौँ फेरी त्यो घरबार
खाँडीमा दु:ख पाउनसम्म पाँए

अनगीन्ती सपना बोकेर आएँ
सोँचे झैँ नहुदा मैले हार खाएँ
११-०९-२०१४

  "वास्तव" 

Wednesday 15 October 2014

केस्रा विन्यास:- लील बहादुर क्षेत्री

  मौलश्री लिम्बूको “केस्रा” विन्यासलाई शुभकामना 

      बाँच्दै रहे धेरै कुरा देख्दै जाँईदो रहेछ। देख्दै मात्र किन ? धेरै कुरा भोग्दै,अनौठो मान्दै,कतै रमाउदै त कतै जिल्ल पर्दै,परिवर्तनका अनेकौ खुड्किला तेकिन पुगीदो रहेछ।
- लील बहादुर क्षेत्री 
     अब पचास कै दशकतिर भनौ पचास वर्ष अघि यथार्थ चित्रणको सिंगो स्वरुपमा एकाध ठाउँ आदर्शको बुट्टा हान्दै नेपाली साहित्यमा बामे सरेको यो बबुरोलाई के थाह;युगमा यत्रो परिवर्तन आउँछ ? र वैचारिक सिद्धान्तमा साहित्य यति द्रुत गतिमा दगुर्छ।लेखन शैली,प्रस्तुतिको ढाँचामा पुरानो परिपाटीलाई धकेलेर नयाँ छरितो,सुहाउँदो बान्कीमा यसरि लोभ लाग्दो पाराले उभिन आउँछ जसले गर्दा हामीलाई त्यता नचियाई धरै छैन।चियाउदा आँखा तिर्मिराउछन् ;मस्तिष्क खलबलिन्छ अनि पछि विस्तारै केस्रा छोडिन्दै जाँदा निकै रसिलो अर्कै स्वाद थपिएको अनुभव हुन्छ र हामी त्यता आकर्षित हुन्छौ।
      आज यो अद्भुत युगको विभिन्न सञ्चार माध्यम इन्टरनेट,ईमेल,फेसबूक,डिजिटलका अनेकौ प्रकरण आदि जसले निमेष भरमै सारा विश्वमा फैलावट ल्याउँछ।कहाँ त चप्लेटी ढुंगामा,भित्तामा,पर्खालमा,धुलौटोमा सन्देश लेखेर प्रचार गरिने हाम्रो साहित्य आज पलभरमै प्रत्येकको धड्कन भित्र घुस्रिन पुग्छ।आज विश्व यति सङ्कुचित हुँदैछ कि हामीले भूगोलमा पढेको गोलो पृथ्वी अब त थिचिएर,किचिएर

Saturday 11 October 2014

भरत अधिकारी

         भरत अधिकारी जीका केस्राहरु 
- भरत अधिकारी
मिर्लुङ्-३, तनहुँ,हाल-मलेसिया
 

   "धोका"

एक हलको पाखो थियो
राजीनामा साहुले लियो

विदेश जाने चक्करमा
आफन्तले नै धोका दियो

कमाउने सपना थियो
दलालीले रगत पियो।
०५-०८-२०१४


  "अनुरोध"

Sunday 5 October 2014

जीरन थुलुङ 'सङ्कल्प'

      जीरन थुलुङ 'सङ्कल्प' जीका केस्राहरु 

 "पीडा"  
जीरन थुलुङ 'सङ्कल्प'
फिदिम,पाँचथर,हाल-कतार 

अस्तुहरु हटेनन्
घातीहरु पटेनन्

घातसंगै त्यो आँशु
धेरै बेर अटेनन्

दोषहरु हटेनन्
र त पीडा घटेनन्
२२-०६-२०१३

  “दु:ख”

टुक्रिएछ जिन्दगी धुजा हुँदैछु
खोटो रै'छ भाग्य नै र त रुँदैछु

Thursday 2 October 2014

स्माईल गजुरेल

         स्माईल गजुरेल  जीका केस्राहरु 

- स्माईल गजुरेल
हेलम्बु,सिन्धुपाल्चोक,हाल-भारत
 
     "युवति"

आजकाल युवतिको भर हुन्न
मोजमस्ति अति हुन्छ केहि छुन्न

माया प्रेम एकसँग बिह अर्को
मुस्किलै छ सहि सुश्रि यहाँ चुन्न

संयमशिल-सुशिल साचै हुन्न
समानता हुन्छ सबै नारी रुन्न ।
१८-०२-२०१४

   “दलाली”

साम्राज्यवाद र सामन्ती भेषमा
पुँजीपतिका ति दलाली केशमा