- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday 30 August 2012

पासाङ तमु

 पासाङ तमु जीका केस्राहरु
 
पासाङ तमु
गोर्खा,हाल- मलेसिया

"चरी"

डालीको चरी
पधेरी झरी

तिखो बाणले
खुत्रुकै परी

बिचरी चरी
अकालै मरी।
          २६-०८-२०१२

"बिछोड"

मायाँ तिमीले पहिलै मार्यौ

Wednesday 29 August 2012

गेडी- खगेन्द्र लिम्बू

'गेडी'-लेखनको आविस्कार,सिद्धान्त र प्रयोजनको पछिल्लो अवधारणा
                                              
परिभाषा-
गेडी:- सानो आकारको दाना; फलहरुभित्रको बिऊ रहने दाना; सम्बाद र साहित्यको(विशेष नेपाली लोक

Tuesday 28 August 2012

फोटो/ग्यालरी


दमक लाईफ लाईन अस्पताल:- साहित्यकार मित्र दिलिप 'सगर' राई,,'भेट भो माया" कि गायिका- खुसेनिछो चामलिंग साथमा दिदी चन्द्र चामलिंग [ २३-१२-२०६८ / ०५-०४-२०१२]


क्वाला लुम्पुर,मलेसिया [०२-०१-२०१२] साहित्यकार मित्रहरु:- बायाँबाट क्रमश:जीतमान राई 'सबिन' (इलाम),श्रीजन श्री (कन्चनपुर),रुद्र मिश्र (पाँचथर )र 'म'


के.एल.सी.सी.को पटांगिनी,मलेसिया (०२-०१-२०१२):-साथमा साहित्यकार मित्र जीवन देवान 'गाउँले' (धनकुटा)

Monday 27 August 2012

मौलश्री लिम्बू

मौलश्री लिम्बू जीका केस्राहरु
मौलश्री लिम्बू
झापा,हाल- मलेसिया


"आन्दोलन"

केहि निर्णयहरु सुनाउदैछौ =१२ लिपि चिन्ह 
अनिश्चित [काल >ता] बन्द गराउदैछौ =१२

यो सरकारको औचित्य सकियो =१२
हाम्रो नेतृत्वमा सत्ता [चला>ल्या] उदैछौ =१२

सगौरव हामी यो सुनाउदैछौ =१२
आन्दोलन हदै[सम्म>नै] चर्काउदैछौ।=१२
                                  २६-०८-२०१२
[दृष्टान्त:- केस्रा-दस्तावेजमा प्रकाशित यस केस्रालाई यहाँ सच्याईएको छ ]

Sunday 26 August 2012

बहस- केस्रा लेखन

 

'गुनासो'

मन धेरै दुँखायौ नि
पिडा सबै लुकायौ नि

जानकारी- फिल्म DownLoad


 " फिल्म Download softwere " सम्बन्धी जानकारी

 यदि तपाई नयाँ रिलिज भएको कुनै पनि फिल्म हेर्न चाहनु हुन्छ भने उल्लेखित बुँदाहरुको पालना गर्नुहोस्:-
१) सबभन्दा पहिले TORRENT softwere लाई Download गर्नुहोस् l त्यसका लागि यहाँ क्लिक गर्नुहोस् l

Saturday 25 August 2012

इक्शाहाङ् चेम्जोंग

 इक्शाहाङ् चेम्जोंग जीका केस्राहरु


इक्शाहाङ् चेम्जोंग
झापा,हाल- साउदी अरब
"वेदना"

कहिले एकान्तमा रुन्छु
रोए पछि बेहाल हुन्छु

पीडा बढ्दा यो छाती भित्र
असह्यले नै स्वास थुन्छु

वेदनाले आत्मा जली रुन्छु
अनि आँसुले व्यथा धुन्छु।
                              २२-०८-२०१२

Friday 24 August 2012

आलेख- शिल्प

केस्रामा "अंशात्मक'' शिल्प

            साहित्य कलामा शिल्पको एक निश्चित परिभाषा छैन।यसको अवधारणा बारेमा मतमतान्तर रहेकोछ। कुनै पनि रचना अध्ययन गर्दा वा लेख्दा कहिँ दोष नभेटी आत्मसन्तुष्टि मिल्नुका साथै ति रचनाको रचनात्मक पक्ष,लेखन ,शैली,बाह्य संरचना,शब्दहरुको संगठनात्मक ढांचा आदिको समष्टिलाई उक्त रचना वा

