- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Tuesday 5 January 2016

केस्रा चौथो वार्षिकोत्सब-2016

      "केस्रा विधाको चौथो वार्षिकोत्सव"
     केस्रा विधाको चौथो वार्षिकोत्सब कार्यक्रम अन्तर्गत पहिलो चरणको कार्यक्रम "प्रथम अन्तर्राष्ट्रिय केस्रा सङ्गोष्ठी एवम् विविध कार्यक्रम" झिलझिले झापाको सतासी साप्ताहिक पत्रीकाको कार्यलयमा 1 जनवरी 2016 मा सम्पन्न भएको छ।
* सभापति(केस्रा प्रवर्तक)- मौलश्री लिम्बू , प्रमुख अतिथि (केस्रा सल्लाहकार)- भक्तीप्रसाद पौडेल -मोरङ,विशेष अतिथी केस्रासर्जक- डा. विजय लिङ्देन,अतिथीहरु:- मुक्तिनाथ शर्मा - दार्जिलिङ,भारत,असफल गौतम -पोखरा,कास्की,रेगिस्तानी कवि तिर्थसंगम राई,समीर पारखी -पाँचथर।
* वक्ताहरु:- सेलिङ केसि,विराट किराँती,सुन्दर कुरुप,कृष्ण उदासी।
* कार्यक्रम संचालक:- इक्शाहाङ चेम्जोङ
* स्वागत मन्तव्य:- चन्द्रा चाम्लिङ
* कार्यक्रम सहयोगी:- राई रुमानी,विजय दंगाल,उर्मिला राई,कोपिला गौतम,सुरन्जन घिमिरे,सागर तबेबुङ।
* केस्रा विधामा दत्तचित्त भै लागि परिरहनु हुने दस जना केस्रासर्जकहरुलाई प्रशंसा-पत्र:-
१) असफल गौतम २) मुक्तिनाथ शर्मा ३) राई रुमानी ४) इक्शाहाङ चेम्जोङ ५) सागर तबेबुङ ६) रोमन पीडा ७) बजिन लिम्बू ८) कृष्ण लिम्बू ९) विजय दंगाल १०) डम्बर तुम्बापो "बुद्ध"।
* (केस्रा विधाको चौथो वार्षिकोत्सबको अवसरमा दोश्रो चरणको कार्यक्रम 2 जनवरी 2016 मा "सृजना वाचन तथा अन्तरक्रिया" को लागि साहित्यिक भ्रमण - जानुमखाडी,सुरुङा,झापामा सम्पन्न भयो।उक्त कार्यक्रममा बाह्र जना स्रष्टाहरुको उपस्थिति रहेको थियो।
* मौलश्री लिम्बू,सेलिङ केसि,विराट किराँती,दिलिप घिमिरे,इक्शाहाङ चेम्जोङ,चन्द्रा चाम्लिङ,भावना सुब्बा,विजय दंगाल,सागर तबेबुङ,असफल गौतम-पोखरा,राज अविरल-इलाम,मुक्तिनाथ शर्मा-दार्जिलिङ भारत।)
***    --***---    ***
"देश विदेशबाट केस्रासर्जक तथा शुभचिन्तकहरुबाट केस्रालाई अन्तर्राष्ट्रियकरण गर्नका लागि प्राप्त शुभकामना एवम् सुझाव"
-----    ----
नमस्कार सेमुना कार्यक्रम संयोजक ज्यू,
     गत वर्ष झै हामी नेपाली साहित्य आकासमा केस्रा लेखनको वार्षिक दिवस मनाउन पाउँदा हर्षीत छौं । देश तथा बिदेसबाट छापा एवं बिधुत्तिय साहित्य लेखनमार्फत दिनानुदिन हजारौ सर्जकबाट केस्रा लेखन सिकेर लेखी रहेका छन ! हामीले ती साहित्यिक ग्रुप, सर्जक, वेव पेज र छापाहरुलाई दिलैदेखी आत्मिय आभार ज्ञापन ब्यक्त गर्दैछौं । यो पटक "प्रथम अन्तर्राष्ट्रिय केस्रा संङ्गोष्ठी" गर्न पाएकोमा औधी खुशी छौ ! यो प्रोग्राममा देश तथा बिदेशदेखी प्रतक्ष या परोक्ष रुपमा शुभकामना पठाई सहभागी हुनुहुने साहित्यिक मनहरुलाई यो केस्रा प्रवत्ताको हैशियत एवं ब्यक्तिगत तर्फबाट मेरो पनि मुरि मुरि हार्दिक कृतज्ञता प्रदान छ ! यति भन्दै म केस्रा लेखनलाई लचिलो र सरल पार्न हेतु आफ्नो केही सुझाव पेस गर्दछु ।
            सुझाव: मैले पहिलेदेखि भनेकै हो एक अक्षेरिय अनुप्रासलाई मान्यता दिम भनेर ! मैले "सीम्मा" केस्रा संग्रह निकाल्दा 7 बढी दमदार केस्राहरु फाल्नु परेको पीडा छ ! हामी बिसयवस्तुसित विशेष सरोकार राख्ने हुंदा यो अनुप्रास हैन के भन्न खोजिएको र शीर्षकसित तालमेल छ कि नाई त्यो हेर्न मुख्य होला ! केस्रा नाम जुनै भाषामा लेखिए पनि केस्रा नै हो भनिनु परोस ! मेरो अनुभव केस्रालाई बहर हैन केवल छन्द र लोक लय भाकासम्म मात्र लेखुम ! बहरलाई पच्छाउनु भनेको हाम्रो नियम बिपरित जानू रहेछ हामी ! मेरो सुझाव यति । धन्यवाद !
