- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Friday 5 January 2018

शिर्षक एक केस्रा अनेक- २०७४

केस्रा विधाको छैटौं वार्षिकोत्सबको अवसरमा "साहित्यिक चौतारी नेपाल" द्वारा मिति २०७४ पौष १९ गते बुधबार तदानुसार सन् २०१८ जनवरी ३ तारिखका दिन "शिर्षक एक केस्रा अनेक" अन्तर्गत 'प्रेम' शिर्षकमा लेखिएका केस्राहरू:--
(१)         "प्रेम"
पहिलो प्रेम प्रस्ताव आयो
हृदयमा असाध्यै हर्ष छायो
दुइ प्राण एक भएपछि
हाम्रो प्रेमले सार्थक पायो
गुमेको खुशी फर्केर आयो
कैले नछुट्ने कसम खायो।
#चोमु शेर्पा खुशी, ताप्लेजुङ
   (२)केस्रा:-- प्रेम
एकै नजर जुधेको थियो
अचम्म भयो मुटु साटियो
भएछ क्यारे प्रेमको रोगी
सबै भुल्यो र एकै सम्झियो
दुवैको सपना एउटै थियोे
तब चम्कियो प्रेमको दियो।
#सन्दीप संग्रौला 'दिलदुखी'
लालिगुराँस नगरपालिका-६
             तेह्रथुम
       हाल : मलेसिया
   (३)केस्रा :-प्रेम
नजर बाणले करणी गरेर
थाहै नपाई लग्यौ दिल हरेर
जादू कस्तो चलायौ तिमीले प्रिया
पागल हुदैछु मायामा परेर
नदिनु धोका तिमी प्रेम गरेर
माया सिवाय छैन लानु मरेर ।
#बिमल पोखरेल
धरान-१७,पटनाली
     (४)केस्रा :-प्रेम
भनिन्छ मायामा हुँदैन आलि
छ निर्दयी  तर रहन्न  खालि
चाहे मानव हो वा जिवजन्तु
हुँदैन प्रेमको खेतिमा माली
असीमित यात्रा यो छैन आलि
मोटो पातलो प्रेमरुपि छाली।
     #गिता भण्डारी झापा
      हाल वीरगन्ज पर्सा
    (५)केस्रा : प्रेम
संसारकै नमुना हाम्रो प्यार
परिमार्जित प्रेमको आकार
अहँ चिन्ता गर्दै नगर कैल्यै
मेरो नामको छ तिम्रो निधार
साच्चै बेनजर छन् हाम्रो प्यार
यै माया भित्र भुलायो संसार ।
#प्रकाश बाबू चन्द,दैलेख
     (६)केस्रा- प्रेम
प्रिया तिम्रो सिउँदो सजाउँला
जुनिभर  सँगसँगै  रमाउला
म राजा अनु तिमी रानी बनेर
सुखदुःख सबै भाग लगाउँला
मुटुको एक कुनामा सजाउँला
तिमीलाई यो जिन्दगी बनाउँला।
    
      #राजेन्द्र उपाध्याय
            बझाङ्ग
   (७)केस्रा:-प्रेम
सँगै बसी प्रेमका  कुरा गरौँ
रिक्त यो दिलभरि आस भरौँ
प्रेमले प्यारा ज्युन सिकाउँछ
वाचा गरौँ मर्दा नि  सँगै मरौँ
याद  तिम्रै  छ  भन म  के गरौँ
ज्यान  तिम्रै  भर लाग्छ कि परौँ।
        
        #सरु बस्नेत
        निजगढ बारा
     (८)केस्रा:-प्रेम
तिम्रो मेरो हुन्छ एउटा घर
अनि गर्नेछु अनेकौ सफर
भगवान मात्र खोज्नु पर्छ र?
चाहेकी  प्रेमी लाई दिन वर
अाउ टाली देउ भत्केको घर
मेरो पछाडि लगाई तिम्रो थर।
#लोचन प्रसाद भट्टराई
       कैलाली
(९)केस्रा:- प्रेम
    
प्रेममा नि शंका यहाँ अपार                                        मजबुत हुदैन त्याे अाधार
स्वार्थी छ याे दुनियाँ ख्याल गर्नु
र्विश्वास बिना चल्दैन संसार     
                     
घात हुदैछ दिनहुँ अपार
चनाखो बन भन्छु बारम्बार।
     
#गाैरव नवीन
      हाल भारत
   (१०)केस्रा :-प्रेम
यहाँ प्रेमरोगि देखें अचम्मै
सबै तिर देख्दो रहेछ सम्मै
प्रेमको अर्थ बुझ्न नसकि जो
सपना साँचेर राखेछ टम्मै
थुप्रै  हतकण्डा  कला  अचम्मै
जीवन बिर्सि हावा भयो जम्मै।
   
#जगदीशप्रसाद पाण्डेय
          बारा कलैया
     (११)केस्रा:--प्रेम
प्रेम नै अमृत र विख हुने
बनाउँछ यसैले हाँस्ने रुने
नभन्नु अदृश्य छ मात्र मनमा
देखिने   रहेछ    मनैले   सुने

नाम एक रुप अनेकौ हुने
चाहना छ सबै ती रुप छुने।
(१२)केस्रा:--प्रेम
घुम्छ चौतर्फी बस्छ जहाँ पनि
भेद्भाव गर्दैन ऊ यो त्यो भनि
पग्लन्छ हिउँ  झैं थोरै तापमा
रहदैन   हठी  पत्थर   बनि
अचुक औषधि हो प्रेम पनि
जोसँग छ ऊ हो वास्तविक धनि।
#अरुणा श्रेष्ठ "अनु",झापा
     (१३)केस्रा :--प्रेम
जीवन जिउने हो आधार
यसैमा चलेको छ संसार
जीवन रथ हाँक्ने सारथी
महिमा यसको अपरम्पार
नबुझ्दा प्रेम हो तीखो धार
बुझ्न सके सपना साकार ।
#बिमल पोखरेल
धरान-१७,पटनाली
      (१४)केस्रा:-प्रेम
हाँस्दै मेरो नजिक आएर
बाटो छेकिन् हात समाएर
खै के गर्न खोज्या हुन् प्रियाले
रातै बनाईन् चुम्मा खाएर
दु:खको बेला प्रिया आएर
राहत मिल्यो साथी पाएर ।
#मगर भिम पुन भावुक
सरुमारानी ४ प्युठान
         (१५)केस्रा :प्रेम
खै' तिमीलाई कसरी  माया  गरेँ
बदलामा  आफैँ पलपल मरेँ
जब  तिमी अर्कैको  भएर  गयौ
आँखाबाट   धेरै  आँसुहरू  झरेँ
गल्ती तिमीले गर्‍यौ या मैले गरेँ
तर  माया जालमा  म  मात्र परेँ।
#प्रकाश श्रेष्ठ
राजपुर ९ दाङ
हाल:साउदी अरब

No comments:

Post a Comment