Thursday 23 August 2012

सहयोगीहरु

पुस्तक प्रकाशनको लागि आर्थिक सहयोग गर्नु हुनेहरुको नामावली 
केस्रा साहित्यमा केस्रा विधाको घोषणा तथा दस्तावेज [२०७०]
       नाम                           ठेगाना                          रकम 

लघुकथा- डा. रवीन्द्र समीर



- डा. रवीन्द्र समीर
लघुकथा : एउटा चेसबोर्ड


      सक्षिप्त, सरल, सुरुचिपूर्ण, सांकेतिक, व्यञ्जक, संकेन्द्रित, तीक्ष्ण, नाटकीय, प्रतीकात्मक, ध्वन्यात्मक, प्रभावपूर्ण, सम्प्रेषक, व्यंग्यचेतप्रधान, एवं अन्त्योत्कर्षयुक्त कथात्मक अभिव्यक्ति हो लघुकथा । सटिक शीर्षक, कथात्मक बहाव, सीमित पात्र, परिवेश, चरित्र एवं थोरै शब्दमा अप्रत्याशित ढंगले सोच्न, घोत्लिन, आक्रोश पैदा गर्न तथा पाठकलाई भुमरीका बीचमा छाड्ने खालको, समाप्ति कौशल आदर्श लघुकथाको गुण हो ।
      लघुकथा मायाप्रेम, प्राकृतिक सौन्दर्यको वर्णन तथा मनका भावनाको सौन्दर्यशास्त्र होइन, बरु लघुकथा विरोधको कला हो, प्रतिरोधको रचना कौशल हो, विरुद्धको

Wednesday 22 August 2012

दान राई "झरी"

दान राई "झरी" जीका केस्राहरु


दान राई "झरी"
उदयपुर,हाल- मलेसिया
"बहिनी"

मेरी प्यारी बुनु
तिमी ज्ञानी हुनु

हाँस्नु पर्छ संधै
कैले हुन्न रुनु

मेरी सानी बुनु
हाम्रो दिल छुनु।
           १९-०८-२०१२


Monday 20 August 2012

घोषणा-पत्र

         नेपाली साहित्यमा 'केस्रा' विधाको प्रतिपादन तथा घोषणा-पत्र                              २०६८/२०१ 

शब्द / अर्थ -
केस्रा/केस्रो - (ना.) फलफूल (सुन्तला आदि) -को भित्र पट्टिको तह वा टुक्रा । - 'सरल नेपाली शब्दकोश' -२०६२
केस्रा/केस्रो - (ना.) सुन्तला आदि फलको भित्र  पट्टिको खण्ड खण्ड परेको भाग वा टुक्रा । - 'राष्ट्रिय नेपाली शब्दकोश' बहुभाषी शब्दकोश -२०६३
केस्रा - सुन्तला, कागती, भोगटे जस्ता रेसादार फल र लसुनको पोटीमा रहेका सजिलै छुट्टिने  एउटा खण्ड।- 'समकालीन नेपाली शब्दकोश'-www.nepalisabdakos.com

 
केस्रा/केस्रो - (ना.) सुन्तला आदि फलको बोक्राको भित्र पट्टि रहने पातलो बोक्रासमेत भएको खण्ड-खण्ड परेको टुक्रा, मांशपेशीमा रहेको धागाका आकारको तह । - 'रत्न नेपाली शब्दकोश' -२०६२

परिभाषा
      
यथार्थ जीवनको कुनै एक अवश्थामा हुने एक अनुभूति तथा एक दृष्टिकोणको अभिव्यक्ति अथवा कुनै पनि पूर्ण विषयवस्तुमा हुने कुनै एक खण्ड वा कुनै एक अंशलाई मात्र सूक्ष्म पहिचान गरि सोहि पक्षमा मानवीय संवेदना तथा संवेगबाट साहित्यमा उत्पन्न हुने भाव वा रसको एक पक्षको अभिव्यञ्जना नै 'केस्रा' हो ।

