केस्रा विधाको संक्षिप्त जानकारी
सामान्यतय: केस्रा भन्नाले कुनै पनि फल
भित्रको खण्ड-खण्ड वा पोटि हो। साहित्यमा केस्रा भन्नाले कुनै पनि विषय वस्तुको
विभिन्न पक्ष वा खण्ड मध्ये एक अंश वा रस हो। जसको सूक्ष्मतालाई पहिचान गरि
सोहि पक्षमा भाव विचलन नभई विशेष जोड दिएर लेखिनु पर्दछ। केस्राको विषयवस्तु बृहत भएता पनि यसको भाव एक पक्षमा एकरुपता तथा केन्द्रित हुन्छ।
सोहि पक्षमा भाव विचलन नभई विशेष जोड दिएर लेखिनु पर्दछ। केस्राको विषयवस्तु बृहत भएता पनि यसको भाव एक पक्षमा एकरुपता तथा केन्द्रित हुन्छ।
केस्राको केहि आधारभूत मान्यताहरु
१) प्रत्येक हरफमा समान बाह्र अक्षर वा वर्ण भन्दा नबढाई लेख्नु पर्दछ।
२) दुई-दुई हरफको समायोजनमा जम्मा छ हरफको एक केस्रा हुन्छ।
३) दुई हरफको पहिलो समायोजनलाई 'उठान' दोश्रोलाई "विश्राम र तेश्रोलाई "बैठान"
भनिन्छ।
४) शिर्षक अनिवार्य हुनु पर्दछ।
५) प्रत्येक हरफमा एक स्वर वर्ण आवश्यकता अनुसार गणनामा छुट हुन्छ।
६) पहिलो हरफको अनुप्रास पाचौं हरफमा अनिवार्य दोहोर्याउनु पर्दछ।
केस्राको प्रकार
केस्रा तीन प्रकारको हुन्छ:-
१) आकृति केस्रा:- उठानको दुवै हरफ, विश्रामको दोश्रो हरफ र बैठानको
दुवै हरफको अन्तिममा अनुप्रासको प्रयोगमा लेखिएको केस्रा।यो केस्रा विधाले मान्यता
दिएका तथा निर्माण गरिएका कुनै पनि छन्दको प्रयोग विना स्वच्छन्द लयमा लेखिनेछ।
जस्तै:-
"सिंह"
समूह बनाएर पस्छ
पसेपछि ऊ मौन बस्छ
सिंहदरबारको सिंह
गर्जदैन आसन कस्छ
पसेपछि ऊ मौन बस्छ
सिंहदरबारको सिंह
गर्जदैन आसन कस्छ
तालमेल नमिलाई पस्छ
अन्तत: त्यै समूहले डस्छ।
[प्रयुक्त केस्रामा 'समश्रुति अनुप्रास"को प्रयोग गरिएकोछ।]
२)आवृति केस्रा:-
अनुप्रासको अघिल्तिर वा मध्य भागमा राखेर प्रत्येक हरफमा वा विश्रामको पहिलो हरफमा
बाहेक अन्य पाँच हरफमा कुनै शब्दलाई दोहोर्याएर लेखिएको केस्रा । यसलाई एउटा शब्द
र अनुप्रासको मात्र प्रयोग गरेर पनि लेख्न सकिनेछ । यो केस्रा विधाले मान्यता दिएका
तथा निर्माण गरिएका कुनै पनि छन्दको प्रयोग विना स्वच्छन्द लयमा
लेखिनेछ।जस्तै:-
"अनुरोध"
"अनुरोध"
तराजुमा माया देऊ जोखेर
मेरै लागि माया देऊ तोकेर
वेवास्ता या बहाना भन बरु
कागजमा माया देउ कोरेर
अलिकति माया देउ जोखेर
दायाँ बायाँ माया देउ सोचेर।
[ प्रयुक्त केस्रामा अनुप्रास भन्दा अघि "माया देऊ" शब्दको आवृति भएकोछ। साथै "स्वरश्रुति अनुप्रास"को प्रयोग गरिएकोछ। ]
३) अलङ्कार केस्रा :- वैज्ञानिक ढंगले ध्वनि विज्ञानको मान्यतामा रहेर छन्दको संरचना निर्माण गरि लेखिनेछ ।केस्रा विधाले मान्यता दिएका तथा निर्माण गरिएका कुनै पनि छन्दको अनिवार्य प्रयोगमा आकृति केस्रा र आवृति केस्राको संरचनामा लेखिने केस्रा नै अलङ्कार केस्रा हो।
