- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Tuesday 31 December 2013

मौलश्री लिम्बु

  मौलश्री लिम्बु जीका केस्राहरु 

- मौलश्री लिम्बु
झापा,हाल-मलेसिया 
   "नतिजा"

तिम्रो हाउभाउमा भुतुक्कै पर्दा
यो मनको बीज त्यो मनमा छर्दा

म बबुरोको होश उडेर गयो
तिम्ले कालीको रुप धारण गर्दा

ढीट मनको मनमानीमा पर्दा
भोग्दैछु आकाशबाट तारा झर्दा।
१९-१२-२०१३ 

“बदनीयत” 



फूलको जवाफ पत्थरले दियौ
बासना छोडी वासना मागी लियौ

पराग सेचन गर्नमा सिपालु
लाग्दैछ बदमाश भमरा थियौ

छुएर मलाई ओईलाई दियौ
स्वार्थको झोली भरेपछि फर्कियौ
१२-१०-२०१३

 “बेईमान” 

औला दिंदा हात माग्यौ
पाए पछि कता भाग्यौ

मौकामा हिरा फोरेर
ईमान ईज्जत त्याग्यौ

भरोसा दिलाएर माग्यौ
सम्बन्धमा चिसो छायौ
१०-१०-२०१३

  “चालबाज“ 

चतुर स्याल आ’को छ है गाउँमा
घर-दैलो पुगेर ढोक्छ पाउमा

यो गाउँको रेखदेख गर्छु भन्दै
हू हू गर्छ दाना पाउने दाउमा

लुरे भएर पसेको छ गाउँमा
दाना पाए जान्छ माथिल्लो ठाउँमा
 ३०-०९-२०१३
[पुराना केस्राहरु अध्ययन गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ]

No comments:

Post a Comment