अवधारणा -
          वर्तमान समय निकै तेज रफ्तारमा  चलिरहेकोछ । हरेक उपभोगका वस्तुहरु सटिक र चुस्त हुन थालेकाछन् । ठुलो परिमाणका वस्तुहरुलाई परिमार्जन गरेर केही हदसम्म सानो आकार बनाएर छिटो, चुस्त, सूक्ष्म, प्रभावकारी र छुट्टै विशेषतामा तयार भईरहेकाछन् । अहिले कुनै पनि वस्तुको माग बढ्दो गतिमा छ । सो अनुरुप पूर्ति हुन सकेको छैन । मुख्य आवश्यकतालाई पहिचान गरि जति सक्दो सानो परिमाणमा भए पनि उपलब्ध गराउने कोशिस गरिएकोछ । साथै, राजनीतिक, आर्थिक, सामाजिक, सास्कृतिक, शैक्षिक, औधोगिक आदि क्षेत्रमा पनि पुरानो मान्यताहरुलाई परिवर्तन गरि आधुनिक ढंगले गतिशील बनाईदैछ । यी क्षेत्रहरुमा सूक्ष्म प्रभावबाट हुने परिवर्तनले पनि आशातीत प्रगति भएकाछन् ।
          
आजकाल हरेक विषय वा क्षेत्रमा हुन सक्ने छिटो, चुस्त, प्रभावकारी पक्षलाई विशेष महत्व दिने गरिन्छ ।एउटा निर्धारित वा समयसीमामा काम गर्ने मजदुर तथा श्रमिकहरुले पनि अतिरिक्त

बहस- केस्रा लेखन

"झुटो माया"
उनको लागि माया साँचे
मनमा खुशी हुँदा नाचे

Sunday 19 August 2012

केस्रा- संक्षिप्त जानकारी


केस्रा विधाको संक्षिप्त जानकारी

             सामान्यतय: केस्रा भन्नाले कुनै पनि फल भित्रको खण्ड-खण्ड वा पोटि हो। साहित्यमा केस्रा भन्नाले कुनै पनि विषय वस्तुको विभिन्न पक्ष वा खण्ड मध्ये एक अंश वा रस हो। जसको सूक्ष्मतालाई पहिचान गरि

Friday 17 August 2012

भरत अधिकारी

भरत अधिकारी जीका केस्राहरु

भरत अधिकारी

तनहुँ,हाल- मलेसिया
"सुन्दरी"

स्वर्गकी हौ तिमी परि
जादु छ नजर भरि

टोलाई हेर्छु सधै म
तिमीले नदेख्ने गरि

लुकी हेर्छु लट्ठ परि
दायाँ बायाँ सरि सरि।
                    १२-०८-२०१२
 

जानकारी- भिडियोलाई mp3


 " भिडियोलाई mp3 " सम्बन्धी जानकारी

       यदि तपाई “youtube” मा रहेको भिडियो गीतलाई अडियो [mp3] मा परिवर्तन गरि download गर्नका लागि उल्लेखित बुँदाहरुको पालना गर्नुहोस्:-
१) सबभन्दा पहिले आफ्नो desktop मा new folder बनाई  यहाँ क्लिक गर्नुहोस्


Thursday 16 August 2012

नीलमका गीतहरू- रमेश पौडेल


जुनी जुनी गुञ्जी रहून, नीलमका गीतहरू

कोमल मनको सुललीत अभिव्यक्ति गीत । सुनूँ सुनूँ लाग्ने गीतले सुन्नेको मन सजिलै खिच्छ, तान्छ,अनि गुन्गुनाउनै पर्छ- ..पुरानो हुँदैन....माया जुनी जुनी लाए पनि.....

