- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Tuesday 28 October 2014

विजय गुरुङ

          विजय गुरुङ जीका केस्राहरु 

    "पीडा"
विजय गुरुङ
ताप्लेजुंग,हाल- मलेसिया
 

कमाउछु भनी परदेश आएँ
घरबारी साहुको हातमा लाएँ

के गरी जोडौँ फेरी त्यो घरबार
खाँडीमा दु:ख पाउनसम्म पाँए

अनगीन्ती सपना बोकेर आएँ
सोँचे झैँ नहुदा मैले हार खाएँ
११-०९-२०१४

  "वास्तव" 



फुलहरूमा भमरा घुम्छ
मन मेरो तिमीसँगै डुल्छ

टाढा हुन खोजे पनि तिमी
मायाको चिनो म सँगै हुन्छ

नजरको वरीपरी घुम्छ
हामी मिल्ने साईत पक्कै जुर्छ
१४-०९-२०१४

  "तिमी'

कहाँ भेटु भा छ मलाई
छाडी गयौ मुटु जलाई

तिम्रो मन ढुंगा झै रै'छ
गयौ तिमी छुरी चलाई

एक्लो पारी आज मलाई
मन तिम्रो अन्तै पलाई
 ०१-०९-२०१४ 

No comments:

Post a Comment