- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday 6 March 2014

नन्द कोयी राई

       नन्द कोयी राई जीका केस्राहरु 


- नन्द कोयी राई
खोटांग,हाल-कतार 
  "स्वार्थी" 

यता चिरी मुटु अन्तै साट्यौ
निष्ठुरी रहेछौ डाँडै काट्यौ

स्वार्थी भएछौ धनको मोहमा
धनिसँगै घरबार आँट्यौ

तन मन अब अन्तै साट्यौ
तिमीले मेरो माया नै छाँट्यौ।
२४-०२-२०१४

 "निरास"



के बाँच्नु खै यहाँ रुँदै रुँदै
आँशुले रुमाल धुंदै धुँदै

नियती सँग नै हारे पछि
सँधै बदनाम हुँदै हुँदै

बित्ने नै भो दिन रुँदै रुँदै
चर्केको छात्ति यो छुँदै छुँदै।
१०-०२-२०१४

     "भ्रम"

फाटेको मन थियो तिमीले सियौ
साथ आयौ बस्यौ मेरै दिल लियौ

सङ्गै जाउँ भन्दै आयौ दोबाटोमा
साथ दिएँ हेर्दा तिमी एक्लै थियौ

विश्वास दिलायौ मेरो ज्यानै लियौ
माया गर्छु भन्यौ आज धोका दियौ।
२६-०१-२०१४

   "जवानी"

सिरसिरे बतास कस्तो बैमानी
कहाँबाट आयो लौन बेग हानी

घरि घरि जिस्काउँछ अनि भाग्छ
पछ्यौरी मेरो लान्छ है तानी तानी

कति साह्रो पात्तेको रै'छ बैमानी
लाजै नमानी चुम्छ मेरो जवानी।
२३-०१-२०१४

   "स्वार्थी"

भुक्न पनि कति जानेको
सर्वेसर्वा आँफै ठानेको

पानी माथिको ओभानो बन्दै
हेरन अर्काको खुट्टा तानेको

अनेक चाल चल्न जानेको
सङ्गिकै पिठ्मा छुरा हानेको।
२१-०१-२०१४

No comments:

Post a Comment