फोटो: सृजनाका स्वरहरु

उदाउदो तारा साहित्य समाज ,पेनाङ्,मलेसिया द्वारा प्रकाशित संयुक्त गजल संग्रह "सृजनाका स्वरहरु " को लोकापर्ण कार्यक्रम ०४-०२- २०११ पेनाङको कोमतार स्थित एक सभाहल


उदाउदो तारा साहित्य समाज ,पेनाङ्,मलेसियाका सचिव:- जीतमान राई "सविन" कार्यक्रम संचालन गर्नु हुँदै


पुस्तक लोकापर्ण :- प्रमुख अतिथि "नयन साहित्य समाज",जोहोर बारू,मलेसिया का अध्यक्ष - दिलिप "सगर " राई

Wednesday 15 August 2012

स्याङ्जाली रमेश


स्याङ्जाली रमेश जीका केस्राहरु

-स्याङ्जाली रमेश
स्याङ्जा, हाल- यु.ए.ई
"चर्चा"

उस्कै छ चर्चा
ठुलै छ दर्जा

आफु त सानो
को नै छ पर्दा

आफ्नो त चर्चा
सबै नै अर्का

      ०७-०८-२०१२

Tuesday 14 August 2012

रुबाई- प्रकाश आङ्देम्बे

[साभार:- www.udaudotara.wordpress.com]
रुबाई बारे थप जानकारी

रुबाईको पुर्वअवस्था
           रुबाइ(एकबचन), रुबाइयात(बहुवचन) फारषीभाषाको लोक लय भएता पनि यसलाई मलजल र अग्लो सृजनात्मकता दिने काम उमर खैयामले गरे। रुबाइको अध्यन गर्दा उमर खैयामलाई अध्यय्न नगरी पूर्णता

Monday 13 August 2012

बहस- केस्रा लेखन

"बित्दो जोवन"

रात ढल्दैछ उसै गरी
स्वास चल्दैछ उसै गरी

Sunday 12 August 2012

साथी समिर

साथी समिर जीका केस्राहरु


"अंतिम बिदाई"
साथी समिर
झापा,हाल- यु.ए.ई.

हात जोडेर माग्दैछु बिदाई
अश्रु नयन भो'प्रित बिझाई

तर्ने जँघार कसम भुलेछौ
बाचा गरेको यी'हात समाई

तिमी म'बाट हुदैछौँ बिदाई
माया सदैव भए'नी पराई।
                       ०९-०८-२०१२

Saturday 11 August 2012

जानकारी- नेपाली फन्ट DL


 "नेपाली फन्ट DownLoad " सम्बन्धी जानकारी


यदि तपाईको कम्प्युटर वा microsoft word मा कुनै पनि नेपाली फन्ट छैन वा नयाँ नेपाली फन्ट download गर्न चाहनु हुन्छ भने उल्लेखित बुँदाहरुको पालना गर्नुहोस्

१) सब भन्दा पहिले यस ब्लगको यहाँ क्लिक गर्नुहोस्
२) लिंक खुल्नेछ,आफुलाई चाहिएको फन्ट options को download मा क्लिक गर्नुहोस्,जस्तै preeti nepali font 
३) download मा क्लिक गर्दा यदि ‘open / save” बक्स देखा नपरेमा त्यहाँ देखा पर्ने box मा क्लिक गर्नु होस् वा please click here ... मा क्लिक गर्नु होस्
४) डाउनलोड बक्स खुल्नेछ वा स्क्रिन मुनि सानो बक्स देखा पर्नेछ
५) त्यहाँ save मा क्लिक गर्नु होस्,run हुनेछ
६) view downloads मा क्लिक गर्नु होस्
७) open को छेउमा रहेको बटममा क्लिक गरि open with मा क्लिक गर्नु होस्
८) त्यहाँ देखा पर्ने बक्सको windows font viewer मा ok क्लिक गर्नु होस्
९) microsoft word खोलेर फन्ट खोज्नु होला

[कारणवश डाउनलोड गरिएको फन्ट microsoft word मा देखा नपरेमा my computer बक्स खोलि downloads मा हेर्नु होला,त्यहाँ रहेको फन्टलाई माउसको दाँया साईट क्लिक गरि open with मा क्लिक गरि बुँदा नं ८ र ९ लाई पालना गर्नु होस् ]

उ.आ.वाद- डा.गोविन्दराज


साभार: www.sahityaghar.com
उत्तरआधुनिक सिद्धान्तको पृष्ठभूमिमा नेपाली आख्यानेतर साहित्य (डा. गोविन्दराज भट्टराई)
                      - [2009-03-22]