                        प्रवक्ता केस्रा:
                     दिलिप राई सगर
               उर्लावारी-4/ 253, मोरङ
                     हाल: मलेशिया
***    ***    ***    ***
"नेपाली साहित्यमा उदाउदै गरेको केस्रा"

    हामी आफ्नै आँगनमा खुशी फलाउँछौ।हामीसित भएका शब्द खेलाउँछौ र रोप्छौ।विचारमा पनि यस्तै हो।सिमाना बाहिरबाट ल्याउदैनौ।के खुशी अर्काको बगैंचाबाट आयात हुन्छ र ? यस्तै शब्दलाई विचारको ब्याडमा खेलाउदै गरेको सुनेको थिएँ मलेसियामा साहित्यिक किसानहरु मौलश्री लिम्बू,रुमानी राई लगायत केही साथीहरू ।पछि उनिहरुले केस्रा विचार उमारेको देखें।त्यसपछि धमाधम केस्राका पुस्तक प्रकाशन हुन थाल्यो।मलाई खुशी लाग्यो नवीन आविष्कार देखेर।छोटो समयमा संसारभर फैलिएको केस्रा लेखन,केस्रा साहित्य र केस्रा समालोचना।केस्रा लेखन र साहित्य संसारभर छरिएका नेपालीबाट आईसक्यो।अब समालोचनाको आवश्यकता छ,अनुवादको आवश्यकता।समयलाई चुनौती दिंदै,आफ्ना वरिपरिको हावापानीशीत लाप्पा खेल्दै हुर्किनु चानचुने कुरा होईन।केस्रा लेखनमा योद्धाहरुले पछार्दै आएका छन् अविस्वासीहरुलाई।शुरुमा धेरैले अविस्वाको धारिलो हात देखाउँछन्।केस्रालाई पनि यस्तै भयो।साहित्यको जीवनमा सामाजिककर्मी भन्दा सृजक हुनुपर्ने रहेछ।धेरै साहित्यकारहरु आशन ग्रहणलाई सृजनाको मापदण्डमा राखेर न्याय गर्न खोजेको देख्छु।यस्तो विडम्बनाको सास मान्छेसंगै जान्छ।मान्छेको हाडछाला माटोमा मिसिएपछि सृजनाविहिन उपस्थिति सकिन्छ।किन्तु शक्तिशाली सृजनाको दियो मान्छे सकिएपछि उज्यालिन थाल्छ।यस्तै कर्मको भेला झिलझिले,झापामा हुन लागेको सुन्दा हर्षित हुनुपर्दछ।केस्राले पृथ्वीमा टेकेको पनि चार वर्ष पूरा भएछ।यो चौथो वार्षिकोत्सबको अवसरमा प्रथम अन्तर्राष्ट्रिय सम्मेलनको उज्यालो परपरसम्म पुग्न सकोस्।विभिन्न भाषामा रुपान्तरित हुँदै मौलाउदै दीर्घायु हुन सकोस् यहि शुभकामना छ मेरो।
- देश सुब्बा    हङकङ ।
(प्रवर्तक: भयवाद)
***    ***    ***    ***
"केस्रालाई गोर्खे सलाम !"
