- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday 10 August 2017

केही केस्राहरु -२०७४



            साहित्यिक चौतारी नेपालमा लेखिएका केस्राहरु

        "तिज"

दुई दिनको छुट्टी मिलाएर
रमाउ दिदी माईति आएर

फर्केर जाउली छिट्टै घरैमा
आमाले पकाएको दर खाएर

नाच्दै लन्डनको सारी लाएर
पीर भुल्नुपर्छ गीत गाएर ।
- समर्पित बिमस
***     *****       ****

       "पहिचान"

आफ्नै अस्तित्वको मेटिदैछ सिमा
अनेकौं विकृती आए संस्कृतिमा



आधुनिकताको हावा हुरी चल्दा,
आफ्नोपन हुदै गयो धिमा धिमा

पुर्खाका चिनारी परे चुलेसीमा
जोगाए ठूलो काम हो जिन्दगीमा।
-सन्दिप संग्रौला "दिलदुखी"
लालिगुराँस नगरपालिका-६
 तेह्रथुम, हाल: मलेसिया
***      ***      ****

      "फर्केर हेर्दा"

आऊ साथी गरौं केही मीठा बात
ढाल्दै गयो दिन पर्न लाग्यो रात

केही तिमी केही म गरौला कुरा
बच्पनमा खेलेको समाई हात

आनन्द हुन्छ सम्झदा नि ति बात
भुलाईदिन्छन् पीर ब्यथाका खात ।
- बिमल, धरान ।
****       *****       ****

        "मानव"

मानव,बिचै प्रेम हुदैन
एउटा जल्दाअर्को रुदैन

कस्तो हृदय दियौ ईश्वर
मानवता सम्मले छुदैन

जति जलाउ बिलिन् हुदैन
आत्मा न हो कहिलै कुदैन।
- अरुणा श्रेष्ठ,झापा

*******      ****     ***

           "तिज"

पर्खदैछौ तीज कहिले आउँला
दिदीबहिनी  भेटमा  रमाउँला

मेरी आमाको हातको मीठो दर
मिलिजुली बाँडेर हामी खाउँला

साथीभाइ नि भेट्ने दिन आउँला
तीजको गीतमा नाचेर गाउँला।
     
      गिता भण्डारी झापा
         हाल बिरगंज पर्सा

6## केस


        "तीज"

पर्खदैछौ तीज कहिले आउँला
दिदीबहिनी  भेटमा  रमाउँला

मेरी आमाको हातको मीठो दर
मिलिजुली बाँडेर हामी खाउँला

साथीभाइ नि भेट्ने दिन आउँला
तीजको गीतमा नाचेर गाउँला।    
-गिता भण्डारी
झापा,हाल बिरगंज पर्सा।
*****      ****     ****

         "विचार"

संस्कृतिलाई विकृति नबनाऔं
पर्व हो सद्भाव,श्रद्धामै  रमाऔं

संस्कृतिको जगेर्ना गर्नु धर्म हो
सबैको मन  सत्कर्ममा लगाऔं

खुशी र जीत आदत नबनाऔं
आफु बाचौं र  सबैलाई बचाऔं।
- सावित्रा लुइँटेल घिमिरे
झापा,बिर्तामोड।
****       ****       *****

   "धरा पाराैँ सुन्दर"

हिंसा मेटाैँ  अर्ती भराैँ अमर
प्रज्ञा बालाैँ छानाे चुहेकाे घर

दुर्याेधन झैँ कुपुत्र नबनाैँ
शैलेस झैँ चम्की जिताैँ भास्कर

आमा गुरु जसैँ बनाैँ अमर
चाली भुजा धरा पाराै सुन्दर ।
- शंकर ढकाल
तानसेन, पाल्पा।
****       ****       *****

      "वेदना"

दु:खमा झनै दु:ख नै  थपिन्छ
अझै कैले पिर ब्यथा सकिन्छ

जति  काम  गरेनी   गुन  हुन्न
थोरै गल्ति धेरै  गाल  पाइन्छ

जिन्दगीमा  दु:खैदु:ख थपिन्छ
विदेशमा यो  वेदना  भनिन्छ।
- एकल रसाइली तेजेन्द्र
रुकुम।
****         ****       ****

          "पिरती"

पिरतीमा जेजे पर्छ भोगौंला
दु:ख पीडा संघर्षले रोकौंला

हार्नु  हुन्न  कसै  जिन्दगानीमा
परि आए हिंड्ने बाटो मोडौंला

आत्मा दह्रो गरि जीवन भोगौंला
एकार्कामा मीठो माया घोलौंला !
- गोविन्द भावुक
काभ्रे।

No comments:

Post a Comment