- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Sunday 1 December 2013

केहि केस्राहरु-८[२०१३]

 डम्बर 'बुद्ध', तेज 'विवश' र टि.बि. जीका केस्राहरु 
***   ****   ****   ***
"युद्ध"

सुरक्षाको हिसाबले यता आऊ
स्थिती साम्य हुन्छ अनि मात्र जाऊ

धमाधम गोली चल्छ अब यहाँ
युद्धले चिन्दैन को छोरा को बाऊ?

यतापट्टि मेरो पहरामा आऊ

खाँचो परे हतियार लौ उठाऊ।
१६-०९-२०१३
-डम्बर तुम्बापो 'बुद्ध' 
झापा,हाल- मलेसिया 
*****    *****   *******   ***

"आग्रह" 

एक फुट्यो अर्को जुट
जताततै चल्छ गुट

जनतालाई कानुन
नेतालाई हुन्छ छुट

हुनुछ जनता जुट
फाल्नु पर्छ सबै झुट।
११-०७-२०१३
- तेज 'विवश' राई 
धनकुटा, हाल-कतार 
******     *****     *******    ***

"प्रेम"

तिमी आयौ यो पल भो खास
वशन्तको यहाँ भो वास

कहाँ पोखाउँ मनको खुशी
हिमाल भन्दा अग्लो भो रास

जिन्दगीमा प्रीति भो खास
छातीभित्र चल्ने भो श्वास।
२२-०६-२०१३
-टि.बी.सागर 
ईटहरी,मोरंग 

[दृष्टान्त:- प्रयुक्त केस्रामा प्रत्येक अनुप्रासको अगाडि "भो" शब्दको प्रयोग भएकोले यो "आवृति केस्रा" अन्तर्गत पर्दछ।केस्राको पहिलो,तेश्रो र चौथो हरफमा १० लिपि चिन्हको प्रयोग गरिएता पनि उपर्युक्त हरफमा एक "स्वर वर्ण "को गणनामा छुट रहेकोछ।यसर्थ दोश्रो,पाँचौ र छैटौ हरफमा लिपिबद्ध भएका नौ लिपि चिन्ह मुताबिक सबै हरफ समान लेखिएको हो।]

No comments:

Post a Comment