    भन्छन् साहित्यलाई समाजको दर्पण हो।समाज समूहले बन्छ।समूह एक एकको भेलाले हुन्छ्ह।धेरै समाजको स्थापना भएर निर्माण भएको मुलुक हो नेपाल।यो स्वतन्त्र देश स्वाभिमानी देशलाई धेरैले आँखा गाँडे तर आफ्नो अधिनमा पार्न सकेका छैनन् ।अनेक तपस्वीहरुको तपोभूमी यो मुलुकमा गौतम बुद्धको उदय हुनु ठूलो महत्त्व छ।तर यस्तो महान हिमालको काखको मुलुकबाट राम्रो चिन्तक उदय हुन नसक्नु हामीलाई पीडा हुने गर्दछ।नेपाली भाषी भारतियको नाताले पितृभूमिको पीडामा सहभागी बन्दै मातृभूमिको गर्भबाट हामी यो गम्भिरको पत्तो लाउन नसक्ने हुन्छौ।यस्तो समयमा भयवाद साथै केस्रा जस्ता नौला चिन्तन नेपाल मुलुकका सर्जकको उपजलाई पाउँदा म आफूलाई गरौव ठान्दछु।भौगोलिक कारणले अलग भए पनि भाषा संस्कृतिले एक सुत्रमा बाँधिन सक्ने हामीलाई गौरव लाग्ने गर्दछ।त्यस कारण मलाई पनि भयवाद साथै केस्रा विषयमा केही गर्ने सुर चढ्दछ।भयवादमा त एक दुई पुस्तक लेखिए अब केस्राको एक संकलन चाँडै प्रकाशित गर्न जाँदैछु।
   मलाई लाग्छ,केस्रा विधालाई विश्वको अनेक भाषिले अँगाल्ने छन् ।हामी गौरव गर्न पाउने छौ।विश्वलाई हामी नेपाली भाषिले केही नौलो उपहार दिन पायौ भनेर।जसरी भयवादमा पनि हामी गौरव गर्न सक्ने छौ।संसारमा हामी खुकुरिले चिनिने बृहत् महाजाती गोर्खालाई अब आउने पिडिले चिन्तक,दार्शनिक भनेर पनि चिन्ने छन् ।हामीले विश्वमा सिमाना रुँगेर,दरबन भएर,चौकिदार आदि भएर मात्रै होईन,केही सृजना दिएर आफ्नो इतिहास बनाउनु छ।यो दिशामा काम गर्ने सर्जकहरुलाई मेरो भारत आसामबाट गोर्खे सलाम ठोक्दछु।
   अन्तमा,केस्रा विधाको चौथो वार्षिकोत्सब कार्यक्रम सफलतापूर्वक सम्पन्न होस् भनी हार्दिक शुभकामना !!
- रन काफ्ले       आसाम,भारत।
***     ***   ***
    नेपाली साहित्यका सुयोग्य साधक, खम्बा, अन्भेषक श्री मौलश्री लिम्बू ज्युको सक्षम मन मस्तिष्कको गर्भ बाट जन्मिएको "केस्रा" बिधा साहित्यको बिकास र बिस्तारको निम्ति आज नेपाली भाषासाहित्यमा लोकप्रिय बन्न सफल भै सकेको कुरा त छर्लङ्ग नै छ । हिजो जन्मिएको केस्राले घामको किरण भन्दा छिटो फड्को मार्न सफल भएकोछ ।समयको गति र घडिलाई हेर्ने हो भने आज केस्राले तेस्रो बर्ष पार गरि चौथो वार्षिकोत्सब मनाउँदैछ, यस बिधाको प्रवर्तक मौलश्री लिम्बू ज्यु मैले भन्नू पर्दा नेपाली भाषासाहित्य र संस्कृतिको गौरव हुन, सान हुन ।
    आजको बद्लिंदो र परिवर्तित नियाल्ने र पछ्याउँने हो भने, हामीमा, हरेक पक्ष र साहित्यिक बिधामा परिवर्तन हुन अति आवाश्यक छ ।नत्र हामीलाई समयले पछाडि नै छोड्नेमा दुईमत छैन ।तसर्थ समयको माग संग संगै "केस्रा"लाई पनि वैज्ञानिक ढंग बाट विभिन्न भाषामा नामांकरण वा अनुबाद गर्दै परिमार्जन गर्न सक्नु पर्दछ जस्तो लाग्छ मलाई । तर यसको अर्थ यो नलगाउँनुहोस कि कुनै पनि महिलालाई पुरुष र पुरुषलाई महिला बनाउँनु पर्दछ । मेरो भनाईको तातपर्य यो हो कि, जे छ त्यसैमा त्यही ठिक छ आकार वा स्वरुप परिबर्तन गर्नु पर्छ भन्ने हैन थोरै त्यसै माथी सिङ्गार पेटार, रंगरोगन गरेर सबैको ध्यान "केस्रा" प्रती तान्न वा आकर्षण गर्न सकियोस भन्ने मात्र हो ।
     वर्तमानलाई मात्र हैन, भविष्यको अँध्यारो र उज्यालो पक्षलाई पनि बिचार पुर्याउँन अति आवाश्यक हुन्छ । तसर्थ आज "केस्रा" जति मिठो र रसिलो छ हो, भोलिको दिनमा पनि त्यति नै मिठो र रसिलो रहि रहोस यहि चौथो वार्षिकोत्सबको हार्दिक शुभकामना ।
