- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Sunday 17 January 2016

एक शिर्षक अनेक केस्रा-३

नवज्योति नेपाली साहित्य समाजमा "एक शीर्षक केस्रा अनेक" अन्तर्गत भाग-३ का लागि 7 जनवरी 2016 का दिन "बेरोजगारी" शीर्षकमा लेखिएको केस्राहरु।
*** ~~~~   ***
      'बेरोजगारी'
प्रवास आए खोज्दै रोजगारी
देश अनि माटोको माया मारी
देशमा कतै रोजगार छैन
नेता जति भए सबै भ्रष्टाचारी
नपाउदा देशमा रोजगारी
खाडिको तातोमा बोक्दैछु भारी।
- प्रीन्स याक्खा 'प्यासी'
संखुवासभा,हाल अफगानिस्तान।
***   ***
        "बेरोजगारी"
आएन  मेरो  देशमा  रोजगार
गर्छन् कुर्सी तानातान सरकार
चल्दैछ देश अर्कैको इशारामा
सरकार बने निकम्मा लाचार
रोजगार भो कैदिको कारागार
जीवन भयो आफैमा मारामार।
- विन्दा लामा 'तृष्णा'
तीनकन्या ६, सिन्धुली
हाल-ईस्तानबूल टर्कि।
***    ***
       "बेरोजगारी"
धान्नै गाह्रो भएर  घरबार
तर्नै पर्यो सात समुन्द्र पार
राहत त बाढेँ खाए टाउकेले
के दे'ला हामीलाई रोजगार
मुग्लान आए चल्छ घरबार
राजस्वले लुट्छ है सरकार।
- सुमन अज्ञात यात्री
***   ***
       "बेरोजगारी"
देशमा पाईन कतै रोजगार
बाँच्न अभाबको बढिरह्यो भार
त्याग्नु पर्यो जन्मभुमी साथीसंगी
विकल्पमा नभेट्दा कुनै आधार
सधै नहुने बसि बेरोजगार
आएँ बिरानो ठाउँ समुन्द्र पार।
- तारा दिप्साली
धरान ।
***    ***
     " बेरोजगारी"
पाईन आफ्नो देशमा रोजगार
प्रवासी  हुनै पर्ने  हामी  लाचार
कसरी  सुनाउ  परदेशी   पीडा
सहनु   पर्छ   दिनहुुँ   अत्याचार
ए   सरकार   दिलाउ  रोजगार
कति  बिदेसिनु हामी  बारम्बार ।
- पेम्बा डोल्मा
सिन्धुपाल्चोक ,हाल:टर्की।
***    ***
         "बेरोजगारी"
आफ्नै देशमा पाईन्न रोजगारी
सुख शान्तीसंग बोक्नसम्म भारी
त्यसैले घरखेत बन्धकी राखी
पलायन छ्न् युवा समुन्द्र पारी
मिल्दै मिल्दैन देशमा रोजगारी
राजनीतिमा  हुनाले नै लाचारी ।
- बिकेन्द्र सहयात्री
ओखलढुंगा
***    ***
      "बेरोजगारी"
लाखौं छन् देशमा युवा जवानी
छैन  रोजगार  ती  कहाँ  जानी
नेतालाई आफ्ना हेर्दै ठिक्क छ
गरिबले  के  लाउने  के  खानी
छन् लाखौं साक्षर युवा जवानी
भो  बाध्यता बन्नु पर्ने मुग्लानी।
- आवास गुन्जन  ।
***    ***
        "बेरोजगारी"
यी युबा देश विकासको आधार
बढेको  छ   दिनहुँ  बेरोजगार
सरकारले  धानेको  छ  मुलुक
युबाको गरेर खाडीमा व्यापार
सृजना गर्नु छ जीउने  आधार
सुन्न पाउ  रोजगारी  समाचार।
- रमेश रसिक
निजगढ ।
***     ***
        "बेरोजगारी"
नहुँदा आफ्नो देशमा रोजगार
पुर्यायो भाग्यले साउदी कतार
नरोउ है आमा बिन्ती लास हेर्दै
मरे भने गर्दा खुनको ब्यापार
देख्दा सबै नेपाली बेरोजगार
मन बुझाउने भेट्दिन आधार।
- आयुषा कार्की
सिन्धुपाल्चोक।
***    ***
         ‘बेरोजगारी'
छोडेर काँ जाऊ झूटो यो संसार
जाँ पुग्यो गरीब त्यो मिल्दैछ हार
जस्को छ माथि हाकिम अनि नेता
मिल्ने  छ   देशमा  सँधै   रोजगार
स्वार्थी पो बन्यो मानविय संसार
बुद्धको  देशमा   सँधै  भष्टचार।
- बिरेन्द्र ।
***     ****
         "बेरोजगारी"
