- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday 25 February 2016

शिर्षक एक केस्रा अनेक-७

नवज्योति साहित्य समाज परिवारद्वारा आयोजित नियमित शृङ्खला "शीर्षक एक, केस्रा अनेक" अन्तर्गतको भाग -७ मा "जिन्दगी" शीर्षकमा लेखिएका केस्रा सर्जकहरुको केस्राहरु:-
~~~~******~~~*****~~~
         "जिन्दगी"
हाँसो खुसी सराबरी जिन्दगीमा
मुस्कान ओठमा आँसु परेलीमा
आफै बोक्सी आफै धामी बन्नुपर्दा
चल्छ छुरा जानाजान कलेजीमा
नातासंगै स्वप्ना टुट्दा जिन्दगीमा
जान्छ बाँकी लक्ष्य सबै अंधेरीमा ।
- निस्चल आँसु घायल
होक्लाबारी-३, मोरङ्
अचेल- मलेशिया।
***    ****
          "जिन्दगी"

केस्रा कार्यपत्र:- असफल गौतम

      केस्रा लेखनका चुनौती र सम्भावना:
                     - असफल गौतम    पोखरा।
सन्दर्भ:नेपाली वाङ्मयको क्षेत्रमा आख्यान, गैह्र आख्यान र जापानी छन्दका कविताहरूले आफ्नो राज जमाइरहेका छन्। यस्तो वेलामा नेपाली माटोको सुगन्ध बोकेर एक विधाको प्रतिपादन भएको छ, त्यो हो केस्रा। यो सुखद् समाचार हो। विधिवत घोषणाका साथ केस्रा विधा लेखन थालिएको आज चार वर्ष बितिसकेका छन्। केस्रा विधाको समुन्नत भविष्य निर्माणका लागि केस्राको विधागत विकास र मार्ग निर्देशनार्थ विभिन्न गोष्ठी तथा सभा समारोह हुन थालेका छन्।
विषयप्रवेशः सतासीधाम–३ झापाका शेरबहादुर लावती र मिलन कुमारी माबोको कोखबाट जन्मेका सन्तानमध्येका असल सन्तान हुन् मौलश्री लिम्बु। १० जोड दुईसम्मको अध्ययन गरेका लिम्बु सन् २००६ देखि घरदेश छोडेर परदेश भाँसिए। मलेसियामा जिन्दगीको धुँवा उडाएर दुई चार पैसा जोडे। लाग्छ, उनले केही आर्थिक सम्वृद्धि बाहेक जीवनमा अरू केही गर्न सकेनन्। वर्षौ मलेशिया भाँसिएका मौलश्री गुमनाम नै रहे। लामो समयको अन्तरालमा उनले केही साहित्यिक विषयमा सोच्न थाले। चाणक्यले कतै भनेका छन्,
मनसा चिन्तितं कार्य वचसा न प्रकाशयेत्।
मन्त्रेण रक्षयेद् गूढं कार्ये चापि नियोजयेत्।।

शिर्षक एक केस्रा अनेक-८

नवज्योति साहित्य परिवारद्वारा आयोजित नियमित शृङ्खला "शीर्षक एक, केस्रा अनेक" अन्तर्गतको भाग -८ मा "प्रणय दिवस" शीर्षकमा
लेखिएका केस्रा सर्जकहरुको केस्रा
~~~~*****~~~~*****~~~~
      'प्रणय दिवस'
प्रेमको   प्रतिक    गूलाव   दिएर
फाटेको  यो मन   स्नेहले  सिएर
आगों  दुवै   तर्फ   बलेको   रहेछ
प्यास मेटायौ चिसो घुट्को पिएर
बैना   स्वरूपको   चुम्वन  दिएर
तृप्ति भयौ  भन्ने संकल्प  लिएर।
- विनोद 'पाल्पाली'।
***    ***
        "प्रणय दिवस"

Friday 12 February 2016

शिर्षक एक केस्रा अनेक-६

नवज्योति नेपाली साहित्य समाज परिवारद्वारा आयोजित "शीर्षक एक, केस्रा अनेक" भाग -६,अन्तर्गत "साहित्य" शीर्षकमा लेखिएका केस्रासर्जकहरुको केस्राहरु:
~~~     ~~~~~~
        "साहित्य"
साहित्य एउटा  खुबी हो  मेरो
गाउने   गर्छु   यहीं   सेरोफेरो
यसैले  नै  जिन्दगी  त  बन्दैन
तर यो  बिना  हुन्छु  म अँधेरो
यो त  जहिल्यै  रहर  हो  मेरो
यहीँ नै बन्यो जिन्दगीको घेरो।
- दिल प्रकाश मगर भावुक
***     ***
         "साहित्य"