- दान राई "झरी"     लेखगाउँ 7, उदयपुर
***    ***    ***
           नेपाली साहित्यमा हरेक विद्याहरु प्राय आयतित विद्याहरुले एकछत्र राज गरेको अवस्था तथा नेपाली साहित्यकार साहित्यनुरागी स्रष्टाहरुले त्यही आयतित विद्यामा कलम चलाउदै आइरहेको नेपाली साहित्य इतिहासमा पछिल्लो नेपाली साहित्य इतिहासमा आफ्नो  छुट्टै अलक पहिचान, अस्तित्व र उपस्थितिलाई आत्मा साथ गर्दै नेपाली साहित्य इतिहासमा दस्तावेजको रुपमा कान्छो विद्या "केस्रा"ले आफ्नो ईतिहास रच्न सफल भएको छ।केस्रा विद्या लाई त्यो कारणले पनि आम नेपाली साहित्यकार स्रष्टाहरुले आत्मा साथ गर्नु पर्दछ कि हामीले आफ्नै बारीमा आफैले कुनै पनि फलहरु उत्पादन गर्न सफल भएको छौ यो नेपाली साहित्य इतिहासमा एउटा कोसेढुगा सावित भएको छ ।हामी नेपाली र नेपाली साहित्य क्षेत्रमा गर्वको कुरा हो।हामीले आज सम्म जति पनि साहित्य विद्यामा कलम चलाइरहेको छौ साहित्य सिर्जना गरिरहेको छौ त्यो सबै विद्या आयतित विद्याहरुमा मात्र चलाईरहेको छौ।भन्नै पर्दा हामी नेपाली साहित्य इतिहासमा परजीवीकै रुपमा थियौ भने अब यश ईतिहास र परजीवी हुने हाम्रो मानसिक चेतना र अभावलाई चुनौति दिएर आफ्नो पहिचान अस्तित्व कायम गर्न सफल  भएको छ पछिल्लो कान्छो विद्या "केस्रा"ले।यश केस्रा विद्यालाई नेपाली साहित्य इतिहासमा स्थापित गराउने भण्डार गराउने तथा केस्रा विद्याको परिकल्पना गरेर केस्रा विद्याको सिगो पहिचान र अस्तित्व लाई स्थापना गरेर जन्म दिने जन्म गराउने जन्मदाता केस्रा विद्याका प्रवर्तक झापा सतासीधाम निवासी एक महान सोचका साहित्यकार श्री मौलश्री लिम्बू ज्यू लाई हृदय देखि नै धन्यवाद नदि रहन सकिन।यदि उहाले केस्रा विद्याको परिकल्पना संरचना नगर्नु भएको भए केस्रा विद्याको जन्म नगराउनु भएको भए आज पनि हामी आयतित विद्याकै परजीवी भएर बाच्न सिवाय अरु हुने केही पनि थिएन।आयतित विद्यामै कलम चलाईरहनु पर्न बाध्यताहरु लाई तोडिदिएको छ केस्रा विद्या ले हरेक चुनौतिहरुको बावजुत पनि सामना गर्दै नेपाली साहित्यमा यति महान योगदान दिनु भएको छ यो योगदान अमूल्य छ अतुलनीय छ।
      यश घडीमा हामी आईपुगेको छौ कि गर्वको साथ भन्न सक्छौ चौथो वार्षिकोत्सब तथा प्रथम अन्तर्राष्ट्रिय केस्रा सङ्गोष्ठी कार्यक्रम भव्यताको साथ मनाईरहेको यश सुखद घडीमा केस्रा विद्याले यति चाडै फड्को मारेको छ यो केस्रा विद्या प्रतिको नेपाली साहित्य र साहित्यकारहरुले केस्रा विद्या लाई  माया ममता आत्मा साथ  गरेर नै हो।केस्रा विद्यामा एकल दुई संग्रह प्रकाशित भईसकेको छन् भने बाकी केही कृतिहरु पनि प्रकाशनका तयारीमा रहेका छन्।
केस्रा विद्या लाई अन्य भाषामा लेख्न सकिनेछ अग्रेजीमा लेखौ पहिलो अन्तर्राष्ट्रिय भाषामा र अन्तर्राष्ट्रियमा केस्रा विद्या स्थापितको लागि।
    नेपाल भित्रै पनि विभिन्न जातिको मातृभाषामा लेख्न सकिन्छ हरेक जातिका मातृभाषा बोल्न लेख्न सक्ने लेखक स्रष्टाहरु बाट केस्राको जुन नीति नियम संसरचा छन त्यसैलाई कायम गरेर लेख्न सकिन्छ।लिम्बू भाषा राई तामाङ सुनुवार भाषामा पनि लेख्न सकिन्छ ।अन्तर्राष्ट्रिय भाषामा चाहिँ अग्रेजी भाषा नै खास हुनेछ किनकी अग्रेजी भाषा भनेको विश्वको भाषा हो।प्रथम कुरा यो केस्रा विधा नेपाल र नेपालीबाट सिर्जना भएको हुदाखेरी पहिले नेपाली मातृभाषा साहित्यमा लेखन कार्य अगाडि बढाउन सकिन्छ तब मात्र अरुले यसलाई साथ दिदै जानेछन्।