नेता जति भएर नै भ्रष्टाचारी
पाईएन कतै पनि रोजगारी
काम खोज्दै आउनु पर्‍यो मुग्लान
थोरै भ'को नि बेचेर खेतबारी
देखायो सरकारले नि लाचारी
भ'का युवा शक्ति खाडीतिर सारी।
- इन्दिरा कुमाल
दमक ,झापा।
***    ***
         "बेरोजगारी"
यहाँ छन् युवा धेरै बेरोजगार
त्यसैले गर्छन् तिनैले बलात्कार
चुकिरहेछ  सरकार  यहाँको
जुटाउन रोजगारको आधार
जुटौ यहाँका सारा बेरोजगार
परिश्रम गरौ आफै लगातार ।
- निस्चल आँसु घायल
मोरङ् ,हाल- मलेशिया।
****    ***
           "बेरोजगारी"
हिडें काम खोज्दौ गरि डिग्री  पास
त्यसै   फिर्नु   पर्छ   भएर   निरास
केही मिल्छ भन्दै झिनो आस बोकि
जति  मोलौ  पाउ  सबै हुन्छ नाश
पसेँ  खाडीतिर  गरि डिग्री  पास
रोजगार  म खोज्दै   आए  प्रवास।
- बिष्णु कार्की।
****    ***
        "बेराेजगारी"
गरेपछि एम बि बि एस पास
जागिर खाने मेराे ठुलाे थ्याे आस
परेँ बेराेजगारीकाे चपेटामा
सपना भए ती सबै सत्यनाश
कुल्लि बन्न बाध्य गरि डिग्रि पास
युवाशक्ति देशका सबै प्रवास।।
- रिदिमा एकल यात्रि
बाग्लुङ।
***   ***
        "बेरोजगारी"
पसिना   बग्दैछ  परदेशमा
हो बिदेशीकै  गुलामी  केसमा
खै क्यारी देखाउ मनको पीडा
झन भासिन्छु  आफै  हरेसमा
छट्पटी    गरिब    परदेशमा
सधैँ   चिन्ताउछ  परिभेषमा।
- गोबिन्द पुन भावुक रोल्पाली
जुगार ९ रोल्पा।
****     ***
          "बेरोजगारी"
भ्रष्टाचारी  भए सबै  कर्मचारी
त्यसैले आज बढ्यो बेरोजगारी
बौद्धिक क्षमताको होस् या त नहोस्
आफ्नो मान्छे नै राख्छन् है अघि सारी
औठा छाप वाला चाहिँ कर्मचारी
डिग्री गरेका युवा समुन्द्र पारी।
- सुमन ido
ईलाम नयाँबजार
अहिले समुन्द्रपारीबाट
***    ***
         "बेरोजगारी"
खोजे जस्तो छैन रोजगार
देश विखण्ड छ अत्याचार
शान्ति देश बुद्ध जन्मस्थल
कम्जोर छ हाम्रो सरकार
योग्य छ फेरि बेरोजगार
बिग्रियो सबै यो कारोबार।
- ऋतु सन्धि "रोका"
गोरखा, हाल यु ए ई।
***    ****
        "बेरोजगारी"
भए सबै नेता भष्टचारी जाली
के गर्नु र जनता मसाल बाली
युवा लुटायौ र स्वयं खल्ती भर्छौ
बनाएर   देशको    ढुकुटी   खाली
पसिना चुसेर खुशी बन्छ जाली
सधैं  बेरोजगारी हामी नेपाली ।
- निश्चल तामाङ
सिन्धुली,हाल- प्रवास।
***     ***
     " बेरोजगारी"
बनायो सबैलाई मारामार
छन् पीडित यसैमा नै अपार
एउटा पीडा छ देशमा दिगो
सुन्नुहोला  यहि बेरोजगार
जनता माथी भयो मारामार
लौन दृष्टि जाओस् है सरकार।
- सुनिता सापकोटा
काठमाडौं ।
****    ****
         "बेरोजगारी"
हामी युवाले हजारौं दु: ख पायौँ 
दिनैपिच्छे  पराई  मुलुक  धायौँ
धन  कमाउनु  त  कता  हो  कता
भएकै धनको  नोक्सानी बनायौँ
सधै भरी मालिकको गाली पायौँ
आफ्नो यो कलिलो जवानी गुमायौँ l
- दिपेन्द्र थापा मगर
माझकाँडा १ सल्यान,हाल- मलेशिया।
***    ***
      "बेरोजगारी"
कयौं आत्मा रुँदैछन् प्रवासमा
र बाँच्दैछन् खुसीको आभासमा
सास फेर्नु  जिउनु भएकोछ
शून्य लाग्छ सारा मधुमासमा
यस्तै नै छ हालत प्रवासमा
बेरोजगारी सून्य आकासमा।
- साबित्रा लुइटेल धिमिरे
झापा,हाल-इजरायल।

No comments:

Post a Comment