- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Wednesday 27 January 2016

केही केस्राहरु-२ (२०७२)

इन्द्र नारथुङ्गे,उमा वत्स र केशव न्यौपाने जीका केस्राहरु
"स्मृति"
एकोहोरो परिरहेछ पानी
भिजाउने पो हो कि यो जवानी ?
मन चञ्चल चञ्चल बनेर
लान खोज्दैछ रे बाहिर तानी
स्मृती बल्झाउँदै पर्दैछ पानी
अहा ! असारे झरीको कहानी ।
---   ---
      "औकात"
देखियो यहाँ सबैको औकात
छाएपछि यो सुनसान  रात
अँध्यारो कोठा भित्र पसेपछि
फेरिन्दा रहेछन् पुराना बात
जान्नलाई त्यो असली औकात
भोग्नै पर्दोरहेछ यी आघात ।
- इन्द्र नारथुङे
खोटाङ,हाल-मलेसिया ।
***   ***    ***
         "दशै"
दशैंको आगमन भयो गाउँमा
पठाउला टीका सबैको नाउँमा
पाउँदा घरको टीका र जमरा
हुनेछ मलम दु:खेको घाउमा
हजुरहरु कै याद छ गाउँमा
चर्चा चल्ने गर्छ प्रत्येक ठाँउमा।
- उमा वत्स
***    ***     ****
        "जमर्को"
कोहि छ भने तिम्रो मनमा अर्को ।
बताइ देउ नमानिकन झर्को।
ख्याल ठट्टा हैन मेरो माया हेर,
लिएर आउनेछु जन्ती को लर्को।
म भन्दा माया दिने मिल्दैन अर्को।
भर्नेछु शीरमा सिन्दुरको धर्को ।
- केशव न्यौपाने
दमक १९ झापा,हाल मलेसिया

No comments:

Post a Comment