- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Wednesday 27 January 2016

उमा वत्स र दिलिप सगर

उमा वत्स र दिलिप राई सगर जीका केस्रा दोहोरी
~~~****~~~~***
"प्रीति"
मन्दिर धाएँ
तिम्लाई पाएँ
आधार खोज्दै
यो गीत गाएँ
तिमीमै धाएँ
पिरती लाएँ ।
        - उमा वत्स
***
"थाहा"
मन्दिरमा धाउँदा
मेरो छेउ आउँदा
थाहा पाएको मैले
सुलेलीमा गाउँदा
मतिर नै धाउँदा
ती नैन लजाउँदा ।
            - सगर
***
    "यात्रा"
नजाउ कतै छोडेर
बसुँ दिल जोडेर
सबै बन्धनहरु
मिलाउँ कि तोडेर
हिड्ने बाटो छोडेर
नजाउँ यात्रा मोडेर ।
          - उमा वत्स
***
"चाहना"
सङ्गै बस्ने चाहना
हाँस्ने खेल्ने कामना
सबै बन्धन तोडी
यो मायाको सम्झना
जुटाउँ कि चाहना
दुई दिलको सपना।
            - सगर
***
  "भर"
धेरै माया गर्छु
तिम्रै भर पर्छु
तिम्रो साथ पाए
जँघार त्यो तर्छु
धोका दियौ भने
म त ज्युँदै मर्छु ।
           - उमा वत्स
***
"बाचा"
मायाको सट्टा माया
दिम्ला वरको छाँया
धोका हुँदैन कैले
मबाट दायाँबायाँ
दिम्ला पवित्र माया
मरी गए नी काया ।
              - सगर
***
"साटो"
देउ विस्वासको बाटो
छोएर भुईको माटो
तिमी नै हौ प्यारा मेरो
जिन्दगीको अर्को पाटो
लागौं अनि आफ्नै बाटो
ब्यर्थै याँ बस्नुको साटो ।
                  - उमा वत्स
***
"राजी"
मिलुं भनी हामी दुई
छुनेछु माटोको भुईं
पूरा जिन्दगी सुम्पेर
बन्छु कपासको रुई
मैना जोडी हामी दुई
घाउमा मलम सुई ।
                - सगर
***
"जीत"
मन जितेउ मेरो
र त भयौं सप्ठेरो
तिमी नै हो अब त
यी सारा सेरोफेरो
रमायो मन मेरो
भेट्न आउ पंधेरो ।
            - उमा वत्स
***
"खुशी"
भएँ म त कति खुशी
सुनेर कुरा जासुशी
दिउला माया तिम्लाई
भरेर पाथीमा झुसि
कम चै नहोस् यो खुशी
ए मेरी प्रेमिका लुशी !
                   - सगर
(* लुशी= विश्व प्रशिध्द पात्रा )

No comments:

Post a Comment