- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday 25 February 2016

शिर्षक एक केस्रा अनेक-८

नवज्योति साहित्य परिवारद्वारा आयोजित नियमित शृङ्खला "शीर्षक एक, केस्रा अनेक" अन्तर्गतको भाग -८ मा "प्रणय दिवस" शीर्षकमा
लेखिएका केस्रा सर्जकहरुको केस्रा
~~~~*****~~~~*****~~~~
      'प्रणय दिवस'
प्रेमको   प्रतिक    गूलाव   दिएर
फाटेको  यो मन   स्नेहले  सिएर
आगों  दुवै   तर्फ   बलेको   रहेछ
प्यास मेटायौ चिसो घुट्को पिएर
बैना   स्वरूपको   चुम्वन  दिएर
तृप्ति भयौ  भन्ने संकल्प  लिएर।
- विनोद 'पाल्पाली'।
***    ***
        "प्रणय दिवस"
प्यारका जीवाणु छन् आकास भरी
सम्झन्छु उस्लाई  मात्र  घरि घरि
उसैको प्रतिक्षामा दिन काट्दैछु
जाँदैन  समय आज  कसै गरी
गुलाब रोपेकीछु यो मुटु भरि
प्यार छ उ प्रति मेरो अजम्बरी।
- सावित्रा लुइँटेल घिमिरे।
        (उत्कृष्ट केस्रा)
****    ****
        "प्रणय दिवस"
सुन्दरताको छुट्टै मजा गुलाव
संचित रहन्छ र भाग्छ तनाव
मनको बह प्रमिला सारंशमा
फूलबाट बहन्छ अनेकौं भाव
मायाको परिक्षण रैछ गुलाव
तरंगी आश भित्री मन मुटाव।
- गोबिन्द पुन भावुक रोल्पाली
जुगार ९ जावल रोल्पा
हाल-क्वालालम्पुर, मलेसिया।
****   ***
       "प्रणय दिवस"
सोचे जस्ती मनकी रानी पाउँदा
खुसी बने दिलमा तिमी छाउँदा
गुलाब किन्दै तिमीलाई सम्झिएँ 
सुम्पिन्छु प्रणय दिवस आउँदा
अप्सरा झै देख्छु समीप पाउँदा
खुसी बन्नु सधैं पिरती लाउदा।।
- योगेन ढोली।
***    ***
      "प्रणय दिवस"
हुन्छ  अब  दुई मुटुको मिलन
बन्नेछ दुबैको एउटा धड्कन
प्रणय  दिवसमा  रम्छ दुनियाँ
सुस्तरी  बहनु  तिमीले  पवन
छुटेका प्रेमिको हुनेछ  मिलन
प्रेमिका  पाएर  रमाउछ मन।
- बिष्णु कार्की।
***    ****
       "प्रणय दिवस"
आहै ! लगाएको ओठमा लाली
बिर्सेकै छैन अझै उहीँ काली
पोहोरको  प्रणय दिवसमा
प्रेम प्रस्ताव राखें भए खाली
खुब मन पर्या थ्यो तेहि लाली
टुक्रींदा मुटु  मेरो  रैछ जाली ।
- बि बि सि।
***    ***
       "प्रणय दिवस"
आयो प्रेम दिवस खुसी छायो
गुलाब दिई माया पनि लायो
अटुट रहोस् माया हाम्रो भन्दै
दुबैले नछुट्ने कसम खायो
जीवनमा खुसी उमंग छायो
दुबैको स्पर्श भित्र नै रमायो ॥
- सिमा कार्कि
      इराक।
***    ***
      "प्रणय दिवस"
गुलाफलाई केन्द्र सम्झिएर
गल्ति गरेछौ  मुटु सुम्पिएर
प्रेम दिवश त आउछ जान्छ
गल्ति नगरौँ माया मार्दिएर
रुन्छौ भोलि ति आमा सम्झिएर
नौटङ्की गर्यौ त्यहि बिर्सिएर ।
- निस्चल आँसु घायल
होक्लाबारी-३, मोरङ्
हाल मलेशिया।
****    ****
      "प्रणय दिवस"
गुलाबमा पठाउँनेछु सुझाव
मञ्जुर गरिदिनु मेरो प्रस्ताव
आज जस्तै ए ! प्रेयसी हरघडी
तिमीमै रहन्छ मनको झुकाव
मनन गरियोस् है ! श्यामा सुझाव
लत्याए टुट्नेछ दिलको लगाव।
- राजीव संघर्षी।
***   ***
       "प्रणय दिवस"
पठाउने छु  तिमीलाई प्रस्ताव
लागेको छ मलाई तिम्रो अभाव
खुशीले  स्विकार  प्रेमदिवसमा
प्रीय शान्ती मेरो यो रातो गुलाव
नेपालमा फर्क यो  मेरो  प्रस्ताव
