साथी समिर जीका केस्राहरु
"अंतिम बिदाई"
हात जोडेर माग्दैछु बिदाई
अश्रु नयन भो'प्रित बिझाई
तर्ने जँघार कसम भुलेछौ
बाचा गरेको यी'हात समाई
तिमी म'बाट हुदैछौँ बिदाई
माया सदैव भए'नी पराई।
०९-०८-२०१२
![]() |
साथी समिर झापा,हाल- यु.ए.ई. |
हात जोडेर माग्दैछु बिदाई
अश्रु नयन भो'प्रित बिझाई
तर्ने जँघार कसम भुलेछौ
बाचा गरेको यी'हात समाई
तिमी म'बाट हुदैछौँ बिदाई
माया सदैव भए'नी पराई।
०९-०८-२०१२
"स्वप्न परि"
जादु छ तिम्रो मुस्कानमा
लेखौँ की तिम्रो बयानमा
कानुन बन्यो ईसारा'त्यो
हारेँ म तिम्रो बिधानमा
लोभिएँ तिम्रो मुस्कानमा
राख ल तिम्रो शिरानमा।
०७-०८-२०१२
“पागल हुदैछु"
मायामा पागल हुँदैछु
सानु'कै तस्वीर छुदैछु
बिर्सियो नभन्नु कहिलै
सम्झेर पल्पल रुँदैछु
दूरीले पीडित हुँदैछु
आँशुले मुहार धुँदैछु।
०६-०८-२०१२
"प्रवास"
दुखेको छ छाती
एकांत मा राती
बिदेशिनु भंदा
नुन खानु जाती
कति छाम्नु छाती
खादै तिते पाती।
०५-०८-२०१२
"पराई"
न आउने किन हो यता
आजकल गएकि कता
परदेशी भयौ'कि तिमी
गुप्तबास कि विवसता
पराई सम्झ्यौ कि यता
हिजो त थियौ निकटता ।
०५-०८-२०१२