- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Monday 7 August 2017

चोमु शेर्पा खुशी

     चोमु शेर्पा खुशी जीका दुई केस्रा
     
चोमु शेर्पा खुशी
ताप्लेजुङ ,हाल-दमक,झापा ।
 
            "बिस्थापन"

चिनाजान भयो साथी बनाईयो
वास्तविकता नि  सबै बताईयो

उस्ले मेरो बदनाम गर्नु थिएछ
ब्यर्थैमा चिनो मायाको पठाईयो

फेरि  नबोल्ने  योजना बनाईयो
अनि  पुरै  दिलैबाट    हटाईयो।
****       *****    ******
   
         जिन्दगी

जिन्दगी हो भन्छन् कर्कलाको पानी
दु:ख  सहनु  रे आफ्नै  भाग्य  ठानी


समय   सँगै   बदल्नु  छ   बिस्तारै
सोच  बिचार कर्तव्य आफ्नो बानी

बन्नुछ झरनाको झैँ साङ्लो पानी
बगेर जानू छ आफ्नो लक्ष्य छानी।
- चोमु शेर्पा खुशी
  ताप्लेजुङ ,हाल:दमक,झापा ।

No comments:

Post a Comment