     केस्रा विधालाई नेपाली साहित्यकार स्रष्टाहरु सबैले यसरी नै माया गरून् आत्मा साथ गरून् लेखिरहुन फलोस फूलोस नेपाली साहित्यमा एउटा इटा धरोहर हो केस्रा आम नेपाली साहित्यकार स्रष्टाहरुले लेखिरहोस् नेपाली साहित्य देखि अन्तर्राष्ट्रिय स्तर सम्मै यश केस्रा विद्याले आफ्नो ईतिहास रच्न सकोस भन्ने मुरी मुरी हार्दिक  शुभकामना व्यक्त गर्दछु।
- रोमन सुनुवार "पीडा"   पाँचथर ।
***    ***    ***
     नेपाली साहित्यको बिकासक्रमसँगै पछिल्लो समयमा छोटा बिधाको लोकप्रियता बढ्दो छ ब्यस्त संसारका आजका मान्छे थोरै शब्द भित्र धेरै भाव बुझ्न सकिने साहित्य रसहरु अंगिकार गर्न लालायित छन् यस्तै बेलामा जन्मिएको एउटा अर्को बिधा केस्रा छोटो छरितो परिबेस सुहाउदो नबिनतम् र लोकप्रिय बिधा हो ।आज केस्राले मात्रै चार बर्ष मै बिश्वका कुनाकुनामा फैलिएको छ धेरै सर्जकले  कलम समाउनु भएको छ र पाठकले रुचाउनु भएको छ। सर्वप्रथम त केस्राको चौथो बार्शिकउत्सव मनाइरहदा केस्रा प्रवर्तक तथा प्रबक्ता ज्यु लगायत केस्रा लेखन मञ्च र तमाम केस्राकार केस्रा सर्जकमा हार्दिक बधाई एवम् उत्तरोत्तर प्रगतिको शुभकामना !!
    केस्राको प्रबर्द्धनका हेतुले पहिलो अन्तर्राष्ट्रिय केस्रा गोष्ठी हुने खबरले खुसी छु। म ब्यक्तिगत तवरबाट र मेरो पहुँचका सबै संघसंस्थाको तवरबाट केस्राको बिकास बिस्तारमा खटिरहेको छु र खटिरहने प्रतिबद्धता पनि गर्न चाहन्छु ।
      जहाँसम्म विभिन्न भाषामा केस्राको कसरी रुपान्तरण गर्ने भन्ने सन्दर्भमा भने मुख्यत केस्राका सारभुत नियम एकै रहने गरि तर ठाउँ र भाषा विशेष केही लचकता अपनाउने गरि बृहत् समझदारी बनोस् भन्न चाहन्छु किनकि गजल मै पनि आज हुबहु फारसि गजलका नियम हिन्दीमा पाइदैनन् हिन्दीका हुबहु नियम नेपाली गजलमा पाइदैन ठाउँ र भाषामा जुनसुकै बिधाले केही फरकपना लिन्छ नै यसैलाई दृष्टीगत गरेर अगाडि बढ्नुहोला मेरो सानो सुझाव राय सहित पुनः पनि केस्राको बार्षिकउत्सबको शुभकामना !! जय केस्रा,जय साहित्य !!
- सन्दिप संग्रौला "दिलदु:खी"  
तेह्रथुम,हाल- मलेसिया ।
***     ***    ***
       केस्राले चौँथो वर्षमा प्रवेश गर्न सफल भएकोमा बधाई तथा शुभकामना सम्म भन्न चाहेँ । यस अन्तरालमा केस्राले के कति उपलब्धी हाँसिल गर्योव भन्ने कुरा समीक्षा हुन बाँकी नै होला । समीक्षा भए केस्रा लेखनमा लाग्नेहरुलाई थप हौसला मिल्नेछ । जहाँसम्म केस्रा विधा अन्य भाषामा लेखिने अथवा अनुवाद गरिने कुरा छ, लेखिनु पक्कै सम्भव छ । तर अनुवाद निक्कै गाह्रो छ । किनभने अनुप्रास मिलाइएका सृजनाहरुको अनुवाद धेरै कठीन मात्रै नभएर कुनै कुनै असम्भव जस्तै लाग्छन् मलाई । यसो भन्दैमा स्थापित नियमहरुलाई परिमार्जन या अदलबदल गर्न आवश्यक छैन जस्तो लाग्छ । किनभने केस्रालाई अनुवाद गर्न नसकेपनि अन्य भाषामा सजिलै लेख्न सकिन्छ । जसरी जापानी हाइकू नेपालीमा लेखिन्छ अथवा अङ्ग्रेजीमा लेखिन्छ त्यसरी नै केस्रालाई पनि अन्य भाषामा लेख्न सकिन्छ ।
यसको बारेमा विस्तृत रुपमा चर्चा गर्छु एउटा लेख मार्फत ।
