- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 8 March 2014

राज आङ्देम्बे "सहयात्री"

      राज आङ्देम्बे "सहयात्री" जीका केस्राहरु 

   "भ्रम"
राज आङ्देम्बे "सहयात्री"
पाँचथर,हाल-मलेसिया 

अन्जानमा या त जानेर
नजरको तीर हानेर

सामाजीक यो संजालमा
कागलाई कोइली ठानेर

काग भन्दा भन्दै जानेर
बसेँ छु हितैषी मानेर ।
२२-०२-२०१४

  "अभाव"



बोकेर पासपोर्ट हरियो
वाध्यताले मुग्लान तरियो

दश नंग्रा खियाएर कठै !
परिश्रम धेरै नै गरियो

आफ्नो खुशी आफैँले हरियो
चाहनामा जिउँदै मरियो ।
०७-०२-२०१४

   "सपूत" 

यो डम्फू यो मादल यो सारङ्गीले
दौरा सुरुवाल अनि चौबन्दीले

भन्दैन तँ पहाडे र म मधेशे
एक सच्चा सपूत त्यो नेपालीले

च्यापोस बरु निकम्मा महँगीले
देश कैले बेच्दैन बहादुरीले ।
२५-१२-२०१३
[दृष्टान्त:- प्रयुक्त केस्रामा "अल्पश्रुति अनुप्रास" को प्रयोग गरिएको छ। अनुप्रास शब्दको अक्षर संरचना  >"सारङ्गीले"= स+आ+र+अ+ङ्+ग+ई+ले > मुख्य अनुप्रासको स्वर उच्चारण  "ईले/गीले"।यसर्थ अनुप्रास शब्दको मुख्य अनुप्रास=गीले/दीले/लीले/गीले/रीले हुन् ।यहाँ पहिलो अनुप्रास शब्द "सारङ्गीले>गीले" पाँचौ हरफमा उक्त शब्द दोहोरिनुको सट्टा केस्राको नियमसंगत अनुप्रास शब्द [महंगीले]>मुख्य अनुप्रास "गीले" मात्र दोहोरिएको छ।]

   "आग्रह"

विना कसूर नदेउ न उजुरी
देखाई मायामा यस्तो बहादुरी

तिम्रो सुर ताल विना मेरो प्रिया
रोई रहनेछ मनको बाँसूरी

दिएर धोकेवाजको यो उजुरी
नबन तिमी यति साह्रो निष्टुरी ।
२३-१२-२०१३

   "जवाफ" 

देउतालाई देखाएर तमासा
बहाना पारी जब लुटिन्छ आशा

जुर्मुराएर उठ्न वाध्य हुन्छ 'हाङ्'
दिन अग्नि परिक्षाको परिभाषा

यो कलियुगमा कलिकै तमासा
देखाएर मात्रै मेटिन्छ जिज्ञासा।
१८-१२-२०१३
["हाङ्"=यो किरातधर्मालम्बी वा  किरात जातीहरुको मौलिक शब्द हो।यसको नेपालीमा "राजा" भन्ने अर्थ लाग्छ।]

No comments:

Post a Comment