- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Sunday 29 December 2013

दस्तावेज:- शुभ-कामना


शुभ-कामना
                                                                           [पृष्ठ च-झ]
शुभ-कामना 

        नेपाली साहित्य आफैमा समृद्द छ l अझै यसलाई फैलाउने, फुलाउने र अनेक सुवास छर्ने हेतुले समयका बिबिध कालखण्डमा अनेक बिद्द्वानहरु प्रादुर्भाव भए र भैरहेका छन् l यो क्रम जारि छ l यसै शिलशिलामा नेपालि साहित्यको फाँटमा एक नविन फूल फुलाउने स्पष्ट उद्देस्य सहित अलग सोच र मान्यता अनि परिकल्पना बोकी उदाएका नवयुवा साहित्यकर्मी मौलश्री लिम्बु र उहाँका अन्य सहयात्रीहरुको को असिम कल्पना र अटल उद्देश्यको प्रतिफलस्वरूप जन्मिएको नवबिधा ‘केस्रा’ ले नेपाली साहित्यानुरागीहरु बीच एक नौलो तरंग फैलिएको आज पुरा एक बर्ष भएको छ l स्पष्ट मान्यता तथा बिचार बोकी उदाएको विधा ‘केस्रा’ मा छोटो समयमै धेरै सर्जक र पाठकहरुको अपूर्व रुची र लगाब हेर्दा यो विधाले छिटै नै आफुलाई नेपालि
साहित्यको एक महत्वपूर्ण विधामा उभ्याउनेमा म अत्यन्त बिस्वस्त छु l
    आजको ब्यस्त युगमा मान्छेहरुको समय किस्ता किस्तामा बाँडिन पुगेको छ l यस्तो समयमा साहित्यका अन्य लामा विधा भन्दा स्वाभाविकैले यस्ता छोटा छरिता विधामा पाठकहरुको मन खिंचिनु स्वाभाविक हो l जसमा छोटोमै जीवन नियाल्ने देखि जगत उभ्याउने सामर्थ्य हुन्छ l समयको पावन्दीमै साहित्यको अनुराग मेट्न र भेट्न सकिने यो नित्तान्त नविन विधामा अझै धेरै भन्दा धेरै साहित्यअनुरागीहरुको लगाब बढोस र यस विधाले आफुलाई एक अजर अमर विधाको रुपमा सदाको लागि स्थापित गर्दै समकालीन नेपालि साहित्यको एक प्रतिनिधि विधा बनोस भन्दै यस विधाका प्रमुख जन्मदाता मेरा प्रिय भाइ मौलश्री लिम्बु र उहाका सहयात्री मित्रहरुलाइ अनेक बधाई सहित अनन्य शुभकामना दिन चाहन्छु l
- दीप्स शाह
deepssanu@gmail.com
इजरायल l 

[सल्लाहकार:- “केस्रा” विधा प्रतिपादनका लागि] 
** ** **     ****    *******    ********     ****

              शुभकामना 

         निकै लामो समयपछि नेपाली साहित्यको संरचनामा एउटा प्रकारको जन्म भएकको छ, “केस्रा” त्यो पनि प्रवासको माटोबाट । भन्नु पर्दा प्रवास प्रवासीहरूको लागि पीडाका असंख्या बडेमा बडेमाका पिरामिडहरू हुन । यस्तो परिस्थितिमा पनि साहित्यका अनुयायीहरूले साहित्य प्रति देखाएको आत्मियता र लगन मननयेाग्य मान्नु पर्छ । र मुक्तकण्ठले गरिएको प्रशंसाको हकदारहरू पनि ति अनुयायीहरू नै हुन पर्छ । भाई मौलश्री लिम्बूलार्इ भन्नु पर्दा उनी नेपाली साहित्य विधा केस्राका आर्किटेक्चर नै हुन । र यसमा सर्भे गर्दै वौद्धिकत्ता र उत्साहको टेमल्पेट जीवन देवान ‘गाउँले’,दीलिप सगर रार्इ र कृष मगर मिलेर घुमाएका छन ।प्रवासमा भोगिरहेको आर्थिक कठिनाइको गर्तबाट पनि आज केस्रालार्इ पुस्तकमा समेटेर बाहिर ल्याउने जुन चुनैातीपूर्ण काम भार्इहरूबाट हुदैछ यस कार्यलार्इ नेपाली साहित्य प्रति गरेको सानो योगदान भन्न मिल्दैन । यो सह्रानीय कार्य विगत १ जनवरी २०१२, का दिन मलेसियाको कोताराया स्थित ग्रिनहोप कार्यलयको सभाकक्षमा केस्रा लेखन मञ्च मलेसियाले केस्रा घेाषणा पत्र सार्वजानिक र पत्रकार सम्मेलन गरेको थियेा। फलस्वरूप यो घडीमा केस्रालार्इ पुस्तकमा समेटेर बाहिर ल्याउने काम धमाधम हुनु अति नै हर्ष र गर्वको कुरा हो । यसरी नै केस्राप्रति, केस्राको संरचनाप्रति भार्इ मैालश्री लिम्बूको बढ्दै गर्इ रहेको सकारात्मक पार्इलाहरू अविराम अविराम अगाडी बढिरहोस् । र, समग्रमा भन्नु पर्दा यि चारै भार्इहरू साथै केस्रा सर्जकहरुको केस्रा प्रतिको विचार, धारणा र लेखन कार्य सधै मधुयुक्त रहिरहोस् भन्ने मेरो मुरी मुरी शुभकामना छ ।
- मनि रार्इ गेाठाले
मलेसिया ।