Friday 10 August 2012

जे वि 'रुमानी"

जे वि राई 'रुमानी" जीका केस्राहरु


"निर्णय"
जे वि राई 'रुमानी"

मोरंग,हाल- मलेसिया

जाऊ तिम्रो बाटो छेक्दिन
बेकारको सास्ती खेप्दिन

गाइने बनी दिनरात
सारंगीको तार रेट्दिन

हत्केलाले घाम छेक्दिन
इज्जत इमान बेच्दिन ।

"नियती"

दोबाटो मैं यात्रा टुट्यो
साथै हाम्रो साथ छुट्यो

निष्ठूरी यो समयले
हेर्दाहेर्दै सबै लुट्यो

सधैंलाई नाता टुट्यो
पानी फोका रै'छ फुट्यो।
०६-०८-२०१२


"हाल"

नसोध देशको हाल
चारैतिर छ बबाल

Thursday 9 August 2012

जानकारी- हिन्दी गीतहरु DL


"केहि महत्वपूर्ण लिंकहरु" को "हिन्दी गीतहरु DL" सम्बन्धी जानकारी

यदि तपाई हिन्दी फिल्म,एल्वम वा गायक/गायिकाहरुको गीतहरु डाउनलोड गर्न चाहनु हुन्छ भने उल्लेखित बुँदाहरुको पालना गर्नुहोस् :-

१) सब भन्दा पहिले आफ्नो desktop मा new folder बनाई यहाँ क्लिक गर्नुहोस्l
२) home पेजको movies albums singers आफुलाई चाहिएको options मा क्लिक गर्नुहोस्l
३) आफुलाई चाहिएको गीतको पहिलो वर्ण अंग्रेजीको कुन अंक वा अक्षरमा पर्छ छनौट गर्नुहोस्l
४) नाम बक्स खुल्नेछ,त्यहाँ क्लिक गर्नुहोस्l
५) आफुलाई चाहिएको गीत छनौट गर्नुहोस्l
६) download mp3 - ... kbps मा माउसको दाँया साईट क्लिक गर्नुहोस्l
७) save target as .. मा क्लिक गर्नुहोस्l
८) आफुले बनाएको folder box आउँछ,त्यहाँ save गर्नुहोस्l  

[कारणवश आफुले बनाएको folder box देखा नपरेमा उक्त box को desktop मा क्लिक गरि आफ्नो folder box खोजि save गर्नुहोस्l ]

बहस- केस्रा प्रतिवेदन

"केस्रा''लेखन औपचारिक घोषणा तथा प्रस्तावना प्रतिवेदन''
                             साथै
"केस्रा" विधाको लागि गरिएको सान्दर्भिक बहस [२०११]

Wednesday 8 August 2012

अलङ्कार केस्रा

अलङ्कार केस्रा :-
          वैज्ञानिक ढंगले ध्वनि विज्ञानको मान्यतामा रहेर छन्दको संरचना निर्माण गरि लेखिनेछ ।केस्रा विधाले मान्यता दिएका तथा निर्माण गरिएका कुनै पनि छन्दको अनिवार्य प्रयोगमा आकृति केस्रा र आवृति केस्राको संरचनामा लेखिने केस्रा नै अलङ्कार केस्रा हो ।
(अलङ्कार:- गहना, आभूषण, काव्यलाई सिंगार्ने शैलीविशेष )

हाम्रो बारेमा

                     सम्पर्क :-
e-mail :- lmaulshri@gmail.com

 साहित्यमा "केस्रा" विधा प्रतिपादनका लागि


प्रवर्तक
मौलश्री लिम्बु

फेसबूक:- http://www.facebook.com/maulshri.limbu
नाम:-            मौलश्री लिम्बू
जन्म मिति:- वि.सं. २०३९/०९/१२
पिता:-           सेर बहादुर लावती
आमा:-          मिलन कुमारी माबो
ठेगाना:-        सतासीधाम-३,झापा,
वैदेशिक रोजगार:- मलेसिया [२००६ देखि हालसम्म]
अध्ययन:-     १०+२
प्रारम्भिक शिक्षा:- श्री अरुणोदय प्रा.वि.सतासीधाम-३
माध्यमिक शिक्षा:- श्री राष्ट्रिय रमणीय आदर्श मा.वि. दुधे,झापा
उच्च शिक्षा:-  दमक मोडेल उच्च मा.वि.,दमक,झापा  


