- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Friday 27 November 2015

केस्रा प्रतियोगिता-२०१५

  "अनलाईन केस्रा प्रतियोगिता सम्पन्न"
"गरेर कलमी मनहरुलाई सलाम,
साहित्य बिधामा एक नयाँ आयाम"
       भन्ने मुल नाराका साथ आउन लागेको केस्रा विधाको चौथो वाषिर्कोत्सव (१ जनवरी २०१६) को अवसरलाई मध्यनजर गर्दै साहित्यिक चौतारी फेसबूक पेजमा ऐतिहासिक बृहत् केस्रा लेखन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ। ।
    आइतबार सम्पन्न बृहत केस्रा लेखन कार्यक्रममा विभिन्न देशबाट १०० बढी सर्जकहरु सहभागी भै १२००
भन्दा बढी विभिन्न परिवेशका केस्रा लेखिएको थियो ।  साहित्यिक चौतारीको पेजमा प्रकाशित गरिएका सबै केस्राहरुबाट उत्कृष्टताको आधारमा पहिला पचास जना सर्जकहरुको ७२ वटा केस्रा छनौट गरिको थियो । छनौट भएका ७२ वटा केस्राहरुबाट दोश्रो चरणमा चार जना निर्णायकहरुले दश दस वटा केस्रा छानेर ती छानिएका चालिस वटा केस्राहरुलाई तेस्रो चरणमा उत्कृष्टताको आधारमा एक देखि दशौसम्म अङ्कन गर्ने काम सम्पन्न गरिएको थियो ।
        प्रतियोगितामा झापा निवासी भावना सुब्बा (पृथक प्रकृति) ले सबैभन्दा बढी १२३ वटा केस्रा लेखेर पेजमा अपलोड गर्नु भयो भने दोश्रोमा भोजपुर निवासी सुनिता साप्कोटाले ११७ र तेस्रोमा चितवन निवासी रेणुका पौडेलले १०२ वटा केस्रा लेखी पेजमा अपलोड गर्नु भएको थियो ।
      एक देखि दशौं स्थानसम्म प्राप्त गर्नु हुने केस्रासर्जकको नाम, ठेगाना सहित अङ्कन गरिएको केस्राहरु निम्न प्रकार छन् ।
***  ***
प्रथम : आवास गुन्जन
बुटवल,हाल : मलेसिया
"आमा"
आमा  मेरो  यादमा नरुनु
आँसुले त्यो पछ्यौरी नधुनु
तिर्नेछु आमा दुधको भारा
कहिल्यै नि चिन्तित नहुनु
आएन छोरो भनी नरुनु
चिन्ताले त्यो सगर नछुनु
****
द्वितीय : भावना सुब्बा
झापा
"हिम्मत"
बन्न सकौं छहारी
कोसिस हुन्छ जारी
चिरेर काल रात्री
दुई आँखा उघारी
हुनेछु म छहारी
आजकी नै हुँ नारी।
****
तृतीय: एलिसा पौडेल
   "चोट"
देखाउँदिन मुटुको चोट
लगाउन सक्छौ फेरी खोट
के सुनाउँ खोइ तिमीलाई
ओइलायो यो मायाको बोट
सहेर यी लाखौंलाख चोट
बाँच्नेछु पक्का लिएँ अठोट
****
सान्त्वना: दुर्गाप्रसाद आचार्य
भोजपुर
"किसान"
गर्छ आफ्नै वारिमा मलजल
पसिनाले भएरै खलखल
अर्काको आशामा बांचेको छैन
लगाउछ आफ्नै पाखुरी बल
लगाब उस्तै गर्छ मलजल
स्वाभिमानी किसान भै अटल।
****
पाँचौ: मगर भीम पुन (भावुक)
धुवाङ-८ प्यूठान,हाल: मलेसिया।
"बाघ"
कराउँदै आयो
बाख्रालाई खायो
रमाई  खाएर
राम्ररी अघायो
दोबाटोमा आयो
हाँसेर  रमायो।
***
छैटौं : रेनुका पौडेल 'आहात'
चितवन
   "नारी"
अघि बढ्नुछ नारी
पाइला अघि सारी
सधै भरी घाँसकै
बोक्नु हुन्न है भारी
अग्रसर हौ नारी
मार्नुछ अत्याचारि।
******
सातौ:  सुनिता सापकोटा
भोजपुर
"आँखा"
प्राणीहरुमा हुन्छ
दु:ख परेमा रुन्छ
संसार देख्ने आँखा
सफलताले छुन्छ
अमुल्य सधै हुन्छ
सहि गलत चुन्छ।
****
आठौं : प्रिन्स याख्खा (प्यासी)
सङ्खुवासभा,हाल : अफगानिस्तान
"प्रबासी चित्कार"
दैवले ठगेको प्रवासी निधार
हण्डर ठक्कर मात्रै बारबार
मनको हलो बाधेर जोतिनु छ