भयो हामीलाई बाँच्न  नै  दबाव।
- रमेश रसिक
निजगढ।
***    ***
      "प्रणय दिवस"
आज समाए गुलाव मैले पनि
यो मेरो जीवन तिम्रै त हो भनी
भन्न मात्र पो मैले नसकेको त
तिम्रो माया सानू ! मुटु भरी छ'नि
जुनि जुनि साथ दिनेछु म पनि
वरको छेउमा पिपल झैँ बनी
- इन्दिरा कुमाल
दमक,झापा।
       (उम्दा केस्रा)
****    ***
     "प्रणय दिवस"
उसले देखाउदै गुलाब
मलाई पठाकिछ प्रस्ताब
स्वीकार्नै पर्छ तिमीले भनी
आएको छ लौ फेरी दबाब
राखौ भने मैले त्यों गुलाब
यता छ मेरो ठुलो अभाब ।
- दीपक अधिकारी"चञ्चल"
    सन्धिखर्क ,अर्घाखाँची।
                 (सह्रानिय केस्रा)
****    ****
     'प्रणय दिवस'
व्यस्त प्रणय मनको भ्रमणमा
निशाना लगाई प्रेयसी गणमा
प्रस्ताव प्रेमको गुलाफमा पत्र
कलम मसि रगतको कणमा         
             
दिल बाटै दिलको आक्रमणमा
जीत प्रणयको प्रत्येक क्षणमा।
- prince yakhkha"प्यासी"
  संखुवासभा
हाल-अफगानिस्तान ।
               (सर्वोत्कृष्ट केस्रा)
****    ****
    "प्रणय दिवस"
सदैव तत्पर हुन्छिन् माया गर्न
बाँकि छ अब उन्काे सिउँदाे भर्न
चाहना केवल यहि छ दुवैकाे
सँगै बाँच्न अनि पाउँ सँगै मर्न
प्रेम प्रणयका मीठा कुरा गर्न
आयाे प्रेम दिवस सुगन्ध छर्न।
- आवास गुन्जन।
****    *** 
      "प्रणय दिवस"
फेरि पनि प्रणय दिवस आयो
संझेर बिगत यो मन रूवायो
भुल्ने कोशिश गर्थे निष्ठुरीलाई
यो गुलाफले खाटो घाउ बल्झायो
घुम्दै फिर्दै पुन: यहि दिन आयो
पोल्यो छाती भतभती मुटु खायो।
- बिना बाठक।
****   ***
       "प्रणय दिवस"
उपहार  अस्ति  गुलाफ  पठायौ
हिजो फेरि पस्ताव राखि सतायौ
कलाकार  रैछौ  तिमी  त प्रेमको
माछि झै जालमा पारेर फसायौ
तिमीले प्रेमको सुनामी पठायौ
सारा पीडा भुलाई आज हसायौ।
- शिला कार्की
काठमाडौं ।
****   ****
     "प्रणय दिवस"
गर्दछन् प्रेम संसार नै भूलेर
प्रेमिल जोडि गुलाफ झै फूलेर
प्रणय दिवसमा खुसि साट्दछन्
मायालुसँग निर्धक्क भै खूलेर
बेदना त्यो मनको सबै भूलेर
दिवस मनाउछन् सँगै डुलेर।
- सागर जंग देवान
संखुवासभा।
****    ****
         "प्रणय दिवस"
भेट्न आ"छु  गुलाफी फूल लिएर
फर्किन्छु मायाको सौगात दिएर
संगै  मनाउला  प्रणय  दिवस
मात लाग्ने प्रेमको नसा पिएर
तिमी नि आउ चोखो माया लिएर
बसौंला दु:ख पीडासंगै जिएर ।
- दिपेन्द्र थापा मगर
माझकाडा १ सल्यान
   हाल= मलेशिया।
****    ****
     "प्रणय दिवस"
तिमी जीवन मेरो तिमी प्रणय
छ तिम्रै चाहना बोकेको हृदय
मुटुमा छौ प्रणय फूलमा हैन
प्रीतिको पुकार चराचर  जय
पवित्र प्यारको सौगात प्रणय
प्रणय दिवस मनाऔं निश्चय।
- बिन्दा लामा "तृष्णा"
सिन्धुली हाल टर्कि।
****    ****
      "प्रणय दिवस"
हुनेछ  जब  प्रिया  हाम्रो मिलन
बन्नेछ  दुई  सास  एकै धड्कन
प्रणय  दिवसको  साथमा तिमी
स्वर्ग  झै  लाग्नेछ  मनको गगन
अमर होस् दुई आत्माको मिलन
कहिल्यै नछुट्ने बाचा  र बन्धन।
- पेम्बा डोल्मा "प्रकृति"
सिन्धुपाल्चोक ,हाल:टर्की ।

No comments:

Post a Comment