अनुप्रासको प्रकार
केस्रामा अनुप्रास चार
प्रकारको हुन्छ:-
१) समश्रुति अनुप्रास:- अनुप्रास शब्दको पहिलो वर्ण अक्षर भिन्न भएता पनि वर्णविन्यासमा समान स्वर भएको साथै बाँकि अक्षर दोहोरिएको शब्द । जस्तै :- काम, धाम, माम, खाम = समान स्वर उच्चारण 'आम' ।
१) समश्रुति अनुप्रास:- अनुप्रास शब्दको पहिलो वर्ण अक्षर भिन्न भएता पनि वर्णविन्यासमा समान स्वर भएको साथै बाँकि अक्षर दोहोरिएको शब्द । जस्तै :- काम, धाम, माम, खाम = समान स्वर उच्चारण 'आम' ।
२) स्वरश्रुति अनुप्रास:- दुई अक्षर भन्दा ज्यादा भएको अनुप्रास शब्दको अन्तिम अक्षर दोहोरिए पनि अघिल्तिरको वर्ण असमानता तर वर्णविन्यासमा समान स्वर भएको साथै पहिलो र अन्तिम अक्षर समान तर
विचको अक्षर भिन्न भएता पनि स्वर उच्चारण समान भएको शब्द । जस्तै:-
गुहार, पुकार, सुधार, जुनार = समान स्वर उच्चारण 'उआर'।
३) अल्पश्रुति अनुप्रास:- कम्तिमा दुई अक्षर वा स्वर उच्चारण मिलेको लामो र छोटो अलग अलग शब्दांशको उच्चारण वा लामो शब्दका अन्तिम समध्वनि अक्षर समान उच्चारणबाट बन्ने अनुप्रास । जस्तै :- पाप, अभिशाप, धराप, विलाप = समान स्वर उच्चारण 'आप'।
४) आश्रित अनुप्रास:- कुनै दुई अक्षर वा शब्दको संयोजनबाट अर्थ खुल्ने शब्दको अनुप्रास । जस्तै :-भा'को, गा'को, खा'को, ला'को = समान स्वर उच्चारण 'आ’को'।
[दृष्टान्त:-अनुप्रास शब्दको अन्तिम श्रुति समान अक्षर वा वर्ण न/ण' साथै 'न्/ण्/ञ्' त्यस्तै 'श/ष/स' को एक-अर्काको सट्टामा प्रयोग बाहेक अन्य कुनै पनि श्रुति समान अक्षर मान्य हुने छैन।]
विविध मान्यता
१) 'निपात' शब्द वा अक्षर अनुप्रासको अन्तमा राख्न सकिनेछ तर अन्य शब्दहरु
राखिएमा मान्य हुने छैन।
२) अनुप्रास शब्द कम्तिमा दुई अक्षर वा वर्णको अनिवार्य हुनु पर्दछ। अघिल्लो अक्षर वा वर्णमा स्वरवर्ण मिले पनि अन्तिम अक्षर वा वर्ण प्रत्येक अनुप्रासमा दोहोरिनु पर्दछ।
२) अनुप्रास शब्द कम्तिमा दुई अक्षर वा वर्णको अनिवार्य हुनु पर्दछ। अघिल्लो अक्षर वा वर्णमा स्वरवर्ण मिले पनि अन्तिम अक्षर वा वर्ण प्रत्येक अनुप्रासमा दोहोरिनु पर्दछ।
३) लय साथै अर्धविश्राम अनिवार्य छैन।
४) विश्राम हरफमा विषय वस्तुको एक पक्ष वा भावको खुलासा हुनु पर्दछ र बैठानमा उक्त भावलाई जोड दिंदै वैचारिकता दर्शाउनु पर्दछ।
४) विश्राम हरफमा विषय वस्तुको एक पक्ष वा भावको खुलासा हुनु पर्दछ र बैठानमा उक्त भावलाई जोड दिंदै वैचारिकता दर्शाउनु पर्दछ।
[नेपाली साहित्यमा "केस्रा" विधा नयाँ प्रतिपादन भएको हो।यसको सार्वजनिक तथा
पत्रकार सम्मेलन ०१-०१-२०१२ क्वालालुम्पुर,मलेसियामा भएको हो।]
- मौलश्री लिम्बू