सुखको नाममा पीडा लगातार
केही नि छैन मन बुज्ने आधार
यहाँ त भेटियो मान्छेको व्यापार।
*****
नवौं : नरेन्द्र दाइ
इलाम,हाल : मलेसिया
"मृत्यु"
जानु पर्छ एक दिन मरेर
के गर्नु साथी घमण्ड गरेर
नबिथोलौ सद्भाव,आपसमा
छ जो दुष्टको जालमा परेर
नजाने को छ आखिर मरेर
छोडेर धरा बैकुण्ठ तरेर।
*****
दशौं: अमन एकल रामकृष्ण पाण्डे
भोर्ले-७ रसुवा,हाल: अबुधाबी
"बिडम्बना"
टुट्दै देख्छु मेरा रहर
आफन्तले घोल्छन् जहर
स्वार्थमा धनै ठुलो भयो
भत्किए प्रेमका शहर
चुक्यो लक्ष्य मरे रहर
विकल्पमा मृत्यु ठहर ।
********    *********
निर्णायक मण्डल
केस्रा प्रवर्तक:- मौलश्री लिम्बू
केस्रा प्रवक्ता:- दिलिप राई 'सगर'
                  इन्द्र नारथुङे
                  सन्दिप संग्रौला
****-----*****-----******
केही प्रतियोगीहरुको प्रतिनिधि केस्राहरु:-
"अठोट"
परीआए रगत बगाउछु
आफ्नै ज्यानको बाजि लगाउछु
कहिले सम्म पो टिक्ला र यहाँ
भ्रष्टाचारी ती सबै भगाउछु
,
आफ्नै देशमा पसिना बगाउछु
सुस्ताएका नेपाली जगाउछु।
- आयुषा कार्की
***
"दुख"
जस्लाई पनि धाउने गर्छ
धनी या गरिब दुवै पर्छ
रोकेर रोकिन्न प्रकृतिको
एक दिन आफै पक्का झर्छ
मान्छे भोगेर नै भन्ने गर्छ
रोएर हुन्न आफै नै टर्छ ।
- लक्ष्मी माङ चेम्जोङ
पाँचथर ,हाल- मलेसिया ।
***
"आह्वान"
उठ युवा अब त देश भनेर
हुन्न है विकास प्रदेश गनेर
छिमेकीले हेर दमन गर्दै छ
जाग्नु पर्छ हामी किरण छरेर
पैरखी बन्न हामी सक्छौ भनेर
चिनाउनु छ स्वाभिमानी बनेर।
- निलम निश्चल लिम्बु याक्थुङ्बा
***
"जिन्दगिको पाना"
हाम्रो कथा उस्तै जिन्दगीको पाना
आँखा भरी संधै आँसुको भो दाना
कहानी भो छुट्टै रंगमञ्च भित्र
सबै सामु भयो मुटु चाना चाना
दुखमा नै रै'छ जिन्दगिको पाना
धरती घर खुल्ला आकाश छाना।
- दान राई झरी
काठमाडौं ।
***
"नाता"
हाम्रो न्यानो साथ छुट्यो
भाबनाको नाता टुट्यो
गरिबीको बहानामा
बैरीले अस्तित्व लुट्यो
जिन्दगी को यात्रा छुट्यो
टुक्रा टुक्रा बनि फूट्यो ।
- सीमा कार्की पराजय
पर्सा जिल्ला 6 मेलचोक
***
" धोका"
तिमिले दिएको घात
छ मनमा खातैखात
फसाएर गयौ किन
मिठो बोलेर नै बात
बिर्सन नसक्ने घात
लाग्दैछ दिउँसै रात।
- ऋतूसन्धि रोका
देउराली ४ गोर्खा,हाल: दुबई यूएई।
***
"आग्रह"
शान्तिको दीपक बालेर
कर्मठ पाइला चालेर
एकजुट भई उठौ अब
बैरभाव सबै फालेर
चेतनाको ज्योती बालेर
दुश्मनको शिर ढालेर।
- बिमल पोखरेल
धरान,हाल-मलेसिया।
***
"आक्रोश"
जताततै बन्द अनि हडताल
तहसनहस हुँदैछ नेपाल
कुर्सी नतान सामन्ती सरकार
भर्दै निर्दोष रगतको आहाल
उठौँ आजै बचाऔं देश नेपाल
अन्त्य गरौं देशद्रोहीको तत्काल ।
- बिन्दा लामा "तृष्णा"
***
"बिचित्र"
याे संसार सारा
गर्छ आफ्नो पारा
बगेछ आँखामा
आँसुकाे छ धारा
कमजोर सारा
बलियाका चारा।
- रितु प्रयसी
***
"माया"
तिम्रो तस्बिर छातीमा टाँसेर
लुकाई पिडा बाहिर हाँसेर
जब देखि छोडेर गयौ तिमी
बसेको छु आफैलाई मासेर
राखुला भन्थे मुटुमा टाँसेर
फूलको त्यो मालासरि गाँसेर।
- दिपेन्द्र कुमार न्यौपाने।
****
६ मंसिर २०७२  //  22 Nov 2015
साहित्यिक चौतारी फेसबूक पेज।

No comments:

Post a Comment