'गुनासो'
मन धेरै दुँखायौ नि
पिडा सबै लुकायौ नि
मौलश्री लिम्बू:- केस्राको निम्ति भाव पक्ष दमदार र पूर्णता छ।अनुप्रास "दुखायौ" र अन्त्यानुप्रास "नि"
हो।केस्राको घोषणा-पत्रलाई गम्भीर भएर अध्ययन गरिएमा निपात शब्दहरु..रे,नि,त,पो,लौ..आदिलाई अन्त्यानुप्रास
स्वीकार्न सकिन्छ।
*...................*........................*.........................*मन धेरै दुँखायौ नि
पिडा सबै लुकायौ नि
- स्याङ्जाली रमेश [०२-०६-२०१२]
मौलश्री लिम्बू:- केस्राको निम्ति भाव पक्ष दमदार र पूर्णता छ।अनुप्रास "दुखायौ" र अन्त्यानुप्रास "नि"
हो।केस्राको घोषणा-पत्रलाई गम्भीर भएर अध्ययन गरिएमा निपात शब्दहरु..रे,नि,त,पो,लौ..आदि
''निष्ठुरी''
चौतारी मा डाक्यौ किन
देवी सङ्ग भाक्यौ किन
चौतारी मा डाक्यौ किन
देवी सङ्ग भाक्यौ किन
छोडि जानु थियो भने
अल्झाएर राख्यौ किन
हुन्छ भनी डाक्यौ किन
अन्तै तिर ताक्यौ किन।
- दर्शन योङ्हाङ् [२१-०५-२०१२]
अल्झाएर राख्यौ किन
हुन्छ भनी डाक्यौ किन
अन्तै तिर ताक्यौ किन।
भक्ति प्रसाद पौड्याल:- पूर्ण केस्रा।बान्की परेको छ।गजलको रदिफ जस्तो अन्त्यानुप्रास
राख्नु भए छ।केस्रामा निपात शब्दहरु बाहेक अन्य शब्द राख्न पाईदैन।
कृष
मगर:-
चौतारीमा
किन डाक्यौदेवी देउता किन भाक्यौछाडि जानु थियो भने
अल्झाएर किन राख्यौ
हुन्छ भनी किन डाक्यौ
अन्तैतिर किन ताक्यौ ?
आदरणिय भक्ति दादाले भन्नुभए झैँ अन्त्यानुप्राशको प्रयोग गर्न पाईँदैन ।यसरी लेख्नोस् यो एउटा आबृति केस्रा बन्यो ।धन्यबाद अनि निरन्तरताको कामना दर्शन जी।
*............*.......................*......................*
पिर पर्यो
आँशु झर्यो !
तिम्लाई पाउने !
आशा मर्यो !
तिर पर्यो !
दशा टर्यो।
-प्रतिमा किराती [१७-०५-२०१२]
मौलश्री लिम्बू:- संरचनाको आधारमा तेस्रो हरफ बाहेक केस्रा ठिक
छ,तर केस्रामा हुनु पर्ने कुनै पनि विषय वस्तुको कुनै एक पक्षको बारेमा स्पष्ट हुन
सकेको छैन,आशा मरेका प्रसंगहरु उजागर भएका छन् तर बैठानमा जुन आशा मर्दाका पीरहरु
थिए सबै मरेको/सकिएको अर्थमा छ,केस्राको मान्यता अनुसार अझ बैठानले पीर पर्नु तथा
आशा कति सम्म मारिएको थियो त्यो गहिर्याईसम्म पुर्याउनु पर्दछ,साथै शिर्षक अनिवार्य
राख्नु होला
कृष मगर:- हो बैठान को प्रसङ्ग अर्कै तिर मोडिएकोछ जुन विषय बस्तुमा रहेर यहाँले केस्रा लेख्न खोज्नु भएको हो त्यसै
भित्र
रहेर समस्यालाई सकारात्मक तरिकाले निराकरण गर्नुस् किन कि एउटा फलको भित्रि रस एउटा
नै हुन्छ फरक फरक हुदैन
*........................*...............*..........................*
*................*........................*.........................*
"बैगुनि"
तिम्लाई पाउन घरै छोडि
भावनाको साइनो जोडी ।
तिम्लाई पाउन घरै छोडि
भावनाको साइनो जोडी ।
जीवन रथ गुड्दा गुड्दै
तिमी हिड्यौ बाटो मोडी ।
फिक्का आज दिल छोडि
गयौ किन दिवार तोडी।
-जाने तमु "ज्ञानेन्द्र" [१८-०३-२०१२]
तिमी हिड्यौ बाटो मोडी ।
फिक्का आज दिल छोडि
गयौ किन दिवार तोडी।
-जाने तमु "ज्ञानेन्द्र" [१८-०३-२०१२]
कृष मगर:-
उठान देखि बैठान सम्म शब्द संरचना ८,९ र १0 मा समाहित भएकोले संरचनाको गति भंग भएको
छ !कृपया जेन जी केस्रा लेख्दा शब्द संख्या मा पनि ध्यान दिनुहोला ।प्रयासले शिखर
छोएको छ ।
निरन्तर तथा प्रगतिको शुभकामना ।नमस्कार
निरन्तर तथा प्रगतिको शुभकामना ।नमस्कार
कादम्बरी गुरुङ:- परिपक्का त हामी कोही पनि
छैनउ,सिख्दै जाने न हो,आउनुस सँगै जाउ,,साहित्यिक मनका प्रत्यक वस्ति-वस्तिसम्म
लीएर जाउ,,,हरा-वरा बनाउ अनि फुलाउ यस्लाई,,,अनी सम्झौ हाम्रा यस 'केस्रा'विधाका
अग्राजहरुलाई,जस्ले जन्म दिनु भो यो विधालाई ।
'विचार'
गए आशुको मुहान थुनि,
अन्तिम धड्कन मुटुको सुनी
बिछोड्मा तिम्रो रुदिन अब
सोचेर यही मनमा गुनी
गए आशुको मुहान थुनि,
अन्तिम धड्कन मुटुको सुनी
बिछोड्मा तिम्रो रुदिन अब
सोचेर यही मनमा गुनी
विचार भाव मनको सुनि,
जादै छु सप्ना हजार बुनी।
- कादम्बरी गुरुङ [१६-०३-२०१२]
हाल :- फोर्थ वोर्थ टेक्सेस अमेरिका
कृष मगर:- केस्रा मर्मस्पर्शी छ
!दुखेसो मा आत्मबलको भाव स्पष्ट झल्किएको छ तर स्मरण होस् उठानको पहिलो हरफमा जुन
अनुप्राश प्रयोगमा ल्याइएको छ बैठानको पहिलो हरफमा पनि सोही अनुप्राश
दोहोर्याउनुपर्ने हुन्छ !बरू यसो गर्दा उत्तम:-जादै छु सप्ना हजार बुनी।
- कादम्बरी गुरुङ [१६-०३-२०१२]
हाल :- फोर्थ वोर्थ टेक्सेस अमेरिका
अन्तिम धड्कन मुटुको सुनी
गए आँशुको मुहान थुनि
[दृष्टान्त:- प्रयुक्त प्रतिक्रिया/बहसहरु फेसबूकको "केस्रा लेखन मंच" बाट साभार गरिएको हो। ]