- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Tuesday 31 December 2013

मौलश्री लिम्बु

  मौलश्री लिम्बु जीका केस्राहरु 

- मौलश्री लिम्बु
झापा,हाल-मलेसिया 
   "नतिजा"

तिम्रो हाउभाउमा भुतुक्कै पर्दा
यो मनको बीज त्यो मनमा छर्दा

म बबुरोको होश उडेर गयो
तिम्ले कालीको रुप धारण गर्दा

ढीट मनको मनमानीमा पर्दा
भोग्दैछु आकाशबाट तारा झर्दा।
१९-१२-२०१३ 

“बदनीयत” 

Sunday 29 December 2013

दस्तावेज:- शुभ-कामना


शुभ-कामना
                                                                           [पृष्ठ च-झ]
शुभ-कामना 

        नेपाली साहित्य आफैमा समृद्द छ l अझै यसलाई फैलाउने, फुलाउने र अनेक सुवास छर्ने हेतुले समयका बिबिध कालखण्डमा अनेक बिद्द्वानहरु प्रादुर्भाव भए र भैरहेका छन् l यो क्रम जारि छ l यसै शिलशिलामा नेपालि साहित्यको फाँटमा एक नविन फूल फुलाउने स्पष्ट उद्देस्य सहित अलग सोच र मान्यता अनि परिकल्पना बोकी उदाएका नवयुवा साहित्यकर्मी मौलश्री लिम्बु र उहाँका अन्य सहयात्रीहरुको को असिम कल्पना र अटल उद्देश्यको प्रतिफलस्वरूप जन्मिएको नवबिधा ‘केस्रा’ ले नेपाली साहित्यानुरागीहरु बीच एक नौलो तरंग फैलिएको आज पुरा एक बर्ष भएको छ l स्पष्ट मान्यता तथा बिचार बोकी उदाएको विधा ‘केस्रा’ मा छोटो समयमै धेरै सर्जक र पाठकहरुको अपूर्व रुची र लगाब हेर्दा यो विधाले छिटै नै आफुलाई नेपालि

Wednesday 25 December 2013

दर्शन योङ्हाङ्

            दर्शन योङ्हाङ् जीका केस्राहरु 

- दर्शन योङ्हाङ्
झापा,हाल-साउदी अरब 

 "घात"

न निभाई दायित्व
गर्न खोज्दा नेतृत्व

जालसाजी नेताको
ओझेलियो ब्यक्तित्व

बिर्सी दिंदा दायित्व
सक्यो सबै स्वामित्व
२९-०७-२०१३

"आश"

Sunday 22 December 2013

भरत अधिकारी

      भरत अधिकारी जीका केस्राहरु 

- भरत अधिकारी
तनहुँ,हाल- मलेसिया 
"रूढीवादी"

लगाएर धामी
विश्‍वासमा हामी

बोक्‍सी लाग्‍यो भन्‍छ
धामी नाडी छामी

कुरा गर्छ धामी
बिरामीलाई डामी।
१२-०९-२०१३

 "नेता"

Tuesday 17 December 2013

दस्तावेज:- आफ्नो भनाई [भाग-२]

                    प्रवक्ताको कलमबाट 
                                        [पृष्ठ ञ-ठ] 


प्रवक्ता:- दिलिप सगर राई 
उर्लाबारी, मोरङ 
       सन् २०११ को अन्तिम ३ महिना । हेमन्त ऋतुका सुनौला दिनहरू । मलेसियाको राजधानीको मुटु स्थल । बुकिट बिन्ताङ । विश्वको सर्वोच्च ट्विन टावर पेट्रोनस र केएलसीसी पार्कसँगैको प्लेटनियम सिटी । असङ्ख्य गगनचुम्बी भवनहरूमाझ आकाशिँदै हाराहारीमा उभिएका छन् के. मिनारा र अस्टिन टावर । दिनभर मिनारामा आउने जानेको व्यस्तता रहेपनि ५ बजेसम्म निस्किसक्थे किन्नर किन्नरीहरू । म सामान्य पाले । ३२ र ३३ तल्लामा केही क्लाइन्टसँग फ्रि हुन्थेँ ड्युटीमा । अनि आउन थाल्थे फोन हितैसी मित्रहरूका । पेराकबाट मौलश्री लिम्बू र शिशिर सापकोटा, जोहोरबाट राज सहयात्री र डेनि गुरुङ अस्विकृत, पेनाङबाट जितमान राई ‘सविन’ र केएलबाट तुलसी राई विन्दु, दान राई झरी, गनिन्द्र विवश, वेदाग आदिका सुखदुःख बाँड्दै । ९ बजेसम्म झुण्डन्थें म साहित्यिक मन्थन चौतारी कार्यक्रममा । वर्ष दिन हुँदैथियो मैले फेसबुक चलाको । सिर्जनात्मक हेलमेल बढाउँदैथें धेरै सर्जकहरूसँग । यसै सिलसिलामा फोन र नेटको

