भरत अधिकारी जीका केस्राहरु
"सुन्दरी"
स्वर्गकी हौ तिमी परि
जादु छ नजर भरि
टोलाई हेर्छु सधै म
तिमीले नदेख्ने गरि
लुकी हेर्छु लट्ठ परि
दायाँ बायाँ सरि सरि।
१२-०८-२०१२ ![]() |
भरत अधिकारी
तनहुँ,हाल- मलेसिया
|
स्वर्गकी हौ तिमी परि
जादु छ नजर भरि
टोलाई हेर्छु सधै म
तिमीले नदेख्ने गरि
लुकी हेर्छु लट्ठ परि
दायाँ बायाँ सरि सरि।
"गरिब"
छैन यो पसिनाको दाम
मरेर गर्छु सधै काम
परदेशको ठाउँ कस्तो
सहन्छु सधैं चर्को घाम
सस्तो छ पसिनाको दाम
कस्तो गरिबको इनाम।
०९-०८-२०१२
"घात"
तिमी रहिछौ जाली
आशा देखायौ खालि
धोका दियौ मलाई
जोत्यौ मुटुमा फाली
पराइ भयौ जाली
बनायौ अर्कै माली।
२६-०७-२०१२
आशा देखायौ खालि
धोका दियौ मलाई
जोत्यौ मुटुमा फाली
पराइ भयौ जाली
बनायौ अर्कै माली।
२६-०७-२०१२
"शोषण"
हामी भर्यांग नेता चढ्ने
यिनको लागि हामी लड्ने
टन्न खाई यी महलमा
खालि पेटमा हामी ढल्ने
पालै पालो गर्छन चढ्ने
हामी सधै ऋणमा पर्ने।
२५-०७-२०१२
"सडक बालक"
दुनियाँले घृणा गर्छन
बोलाउदा पर सर्छन
जन्म कसले दियो मेरो
हेरी सबै दङ्ग पर्छन
हो मलाई यस्तै गर्छन
सम्झी मेरा आँशु झर्छन।
२४-०७-२०१२
दुनियाँले घृणा गर्छन
बोलाउदा पर सर्छन
जन्म कसले दियो मेरो
हेरी सबै दङ्ग पर्छन
हो मलाई यस्तै गर्छन
सम्झी मेरा आँशु झर्छन।
२४-०७-२०१२