- पन्च विस्मृत  धनकुटा,हाल- के एस ए।
***    ***    ***
    नाम केस्रा नै हुनु अनिवार्य छ यदि केस्राको अर्थ लिम्बू भाषामा उल्था गर्दा केस्रा विधाको मुल्य, मान्यता, दस्तावेज लिम्बूमा रहने या नेपालीमा रहने भन्ने हुन्छ त्यसैले हुन्छ भने यस्को नाम परिवर्तन हुनु ठिक नहुने देख्छु तर कबिता, गजल, यि नाम बदलेको देखिन्छ यसरी नाम बदले पनि लिम्बू भाषा र खस भाषामा कबिता लेख्दा यि गद्य, पद्य दुबै तरिका भए पनि लिम्बू भाषामा कबिता लेख्ने छन्दहरु भने बिल्कुल मिल्दैनन् तर गजल, रुबाई, मुक्तकमा भने भाषा मात्र फरक लेख्ने निती नियम, छन्द उहि छन् लिम्बूपन छैन त्यसैले केस्रामा १२ अक्षरको मान्यता बाहेक अरु नभएको हुदा कबिता जस्तो रहने या गजल मुक्तक जस्तो रहने हो यि दुईमा यौटा पाटा रोज्न जरुरी छ यस्मा मेरो सोचाईमा चाहि कबिता जस्तो हुन सके लिम्बू भाषा साहित्यमा केस्रा पनि नव विधाको रुपमा स्थापित हुन सकोस यहि आशा गर्दछु ॥
- थाकुहाङ मेरिङ    ईलाम,हाल-मलेसिया ।
***    ***   ***
       
     केस्रा विधाको चाैथाे बार्षिकोत्सबको अवसरमा "प्रथम अन्तर्राष्ट्रिय केस्रा संगाेष्ठी" हुने खबरले हामी सम्पूर्ण स्वदेशी तथा परदेशी केस्रा सर्जकमा  हर्ष उल्लास छाएकाे छ।
          समाजमा घट्ने तिता, मिठा, काल्पनिक वा यथार्थ घटना र काेमल मनभित्र गुम्सिएर रहेका अमुल्य बिचार,धारणा शब्दको माध्यमद्वारा ब्यक्त गर्ने एउटा मिठाे लचिलाे कला नै साहित्य हाे। यसभित्र अनेकौं खण्ड र बिधाहरु पर्ने गर्दछन् ।त्यसमध्येकै एक अंश हाे केस्रा । साहित्य जगतमा  तिब्रतर रुपमा फस्टाउदै गईरहेकाे अति लाेकप्रिय र साहित्यिक मनहरुमा सजिलैसँग घुलमिल हुन पुगेकाे केस्रा रचना अागमी दिनहरुमा अझ प्रगतिकाे शिखरमा पुग्न सफल हाेस साथै साहित्य प्रेमीहरुकाे सिर्जनशील मन मस्तिष्कमा केस्राप्रति रुचि तथा चाहना सँगसँगै प्रेरणा पनि जागाेस भन्ने शुभकामना ब्यक्त गर्दछु।
(केस्रा)   "शुभकामना"
शिखर चुमोस् दिन्छु बधाई
बन्नु दीपक  यो जगतलाई
नाच्ने झुम्ने गर्दै जानू सानु
खुसीको  धुन  पनि बजाई
धेरै धेरै  दिंउला  नि  बधाई
अघी बढ्नू सबैलाई चिनाई ।
- सीमा कार्की     काभ्रे,हाल- ईराक
***    ***  ***
          प्रथम अन्तरास्ट्रिय केस्रा संगोष्ठीलाई हृदयदेखि बधाई एवम सफलताको शुभकामना !
       साहित्य बिधामा एउटा ईट्टा थपेको यस केस्रा बिधाले आज ४ बसन्त पार गरेर ५ बसन्तमा प्रवेश गरीसकेछ । हरेक बा,आमाले सन्तानको जन्म दिएपछि हुर्काउँन त सजिलो कहाँ हुन्छ र ? तैपनि रातदिन समय मिलाएर जन्म दिएर पालन पोषण पनि खूब मिहिनेत  गरिरहनु हुने केस्राकारहरु सम्पूर्णमा म आफै नतमस्तक छु। प्रबासमै जन्मेको कारण पनि पहिला-पहिला यस बिधाका कार्यक्रमहरु जति सबै क्वालालम्पूर मलेसियामा हुने गर्थ्यो, अहिले स्वदेशमै कार्यक्रम हुन थालेको देखेर हर्षका टुसाहरु पलाएका छन् । यहाँहरूको माया ममता लगायत सम्पुर्ण स्रस्टाहरूले माया गरी केस्राको जगेर्ना गर्नु भएका छन्। कयौं बर्षसम्म केस्रा बिधाले यसरी नै स्रस्टाहरूको माया मोह पाई रहुन् । यसै गरि हजार वार्षिक उत्सव मनाउन सफल बनोस्।
     अन्तत: केस्रा बिधाले नेपाली साहित्यप्रेमी तथा पाठकहरु सम्पूर्णको मन लुट्न सफल होस्, अनि कार्यक्रम पनि भव्य र सभ्य होस् भन्ने शुभकामना व्यक्त गर्दछु । .....झोर्ले !