लेखन विधा:-  
          कथा,लघुकथा,कविता,गजल,उपन्यास,केस्रा


प्रकाशित कृति:- 
               "साहित्यमा केस्रा विधाको घोषणा तथा दस्तावेज" २०१३ 
               "समुद्र दन्केपछि" [संयुक्त गजल संग्रह,मलेसिया २०१३]
             "मियो स्तुप" [संयुक्त लघुकथा संग्रह,मलेसिया २०१३]
              "सृजनाका स्वरहरु" [संयुक्त गजल संग्रह,मलेसिया -२०११]
                      पत्र पत्रिकाहरुमा फुटकर रचनाहरु
सम्प्रति:
             प्रवर्तक:-                   "केस्रा" साहित्य विधा - २०१२
             प्रधान सम्पादक:-      "दीपशिखा" लघु पत्रिका,झापा -२०५८/५९
             कार्यकारी सम्पादक:- "नमुना " साहित्य संगालो,मलेसिया - २००९
संलग्नता:-
           सदस्य:- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,मलेसिया -२००८
           सल्लाहकार:- नेपाली साहित्य समाज,पेराक,मलेसिया -२००८
प्रशंसा पत्र:- 
          श्रम साप्ताहिक पत्रिका,मलेसिया -२०१०
सम्मान पत्र:- 
           नेपाल आदिवासी जनजाती महासंघ,मलेसिया २०१४
           उदाउँदो तारा साहित्य समाज,पेनाङ्ग,मलेसिया -२०११
          विश्व नेपाली साहित्य महासंघ,मलेसिया २०१३ 

******           ******           ******      *****

प्रवक्ता
दिलिप 'सगर' राई
फेसबूक:http://www.facebook.com/sdiliprai
नाम:-            दिलिप ‘सगर’राई
जन्म मिति:- वि.सं. २०२८/११/२७
बुबा:-            धन बहादुर राई
आमा:-         विष्णुमाया राई
ठेगाना:-       उर्लाबारी ४/२५३ मोरंग
वैदेशिक रोजगार:- मलेसिया [२००२-२०१२]
प्रारम्भिक शिक्षा:- श्री राधिका निम्न मा.वि. उर्लाबारी-४
अध्ययन:-    आई.ए.

लेखन विधा:- 
                 लघुकथा,कथा,गीत,कविता आदि
प्रकाशित कृति:- 
                त्यहि मायालु ठूली [गीतिसंग्रह-२०५७],
                सृजनाका स्वरहरु [संयुक्त गजल संग्रह-२०११ मलेसिया],
                नियति [लघुकथा संग्रह-२०६९]
पुरस्कार/सम्मान:- 
               जीवन आचार्य स्मृति पुरस्कार- २०५८ [झापा],
               कञ्चनजंघा युवा क्लब पुरस्कार -२०५८ [मोरंग] 
              वाईसन नेपाल पूर्वान्चलस्तरीय टपटेन कविता पुरस्कार-२०५८,
             ’श्रम साप्ताहिक’साहित्य लेखन,मलेसिया [पुरस्कार-२०६१],
              उर्लाबारी गजल मंच सम्मान-२०६४[मोरंग]
             ‘हाम्रो आवाज’साप्ताहिक,मलेसिया[सम्मान-२००७], 
              अनेसास वर्ष सम्मान -२००८ [मलेसिया]
              उदाउँदो तारा साहित्य समाज,मलेसिया [सम्मान-२०१०], 
अभिनन्दन:-           
            प्रवासी तमु समाज,पेनाङ्, मलेसिया[अभिनन्दन-२००८] 
सम्प्रति:- 
           प्रवक्ता:- “केस्रा” साहित्य विधा [२०१२]
संलग्नता:-
           संस्थापक सदस्य:- नेपाली साहित्य समाज ,मोरंग,नेपाल -२०५५ 
           अध्यक्ष:-       प्रवासी नयन साहित्य समाज,मलेसिया   -२०१०/११
           उपाध्यक्ष:-    विश्व नेपाली साहित्य महासंघ -२०१०/२०११
*******      *******        *******    ********

