![]() |
दान राई "झरी" उदयपुर,हाल- मलेसिया |
मेरी प्यारी बुनु
तिमी ज्ञानी हुनु
हाँस्नु पर्छ संधै
कैले हुन्न रुनु
मेरी सानी बुनु
हाम्रो दिल छुनु।
१९-०८-२०१२
"जिन्दगी"
समयको गति रोकिएन कैले
दु:ख माथि दु:ख भोग्नु रैछ मैले
नियतिले हो कि! भाग्य खोटो मेरो
छलिरह्यो मलाई किन होला जैले
खुसि कस्तो हुन्छ देखिएन कैले
बोझिलो यो जिन्दगी मरे हुन्थ्यो ऐले।
२५-०७-२०१२
“तिमी"
भन्छौ सधैँ गल्ती भयो
दुनियाँ नै स्वार्थी छ यो
कर्तव्य नै भुलि सक्यौ
बाँकी अब के नै रह्यो
मरे पनि हुने भयो
भरोसा मै पैरो गयो।
१८-०७-२०१२