- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday 21 January 2016

शिर्षक एक केस्रा अनेक-४

नवज्योति नेपाली साहित्य समाजले सुरु गरेको "शीर्षक एक केस्रा अनेक" भाग-४, अन्तर्गत"आमा" शीर्षकमा लेखिएका केस्राहरु:-
****~~~~*****
           शीर्षक- "आमा"
यो धर्तिमा तिमीले जन्म दिलायौ
दश  धारा  दुध मलाई   पिलायौ
छिद्र  परे  पनि वेदनाले आफू
मेरो मुस्कानले कलेजी  सिलायौ
गह  धुदै आँशुले  खुशी  दिलायौ
धन्य दैव म र त्यो काख मिलायौ।
- ऋतु सन्धि "रोका"
देउराली ४ गोर्खा ,हाल: दुबई।
***    ***
        "आमा"
हाे मेराे खुशीमा खुशी हुने
मलाई  चाेट  लागेमा  रुने
मेराे खुशि हेर्न भाेक्कै बसि
आशिर्वाद दि सिरमा छुने
म सधैं आमाकाे प्यारो हुने
खुशी राख्छु लाै सपना बुने।
- रचना  खरेल
काठमाडौं
***    ****
           "आमा"
गर्व  गर्छु   तिम्रो  योगदानलाई
हामीलाई मीठो आफू तितो खाई
गाँस   बास   कपास  कमी  गरेनौं
सुख खोज्यौं हाम्रो आफू दु:ख पाई
सलाम छ  हाम्रो  आमा  तिमीलाई
हिँडे  तिम्रो   ममताको   गित  गाइ ।
***   ***
          "आमा"
तिमीबाट जन्म हुँदा गर्व गर्छु
साथ हाम्रो छुट्दा अकालमा मर्छु
कहिल्यै टाढा नजाँउ आमा बिन्ती
यो स्वार्थ  दुनियाँमा  टुहुरा पर्छु
आमा तिमी देवि तिम्रै पुजा गर्छु
तिम्रो  लागि हजारौं सागर तर्छु।
- निश्चल तामाङ (आरम्भ)
सिन्धुली,हाल=मलेसिया ।
***    ***
           "आमा"
आमा नै हाम्रो लागि जिन्दगानी
मुटुकै धड्कन,आँखा कि नानी
हुन सक्दैनौ दूर,कदापि नै
राख्छिन् सधैभरि काखैमा तानी
आमामै समर्पित जिन्दगानी
दिनु हुन्छ उमङ्ग,कष्ट धानि।
- आकृती पौडेल
सिन्धुली,हाल काठमाडौं ।
***     ***
       "आमा"
खाई नखाई छोराछोरी बचायौ
आफू रोएर  सधै भरी  हसायौ
सिकोस् भनेर एक  दुई अक्षर
हात समाई स्कुलसम्म पठायौ
हरेक  दुख कष्टबाट बचायौ
तिर्न यो नसकिने गुन लगायौ।
- सुमन ido
ईलाम नयाँबजार ,हाल मलेशिया।
***    ***
           "आमा"
तिमी हौ घाम आमा तिमी नै जून
हर  सरगमको  सुरिलो  धुन
आशिष देऊ अरु माग्दिन आमा
पाऊँ सदा त्यो तिम्रो पाउमा छुन
अध्यारोमा उज्यालो छर्दिने जून
जीवन रङ्ग्याउने नम्बरी सुन।
- आयुषा कार्की
सिन्धुपाल्चोक
****     ***
        "आमा"
कष्ट सहेर संसार देखाउने
नाम दिएर दुनियाँ चिनाउने
आमा तिम्रो माया साच्चै नि:स्वार्थ छ
आफू मरेर सन्तान बचाउने
सधै सत्कर्मको बाटो देखाउने
दुःख लुकाएर हाँस्न सिकाउने।
- सागर जग देवान
संखुवासभा
***     ***
       "आमा"
आमा हुन धर्तीको जून
बोलिमा छ बासुरी धुन
नसकिने   बयान  गर्न
सन्तान प्रति लाएको गुन
सम्झ  सधैं आत्माबाटै  जून
ईश्वर  रुप आमा नै हुन।
- बिष्णु कार्की
झापा ,हाल प्रबास।
***     ***
       "आमा"