प्रवक्ता
जीवन देवान 'गाउँले'
बोधे-, धनकुटा
नाम:-       जीवन देवान गाउँले
जन्म मिति:- २०३४-०६-०३
बुबा:-       स्व. कृष्ण गोविन्द देवान
आमा:-      भद्रमाया देवान
ठेगाना:-     बोधे -९ ,धनकुटा
प्रारम्भिक शिक्षा:- श्री मंगला देवी मा.वि.,बोधे,धनकुटा
वैदेशिक रोजगार:- मलेसिया [२००१ देखि हालसम्म]
अध्ययन:- प्रमाण पत्र तह

प्रकाशन/लेखन विधा:- 
     "मियो स्तुप" [संयुक्त लघुकथा संग्रह,मलेसिया २०१३]
     पत्र-पत्रिकामा फुटकर रचनाहरु कथा,लेख,गीत, केस्रा आदि
सम्प्रति:- 
    प्रवक्ता:- 'केस्रा' साहित्य विधा [२०१२]
  सम्पादक:- "मियो स्तुप" [संयुक्त लघुकथा संग्रह,मलेसिया २०१३]
संलग्नता:– 
    अनेसास:-  मलेसिया [अध्यक्ष २००७-२००८], 
    अध्यक्ष:- वि.ने.सा.महासंघ -मलेसिया-२०१०   
    सदस्य:-   एनआरएन मलेसिया [२००९-२०११]
       अर्थ सचिव:- विश्व नेपाली साहित्य महासंघ -२०१३  
*******       *******    *******      *******


प्रवक्ता
कृष मगर
नाम:-     कृष मगर
जन्म:-    वि.सं.२०४१/०६/१०
बुबा:-     शेर बहादुर मगर
आमा:-    एक माया मगर
ठेगाना:-   मुग्लिङ् -५,चितवन
वैदेशिक रोजगार:- मलेसिया [२००५-२००८] यू.ए.ई.[२०१० देखि हालसम्म]
अध्ययन:- १०+२ 
प्राथमिक विद्ध्यालय:- श्री त्रिवेणी बराह मा.वि. मुग्लिङ्,चितवन

सम्प्रति:- 
     प्रवक्ता:- 'केस्रा' साहित्य विधा[२०१२]
प्रकाशन/लेखन विधा:- 
     पत्र-पत्रिकामा फुटकर रचनाहरु गजल,गीत,रुबाइ र केस्रा
सम्मान पुरस्कार:- 
     हाम्रो आवाजसाप्ताहिक,पत्रिका,[मलेशिया -२००६]

*******      ******        ********      ******     *********


                                             सल्लाह / सुझाव

 
* डा.गोबिन्दराज भट्टराई
काठमाडौँ



* युवराज नयाँघरे
ईलाम

* भत्ति प्रसाद पौड्याल
मोरङ्



 






* प्रकाश आङ्देम्बे
झापा




* कृष्ण वस्ती
धनकुटा
* मनि राई 'गोठाले'
सुनसरी, हाल- मलेसिया
* कृष्ण बस्नेत
काठमाडौ




* रुवेन पुन 'रन'
बाग्लुङ्ग, हाल- मलेसिया




* मनु लोहोरुङ्ग
संखुवासभा, हाल- बर्मुडा



* स्व.स्वप्निल स्मृति
काठमाडौ



* दीप्स शाह
काठमाडौं, हाल- इजराईल
* गणेश खड्का 'प्रतिक्षा'
भोजपुर, हाल- सेसेल्स























केस्रा "विधा" प्रवर्द्धनका लागि प्रकाशन तथा संचालन
१) "केस्रा" लेखन मञ्च " - फेसबुक>ग्रुप/पेज  [ 06-10-2011 देखि...]
२) "केस्रा" - ब्लग [ 27-02-2012 देखि...]