- नानू मगर    स्याङ्जा,हाल :-कुवेत ।
***     ***    ***
           नेपाली साहित्य जगतमा केस्रा लेखनको वार्षिकोत्सब मनाउन गइरहेको कुरा सुन्दा गर्व लागेर आउँछ । विधा केस्राले यतिका छोटो समयको अवधिमै अत्याधिक सफलता पाउनु भनेको नेपाली साहित्यमा केस्रा विधाको साहित्य संसारमा साहित्य प्रेमीहरुको सम्भवत: मन जित्नु हो र दीर्घकालीन सफलताको मार्ग प्राप्त गर्नु हो । म पनि विधा केस्रा लेखनप्रती भयङ्कर नस्तमष्तक छु , सहमत छु, खुसी छु राम्रो लाग्छ किन कि यो अरु विद्याभन्दा सरल र चोटिलो किसिमको प्रस्तुति प्रवृत्ति यस केस्रा विधामा पाइएको छ भन्ने अनुभुती मैले गरेको छु र निरन्तरता दिन नसके पनि केही यता केही मात्रामा केस्रा लेख्ने गरेको छु ।
           सर्वप्रथम त म ह्र्दय देखि नै शुभकामना दिन चाहन्छु । विधा केस्रा प्रवर्तक: मौलश्री लिम्बू ज्यु र प्रवक्ता दिलिप राई सगर ज्युप्रती ! "केस्रा विधाको चौथो वार्षिकोत्सब" भव्य तथा सभ्य तरीकाले सफलतापुर्वक सम्पन्न होस् भन्न चाहन्छु। ...सेउपाखा  !
- डम्बर धिमाल "प्राकृति"
  राजघाट- दुर्गापुरी,मोरङ,हाल- बहराइन ।
***   ***    ***
              शुभकामनाका दुई शब्द !
      नेपाली साहित्याकासमा च्याउ जतिकै विधाहरु स्थापना र विलिन संगसंगै भईरहेको अवस्थामा केस्रा विधा आकर्षक र लोकप्रिय बन्दै गईरहेको छ । छोटो समयमा नै धेरै केस्रा लेखिएका छन भने अनलाईन केस्रा लेखन प्रतियोगिता पनि सम्पन्न भईसकेको छ । बिविध साहित्यीक संस्था र ग्रुपहरुमा दैनिक तालीकामा नै केस्रा विधा सिक्ने र सिकाउने गरेको पाईएका छन जहाँ सैयौँ सर्जक र साहित्यकारहरु जोडिएका छन । कुनै पनि चिजको गुदिसम्म पुगेर खास स्वाद ग्रहण गन्न केस्रा विधालाई लिन सकिन्छ ।        
      नेपाली साहित्यको पोल्टामा एक गतिलो विधा सुम्पनु हुने केस्रा प्रवर्तक आदरणिय श्री मौल श्री लिम्बू ज्यु र प्रवक्ता आदरणिय दाइ श्री दिलिप 'सगर' राई ज्युमा हार्दिक आभार प्रकट गर्दै केस्रा विधा फराकिलो र सरल बन्दै जाओस अझ लोकप्रिय र हर साहित्य मन सम्म पुग्ने वातावरण बनोस, केस्राको पाँचौ जन्मोत्सव र अंग्रेजी नयाँ वर्ष 2016 को उपलक्ष्यमा म लगायत अफगानिस्तानमा कर्म भूमि बनाएर बस्नु हुने सम्पूर्ण नेपालीहरुको तर्फबाट हार्दिक शुभकामना !
                   "केस्रा"
        १२ अक्षरमा नबढाई लेखिन्छ
        पूरै  सार  शीर्षकमा   बाधिन्छ
         उठान   बैठान  विश्राम   गरी
         तीन  भागमा  केस्रा समेटिन्छ
         केस्रालाई ६ हरफमा लेखिन्छ
        १ अनुप्रास  पाँचौमा दोहोरिन्छ।
-प्रीन्स याक्खा 'प्यासी' चैनपुर-१३,संखुवासभा,हाल - अफगानिस्तान।
***     ***     ***
              शुभकामनाका दुई शब्द !!