आमा कस्तो खडेरिमा परें
माली बिना कोपिलामै झरें
तिम्रो साथ गुमाउदा कत्ती
ईश्वर भाक्दै अनुरोध गरें
दीप निभ्यो अध्यारोमा परें
सास भएनि जिउदैमा मरें।
- योगेन ढोलि
काठमाडौं हाल प्रवास।
***   ***
         "आमा"
बसायाै सृष्टिकाे सुन्दर कहानि
हे आमा तिमी छाै ममता कि खानि
जन्मायाै हुर्कायाै अमृतै पिलायाै
बनेर तिमीले ईश्वर झैँ दानी
अपरम्पार मातृत्वकाे कहानि
तिमी नै मुटु मेरि तिमी हाै नानि।
- रिदिमा एकल यात्री
बाग्लुङ
***     ***
         "आमा"
हातैले सिलाउँथ्यौ फाटेको जामा
ममताले खेलायौ काखमा आमा
कयौं कष्ट सहि आधा पेट खाएर
हुर्कायौ बढायौ झै बाँसको तामा
किन्दिन्थ्यौ दशैमा फुलबुट्टे जामा
देखेर जिस्काउँथे ती कान्छा मामा।
- नरेन्द्र दाई
ईलाम।
***    ***
          "आमा"
स्वयं  उमा रमा ब्राम्हणी हौ आमा
तिम्रै चरण मात्रै पुज्य  धरामा
अट्दैन शब्दमा महिमा जननी
स्तुति तिम्रै पुज्नु पुर्व श्याम श्यामा
पछ्याउँ पदचाप म तिम्रै आमा
सहि मार्ग छ आमा रुपी सखामा।
- राजीव संघर्षी
***    ***
        "आमा"
आमा  हुन  माया  ममता कि खानी
आमा  बिना  अधुरो  छ  जिन्दगानी
लुकाएर  आफ्नो  अनगिन्ती   पीडा
यो   दुनियाँ   सारा   हँसाउने   बानी
साच्चै हौ तिमी आमा मायाकी खानी
बनाई  राख्छिन्  दुई  आँखाको नानी।
- पेम्बा डोल्मा  "प्रकृति "
सिन्धुपाल्चोक ,हाल:टर्की।
***   ***
       "आमा"
सलाम छ तिमीलाई हे जननी
जन्मायौ दिन रात महिना गनि
गाह्रो भो होला दश महिनासम्म
कोखमा प्रसवको पीडा नभनी
ऋणि छु म तिमी प्रती हे जननी 
हुर्कायौ  ममताको छहारी बनी ।
- आवास गुन्जन।
****    ***
       "आमा"
देवि कि प्रति मुर्ति हुन जननी
उनै सीता हुन्  भृकुटि र रजनी
सृष्टिको रचयिता उनि नै माता
महिमा पनि अपरम्पार छ नि
जगत कि प्रणेता हुन् यी जननी
सन्तान मोक्ष निम्ति जल्छिन् दन्दनि ।
- प्रीन्स याक्खा 'प्यासी'
संखुवासभा,हाल अफगानिस्तान।
****    ***
          "आमा"
आमा धर्ती माता आमा घाम जून
प्राणीको  जगत् मा सर्वश्रेष्ठ  हुन
मन्दिर  हुन् आमा सन्तानकी देवी
साधना संगम  हृदय  कि  धुन
जीवनको ज्योति बाल्ने आमा जून
उसैको सृष्टिमा अजम्वरी गुन।
- बिन्दा लामा"तृष्णा "
तिनकन्या -६,सिन्धुली ,हाल :टर्की।
***     ***
          "आमा"
कहिले तिरौंला आमा तिम्रो भारा
चुसेको  दश  नाला  दुधका धारा
नौ महिना कोखमा हुर्कायौ आमा
जन्मायौ   सहेर  मृत्युका  तगारा
बुढेसकालमा   उठाउनु     भारा
बदलामा गर्ने छु  आमा सहारा।
- शिब राज बि.सि यकल यात्री
सुर्खेत राक ९,हाल मरुभूमि।
***    ****
        "आमा"
सारा  सृष्टि  संसार  देखाई
यो  धर्तिमा  पाईला  टेकाई
जन्मायौ हुर्कायौ मेरि आमा
हजारौं  दु:ख  पीडा  मेटाई