Saturday 14 December 2013

नाना रोदुङ्


            नाना रोदुङ् जीका केस्राहरु 

"चिहान " 

यसको निश्चित ठाऊँ हुदैँन 
- नाना रोदुङ्
खोटांग,हाल-इजराल 
मन दु:खेर कहिले रुदैँन

जीवनको अर्को अवशेष यो 
आफ्नो छातीलाई आँशुले धुदैँन

चिहानलाई मतलव हुदैँन 
यसलाई कुनै दर्दले छुदैँन

    "मृत्यु" 

Tuesday 10 December 2013

अन्तर्वार्ता:- टंक सम्बाहाम्फे

जीवन र जगतको कुराहरूलाई अभिव्यक्त गर्ने विधा नै साहित्य हो।

टंक सम्बाहाम्फे हङकङेली नेपाली साहित्य फाँटमा एक सुपरिचित नाम । धनकुटाको कुरुले तेनुपा गाविस - ५बाट हङकङ छिर्नु भएयता नेपाली साहित्यको भण्डारका लागि अथक रुपमा लागि पर्नु भएका साहित्यकार सम्बाहाम्फेले “युद्ध भित्र उभिएका  बुद्धहरू” कविता संग्रह  “मनोभाव” “सार” नामका सीडी एल्बम बजारमा आईसकेका छन् । यसका अतिरिक्त उनको अनगिन्ति साहित्य तथा यस सम्बन्धि लेखहरू बिभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भएकाछन् ।सम्वाहाम्फे हालको समयमा पहिचान सहितको संघीयताको लागिपनि उत्तिकै कमल चलाउँदै हुनुहुन्छ । राष्ट्रियभाषा नेपालीको उत्थानको संगसंगै जातिय पहिचान पनि आवश्यक ठान्ने साहित्यकार टंक सम्बाहाम्फेसंग "एथ्निक भ्वाईस"ले गरेको कुराकानी:

एथ्निक:- साहित्य भनेको के हो ? यो कसरी मानिसको जीवनमा घुल्छ ?
सम्बाहाम्फे:- हरेक मानिसको आफ्नै किसिनको परिभाषा हुने गर्छ ।मनको अन्तरभावहरुजसले दुनियाको

Saturday 7 December 2013

राज आङ्देम्बे "सहयात्री"

राज आङ्देम्बे "सहयात्री" जीका केस्राहरु



राज आङ्देम्बे "सहयात्री"
पाँचथर,हाल-मलेसिया 
"महान" 

गोली जस्तै बोली बनाएर आउ 
ती हातले अब कलम उठाऊ 

महान विचारको योद्दा हौ तिमी 
स-साना कुरामा मन नदुखाउ 

गर्वले त्यो छाती फुलाएर आऊ 
मर्न देखि कैले पनि नडराउ।
०७-१२-२०१३ 

"दोमन"

Thursday 5 December 2013

देशु सुब्बा

        देशु सुब्बा जीका केस्राहरु 

"नशा"

- देशु सुब्बा
पाँचथर,हाल- साउदी अरब 
नशाको काम रहेछ मात
दुर्वसनीलाई लाग्ने भात

युवा जमात झुम्मिन्छ्न् यहाँ
अम्मलकारी बीचको हात

लाग्दैछ रे जम्मैलाई मात
कुलत बाटोमा जम्नु घात
०९-०७-२०१३

"आव्हान"



मनको मझेरीमा आउ
प्रीत नि बसाएर जाउ

Sunday 1 December 2013

केहि केस्राहरु-८[२०१३]

 डम्बर 'बुद्ध', तेज 'विवश' र टि.बि. जीका केस्राहरु 
***   ****   ****   ***
"युद्ध"

सुरक्षाको हिसाबले यता आऊ
स्थिती साम्य हुन्छ अनि मात्र जाऊ

धमाधम गोली चल्छ अब यहाँ
युद्धले चिन्दैन को छोरा को बाऊ?

यतापट्टि मेरो पहरामा आऊ