[सल्लाहकार:- “केस्रा” विधा प्रतिपादनका लागि] 
** ** **     ******     ********    **********

             मलेशियाको एउटा उपहार-केस्रा विधा 

         अझै पनि एउटा ठुलो जमातले मलेशियामा कार्यरत आम नेपालीहरुको बारेमा सकारात्मक सोच्दैनन् । त्यो बुझेर होस् या नबुझेरै । तर म मलेशिया प्रवेश गर्नु पुर्व पनि यो देश प्रति सकारात्मक थिए र आज यतिका लामो समय बिताइसक्दा पनि नकारात्मक हुन सकिरहेको छैन । यहाँको बारेमा नकारात्मक सन्देश पक्कै प्रवाह भएको छ । यसमा अलिकती मलेशियामा कार्यारत नेपालीहरु पनि जिम्मेवार होलान् तर सबभन्दा धेरै जिम्मेवार त त्यो समूह हो जसले यहाँको रहन, सहन, हावा पानी र वातावरणको मुल्याङ्कन एवं ज्ञान नै नराखी नकारात्मक हल्ला फैलाइसहेका छन् । यसले यहाँ कार्यरत एउटा इमान्दार समूह सधै अपमानित हुनु परीरहेको थियो । तत्काल हामीले यसको जवाफ देशलाई विशेष गरी मलेशिया प्रति नकारात्मक भ्रम फैलाउने मानिसहरुलाई दिनु थियो । तर उपयुक्त बाटो पत्ता लाउन कठिन भइरहेको यो प्रतिकुल अवस्थामा स्रष्टा मित्र मौलश्री लिम्बु जीले एउटा गतिलो ओठे जवाफ प्रस्तुत गर्नु भो, मलेशियामा नेपालीहरुले के मात्रै गर्दा रहेछन् भनेर । जुन नेपाली साहित्य विधामा केस्राको रुपमा आम नेपालीहरुले स्किार्नु पर्ने अवस्था सृजना हुदै गएको छ । मलेशियामा सबै नेपालीहरु सुरा-सुन्दरीमा लट्ठीन्छन् भनेर भ्रामक प्रचार गर्ने एउटा सभ्रान्त जमात मलेशियाको यो अवस्थाको प्रगती देखेर चुपचाप भएका छन्, र घुमाउरो पाराले केस्रालाई स्किारेर अभिमत व्यक्त गरीरहेका छन् । हुनत मलेशियामा यो भन्दा अघि पनि साहित्यिक गतिविधीहरु नभएको हैन । २/३ दर्जनको हाराहारीमा त साहित्यिक संग्रह नै प्रकाशन भइसकेको छ । तर यो नयाँ विधाको प्रतिपादनसंगै मलेशियाली नेपाली साहित्यको उचाई अझै चुलिएको छ ।
        प्रसंग केस्रा विधाको छापा पुस्तक प्रकाशनको सन्दर्भमा हो । प्रतिपादन भए देखि आजसम्म केस्रा साहित्यको आधिकारीक ब्लगमा प्रकाशित प्रतिनिधि केस्राहरु समेटेर एउटा पुस्तक प्रकाशन गर्ने जुन आँट प्रवर्तक मित्र मौलश्री जीले गर्नुभएको छ त्यो आफैमा एउटा महत्वपुर्ण निर्णय हो भन्ने लागेको छ । केस्रा ब्लगमार्फत एउटा निस्चित बर्ग र समुदाय माझ मात्र प्रवाह भइरहेको अवस्थामा पुस्तक प्रकाशन पश्चात यो अझ व्यापक तथा सर्वसाधारणसम्म पुग्ने छ र त्यहाँ केस्राले अर्कै छाप छोड्ने छ भन्ने मैले विस्वास लिएको छु । धन्यबाद
- जीतमान राई 'सबिन'
इलाम,हाल-मलेसिया