सुमार्गको त्यो बाटो  देखाई
हिडायौ  पीडा  भुली रमाई ।
- बिकेन्द्र सहयात्री
ओखलढुंगा।
****     ***
***    ***
           "आमा"
आमा हुन हाम्री ममताकी खानी
भेटिन्न त आमा संसारमा छानी
देखाउने  दुनियाँ आमा  नै  हेर्नु
गर्नु हुन्न हेला है ! जानी अन्जानी
सकिदैन्न  कैले ममताको खानी
सम्झीएर आँखाबाट बग्छ पानी।
- बिरेन्द्र भाइ
खोटाङ ,हाल बिरानो बस्ति।
***    ***
          "आमा"
स्वर्ग छौ कि नर्क थाह छैन आमा
जहाँ भए पनि फोटो छ आँखामा
सानो बच्चा हुँदा म बेस्सरी रुँदा
काँडा झिकिदिन्थ्यौ बिझे पैतालामा
अब कहाँ खोजूँ देवी जस्ति आमा
छोरा रत्न ? भन्ने को छ यो धरामा ।
- रत्नराज पुन मगर
जाजरकोट ।
**     *** 
      "आमा"
जहर   पिउदै  अमृत  दिलायौ
राम्रो नराम्रो त्यो तिमीले सिकायौ
मलाई  खोजी खोजी नै खुवाएर
कयौं रात तिमीले भोकै बितायौ
तिमीले आँशु प्यूदै हाँसो दिलायौ
आफै बेची मेरा यी खुशी किनायौ।
- रमेश रसिक
निजगढ।
***     ***
         "आमा"
यो  धर्तीमा  मलाई  एक्लो  छोडेर
जानुभो आमा कफन नै ओढेर
थ्यो  हजुरको काखमा  रम्ने चाह
अधुरो  भो   दैंवले   बाटो   मोडेर
सदाको  लागि यो  दुनियाँ  छोडेर
हामी   सबैको   मन  मुटु   तोडेर।
- सुजन क्षितिज राई
  ईलाम।
****    ***
         "आमा"
नौ महिनासम्म कोखमा राखेर
जन्मायौ पीडाको पहाड काटेर
दश धारा दूध खुवाई हुर्कायौ
मायाको आँचलले सधैं बाँधेर
दु:खमा पनि त खुसिमा राखेर
बस्थ्यौ आमा मेरो नै निम्ति हाँसेर।
-तारा दिप्साली
भोजपुर,हाल- धरान।
*****      ****
        "आमा"
नौ महिना कोखमा राखी जन्मायौ
मलाई  दस  धारा  दूध   चुसायौ
कसरी  तिरौ  खै  म दूधको भारा
सदा सदाको लागि ऋणी बनायौ
मेरो खुसी  देख्न  पीडामा रमायौ
घाम पानी छेक्न काखमा सुतायौ ।
- दिपेन्द्र थापा मगर
माझकाँडा (१) सल्यान,हाल= मलेशिया।
***     ****    
          "आमा"
आमाको माया नि:स्वार्थ हुन्छ
कल्पिंदा धर्ति आकास छुन्छ
यादैमा रह्यो आंचल अब
अतित हेर्दा परेली चुन्छ
अंगालो भरी ममता हुन्छ
सम्झंदा संधै यो मन रुन्छ |
- सावित्रा लुइँटेल घिमिरे
झापा, हाल इजरायल ।
****     ****
          "आमा"
आफू नाङ्गो बनी सिगार्यौ मलाई
भर्यौ  पेट  मेरो आधा पेट खाई
देखायौ सुन्दर जगत् मेरी माता
जन्म दिएर यस धर्तिमा ल्याई
पूरा गर्यौ हरेक चाहनालाई
म बस्न पाए दुनियाँमा रमाई।
- मन्जु अन्जना
सुर्खेत,हाल कुवेत।
****     ****
          "आमा"
आफू भोकै भै खुवाउने  मलाई
हिंड्न सिकायौ मेरो हात समाई
लुटाइन् म माथि आफ्ना ती ममता
स्वयं आफैंलाई नै पुरै रित्याई
दु:ख सहन्छिन् खुशी राख्न मलाई
हाँस्छिन् सधैं नै आफ्नो दु:ख  लुकाई।
- इन्दिरा कुमाल
झापा नेपाल।

No comments:

Post a Comment