      नेपाली साहित्य आकासमा केस्रा बिधाको जन्म भएको धेरै भएको छैन। छोटो समयमा नै कैयौ सर्जक र साहित्यकारहरुको कलमबाट केस्रा विधाको सृजना भईसकेको छ । बिधाहरु जन्मने र लोप हुने प्रक्रिया चलिरहेको बेला केस्रा बिधा यो समयमा हर सर्जकको चासोको बिषय बनेको छ । केस्रा बिधाका जन्म दाताहरु आदरणिय श्री मौल श्री लिम्बू सर र प्रर्वक्ता आदरणिय श्री दिलिप सगर राई ज्युले नेपाली साहित्यको भण्डारमा एक चुस्किलो बिधा थपेर नेपाली साहित्यलाई धनि बनाउनु भएकोमा आभार ब्यक्त गर्दछु ।
     केस्रा बिधाले आउँदो दिनहरुमा अझ फराकिलो र मजबुत जग बनाउन सकोस केस्रा विधाले तीन बर्स पूरा गरि चार वर्षमा प्रवेश गरेकोमा सम्पुर्ण टर्कीवासी नेपालीको  तर्फबाट हार्दिक हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु ! .....फ्याफुल्ला !
            "शुभकामना र सपना"
         केस्रा नेपाली साहित्यको गहना
         केस्राबाटै पोखें  मनको भावना
        पाँचौं  वर्ष   टेकेको  अवसरमा
        तिमीलाई   हार्दिक  शुभकामना
         साहित्यकारको  अमूल्य गहना
         तिमी  फूले  फलेको हेर्ने सपना ।
- बिन्दा लामा
तिनकन्या ६ , सिन्धुली ,  
हाल-इस्तानबुल, टर्की ।
***    ***    ***
 
केस्रा वार्षिकी दिवसलाई शुभकामना !
      मेरो बुझाई अनुसार नेपाली साहित्यमा नयाँ विधाको रुपमा भित्रिएको केस्रा 'निकै सरल पूर्ण शब्दबाट मनमा लागेको कुनै पनि विषयलाई अन्यानुप्रास मिलाएर गहिरो रुपमा प्रकट गर्न सकिने साहित्यको एक अमूल्य विधा हो' । आज यो नयाँ खवरले निकै खुसी तुल्यायो कि, केस्रा विधा तेस्रो वर्ष पार गरेर चौंथो वर्षमा लाग्दै छ । आगामी दिनमा यो विधाले अग्रण स्थान लिन सकोस र सबैको प्रीय विधाको रुपमा लिन पाऊँ भन्दै प्रवन्धक ज्यूहरुमा शुभकामनाका शब्दगुच्छाहरु अर्पण गर्न चहान्छु ।
       अन्त्यमा मैले केस्रा छन्दमा लेख्ने गरेको छु ताकी, यो विधाको नियम र छन्दको नियम मिल्ने हुनाले पनि मैले यसलाई प्राथमीकतामा राखेको छु। म चहान्छु कि केस्रामा छन्दले स्यूकृती पावस भन्दै फेरी पनि शुभकामना दिन चहान्छु । र यो छन्दबद्द केस्रा नमुनाको रुपमा पेस गर्दछु ।
          छन्द - काङ्टेगा
          सूत्र - 222 122
    
(केस्रा)   " माया र याद "
          काहाँबाट आयो
          साच्चै पो सतायो
           माया रै'छ  यस्तो
           खै को'ले रचायो
           आयो याद आयो
            लौ रांकै  उठायो ।
- कृष्ण भुसाल "प्यासी"
बुटवल,हाल-मस्कट।
***    ***    ***
केस्रा बारे बोल्न उचित ठानिन मैले,किनकी केस्रा पनि अब नेपाली साहित्यको एउटा विधा भैसक्यो र बनिसक्यो।केस्रालाई कसरी अन्य भाषामा लान सकिन्छ त भन्द मेरो विचारमा केस्राको अनुहारलाई दखल नपुर्याईकन अनुहार शृङ्गार गर्दा केही छुट सर्जकलाई दिंदा राम्रो।
- सन्तोष माबुहाङ
झापा,हाल- मलेसिया ।
***    ---***---    ***
* कार्यक्रम आयोजना गर्नका लागि आर्थिक सहयोग गर्नु हुने महानुभावहरुको नामावली:-
१) नाना रोदुङ   इजरायल   रु. ५,०००/-
२) गजेन्द्र सम्बाहाम्फे  कतार रु. ५,०००/-
३) सन्तोष माबुहाङ
४) रबि याक्थुङ्बा "आश्रय"
५) हम्बे राई   (मलेसियाबाट संयुक्त सहयोग)  रु. १०,६५७/-
६)दिलिप राई "सगर" मलेसिया रु. २,३४८/-
७) बजिन लिम्बू  मलेसिया  रु. १,५००/-
८) राजु क्षेत्री "अपुरो" मलेसिया  रु.१,१७४/-
९) सुरन्जन घिमिरे  झापा  रु. ५५१/-
* मिडिया सपोर्टर :- सतासी साप्ताहिक पत्रीका,झिलझिले,भिजन एफ.एम. बिर्तामोड,साहित्य चौतारी फेसबूक,नवज्योति नेपाली साहित्य समाज फेसबूक ग्रुप।

No comments:

Post a Comment