- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Sunday 31 January 2016

शिर्षक एक केस्रा अनेक-५

नवज्योति नेपाली साहित्य समाजद्वारा आयोजित "शीर्षक एक, केस्रा अनेक" भाग-५, अन्तर्गत आज "प्रवास" शीर्षकमा लेखिएका केस्राहरु:-
~~~*****~~~~
       "प्रवास"
गरीबीले गर्दा प्रवास धायो
न खाचो टार्ने सम्पति कमायो
सरसामान जस्तो बेचिएछ
खाडि आए पछि पो थाहा पायो
सुखको सपना बोकेर धायो
आफ्नै लास बाकसमा फर्कायो।
- प्रीन्स याक्खा 'प्यासि'
संखुवासभा,हाल-अफगानिस्तान।
****    ****
        "प्रवास"

Wednesday 27 January 2016

केही केस्राहरु-२ (२०७२)

इन्द्र नारथुङ्गे,उमा वत्स र केशव न्यौपाने जीका केस्राहरु
"स्मृति"
एकोहोरो परिरहेछ पानी
भिजाउने पो हो कि यो जवानी ?
मन चञ्चल चञ्चल बनेर
लान खोज्दैछ रे बाहिर तानी
स्मृती बल्झाउँदै पर्दैछ पानी
अहा ! असारे झरीको कहानी ।
---   ---
      "औकात"

उमा वत्स र दिलिप सगर

उमा वत्स र दिलिप राई सगर जीका केस्रा दोहोरी
~~~****~~~~***
"प्रीति"
मन्दिर धाएँ
तिम्लाई पाएँ
आधार खोज्दै
यो गीत गाएँ
तिमीमै धाएँ
पिरती लाएँ ।
        - उमा वत्स
***
"थाहा"
मन्दिरमा धाउँदा
मेरो छेउ आउँदा
थाहा पाएको मैले
सुलेलीमा गाउँदा
मतिर नै धाउँदा
ती नैन लजाउँदा ।
            - सगर
***
    "यात्रा"

Thursday 21 January 2016

शिर्षक एक केस्रा अनेक-४

नवज्योति नेपाली साहित्य समाजले सुरु गरेको "शीर्षक एक केस्रा अनेक" भाग-४, अन्तर्गत"आमा" शीर्षकमा लेखिएका केस्राहरु:-
****~~~~*****
           शीर्षक- "आमा"
यो धर्तिमा तिमीले जन्म दिलायौ
दश  धारा  दुध मलाई   पिलायौ
छिद्र  परे  पनि वेदनाले आफू
मेरो मुस्कानले कलेजी  सिलायौ
गह  धुदै आँशुले  खुशी  दिलायौ
धन्य दैव म र त्यो काख मिलायौ।
- ऋतु सन्धि "रोका"
देउराली ४ गोर्खा ,हाल: दुबई।
***    ***
        "आमा"

Sunday 17 January 2016

एक शिर्षक अनेक केस्रा-३

नवज्योति नेपाली साहित्य समाजमा "एक शीर्षक केस्रा अनेक" अन्तर्गत भाग-३ का लागि 7 जनवरी 2016 का दिन "बेरोजगारी" शीर्षकमा लेखिएको केस्राहरु।
*** ~~~~   ***
      'बेरोजगारी'
प्रवास आए खोज्दै रोजगारी
देश अनि माटोको माया मारी
देशमा कतै रोजगार छैन
नेता जति भए सबै भ्रष्टाचारी
नपाउदा देशमा रोजगारी
खाडिको तातोमा बोक्दैछु भारी।
- प्रीन्स याक्खा 'प्यासी'
संखुवासभा,हाल अफगानिस्तान।
***   ***
        "बेरोजगारी"

Saturday 9 January 2016

डा. विजय लिङ्देन

      डा. विजय लिङ्देन जीका केस्राहरु
      "माङ्तोक"
सहिद हुँ म के मलाई चिन्छौ ?
झगडा गरि किन दु:ख दिन्छौ
छातीमा गोलि थापेको होईन
अबिर माला केका लागि किन्छौ
यो राज्यको दुश्मन तिमी चिन्छौ
लिम्बुवानको सुख किन लिन्छौ।
* माङ्तोक= लिम्बुवान आन्दोलनका सहिद।
***    ***    ***
         "ईच्छा"

Friday 8 January 2016

रोमन सुनुवार "पीडा"

      रोमन सुनुवार "पीडा" जीका केस्राहरु
    "पसिना"
श्रमको थोपा थोपा दाना
बटुले हुन्छ मुरी माना
पौरखी हात श्रम बेच्छ
जमाएर दुई चार आना
बगाएर पसिना दाना
सहेर नै श्रमको घाना।
***    ***    ***
   "हस्तक्षेप"

Wednesday 6 January 2016

एक शिर्षक अनेक केस्रा-२

नवज्योति नेपाली साहित्य समाजले आयोजना सुरु गरेको "एक शीर्षक अनेक केस्रा" अभियान अन्तर्गतको दोस्रो श्रृंखलामा नव वर्ष 2016 को अवसरमा 2 जनवरी 2016 का दिन "नव वर्ष" शिर्षकमा लेखिएका केस्राहरु।
~~~~~~~~~~~
  केस्रा-१,   "नव वर्ष"
सबै सामु छर्दै उमंग र हर्ष
आयो फेरि अर्को एक नयाँ बर्ष
सुख दु:ख हाँसो खुसी के के भयो
पुरानो त्यो सालको गरौँ विमर्श
दु:ख हटेर सबैमा छाओस् हर्ष
हासोको लागि गरौँ अब संघर्ष ।
- निस्चल आँसु घायल
मोरङ् ,हाल - प्रवास
---------------------------
केस्रा- २

Tuesday 5 January 2016

केस्रा चौथो वार्षिकोत्सब-2016

      "केस्रा विधाको चौथो वार्षिकोत्सव"
     केस्रा विधाको चौथो वार्षिकोत्सब कार्यक्रम अन्तर्गत पहिलो चरणको कार्यक्रम "प्रथम अन्तर्राष्ट्रिय केस्रा सङ्गोष्ठी एवम् विविध कार्यक्रम" झिलझिले झापाको सतासी साप्ताहिक पत्रीकाको कार्यलयमा 1 जनवरी 2016 मा सम्पन्न भएको छ।
* सभापति(केस्रा प्रवर्तक)- मौलश्री लिम्बू , प्रमुख अतिथि (केस्रा सल्लाहकार)- भक्तीप्रसाद पौडेल -मोरङ,विशेष अतिथी केस्रासर्जक- डा. विजय लिङ्देन,अतिथीहरु:- मुक्तिनाथ शर्मा - दार्जिलिङ,भारत,असफल गौतम -पोखरा,कास्की,रेगिस्तानी कवि तिर्थसंगम राई,समीर पारखी -पाँचथर।
* वक्ताहरु:- सेलिङ केसि,विराट किराँती,सुन्दर कुरुप,कृष्ण उदासी।
* कार्यक्रम संचालक:- इक्शाहाङ चेम्जोङ
* स्वागत मन्तव्य:- चन्द्रा चाम्लिङ
* कार्यक्रम सहयोगी:- राई रुमानी,विजय दंगाल,उर्मिला राई,कोपिला गौतम,सुरन्जन घिमिरे,सागर तबेबुङ।
* केस्रा विधामा दत्तचित्त भै लागि परिरहनु हुने दस जना केस्रासर्जकहरुलाई प्रशंसा-पत्र:-