 ['केस्रा'विधा सार्वजनिक तथा पत्रकार सम्मेलन” का प्रमुख अतिथि]** ** **   *******     *******    ******   *******

         " नेपाली साहित्यको बारीमा अर्को उन्नत बिरुवा " 

        सिर्जनशिलता आफैंमा एउटा अब्बल,उत्कृष्ट र कालजयी कर्म हो । बिचारलाई सकरात्मक,सिर्जनशिल,उर्वर र जीवन-जगत को हितमा व्यवहारत: कार्यन्वयन गराउनु अर्को महान मानविय कार्य हो । नेपाली साहित्यमा आयातित बिधाहरुको हालिमुहाली चलिरहेका बेला आफ्नो छुट्टै पहिचान र मौलिकपन खोजिनु निश्चय नै एउटा टडकारो आवश्यकता र सर्वथा स्वागत योग्य बिषय हो । समकालिन नेपाली साहित्य सिर्जनामा युवापुस्ता माझ आफ्नो छुट्टै अस्तित्व र चिनारी बोकेर आउनु भएका मेरा प्रिय मित्र मौलश्री लिम्बु ले " केस्रा " बिधा प्रतिपादन गरेर नेपाली साहित्यलाई मौलिक र साँस्कृतिक रुपमा अझ धेरै समृद्ध बनाउने बलियो प्रयास गर्नु भएकोछ, जसलाई नेपाली साहित्य जगतले पाएको एउटा महत्वपूर्ण उपलब्धी र नविन आयामको रुपमा लिएको छु मैले । यो गहन बिषयलाई " केस्रा " प्रतिपादनको प्रारम्भिक दिनहरु देखी नै बडो अभिरुचिपूर्वक अध्ययन र अवलोकन पनि गरिरहेकोले यो उपलब्धीलाई नेपाली साहित्यको धनसार मा अर्को एउटा नयाँ भकारी थपिएको पनि मानेकोछु मैले । जहाँ सहकालले मस्त पाकेका "केस्रा" बाली लाई भित्र्याएर नेपाली साहित्यको ढुकुटी भरिभराउ पार्न सकियोस् ।
       आफ्नो अस्तित्व को लडाईंमा विश्व सामु हामी अब्बल दरिन सक्ने एउटै उपाय र माध्यम छ, त्यो हो- साँस्कृतिक क्रान्ति । साँस्कृतिक क्रान्ति भनेकै आफ्नो जात,धर्म,कला,संस्कृति,भाषा,वेशभूषा,रितिरिवाज,मौलिक चालचलन र आफ्नोपनलाई स-सम्मान माथी उठाउनु हो । यही कर्म मा मौलश्री लिम्बु को "केस्रा" ले एउटा अहम भूमिका खेलेको छ । अब "केस्रा" को व्यापक लेखन,अध्ययन,अनुसन्धान,प्रचार-प्रसार,सम्बर्द्धन-प्रबर्द्धन र समयनुकुल परिमार्जन हुँदै जानु पर्दछ भन्ने लागेको छ । सन् २०१२ भरी बिभिन्न माध्यमहरुमा फुटकर रुपमा प्रकाशित केस्राहरु र केस्रा सम्बन्धी बिचार-लेखहरुलाई समेटेर "केस्रा" को ऐतिहासिक दस्तावेज प्रकाशन मा आउन लागेको सुखद खबर ले मलाई असाध्यै खुशी लागेकोछ । नेपाली साहित्यको बारीमा कर्मशिल हात मार्फत रोपिएको यो उन्नत बिरुवाले सधैं-सधैं झरिला दानाहरु र रसिला केस्राहरु लटरम्म फलाइरहोस् । यसको पूर्ण सफलताको लागि हृदयवत: हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !!!
- गणेश खड्का
इटहरी - ४ ,सुनसरी , नेपाल । 

[सल्लाहकार:- “केस्रा” विधा प्रतिपादनका लागि]

No comments:

Post a Comment