- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 22 March 2014

दान राई 'झरी'

       दान राई "झरी" जीका केस्राहरु 

- दान राई "झरी"
उदयपुर,हाल-मलेसिया 
      "सपनीमा"

सपनीमा मेरो देश रुदै थियो
आँशु दिई खुशी खोई कस्ले लियो

मेरै सामू गुनासो त्यो पोखे पछि
नेपाली यो मन मेरो वहकियो

बाँचा र बचाउ भनि रुदै थियो
छाती भारी खोई कस्ले पिडा दियो 
११-०२-२०१४

   "चेतावनी"



चुनावी लहर छाएको बेला
पर्ला है नेता जनताको फेला

कतिन्जेल अझै झुक्काउँछौ भन
होसियार बन लातले देला

भोट माग्दै तिमी आएको बेला
सबैको सामु होलाउ है मेला
१८-१०-२०१३

      "धोकेवाज"

बद्लिएर गयौ दुखाई मलाई
यो जिन्दगीमा बज्रपात चलाई

लुट्यौ आज सबै मेरो हाँसो खुशी
विस्वासको घर हाँसेर ढलाई

दुनियाँमा एक्लो पारेर मलाई
छाडी गयौ आज हृदय जलाई
०२-१२-२०१३

     "आग्रह"

पर्खाई मै बस्छु सुन्न तिम्रो बोली
तिमी भन्छौ संधै किन भोली भोली

छट्पटी मै बित्छ सारा रात दिन
प्रतिक्षाको घडी बन्दै छ है गोली

सुनाऊ बिन्ति छ तिम्रो मिठो बोली
गुलाबी ति ओंठ सुस्तरी लौ खोली
२६-११-२०१३

     "वहाना"

वहाना सबको भिन्दा भिन्दै
भाँचेर डाली नै छिन्दा छिन्दै

मक्खै छिन कान्छी यो देखेर
हात भरी फूल लिंदा लिंदै

चाहना पोखियो भिन्दा भिन्दै
गुलावको फूल दिंदा दिंदै
०३-०८-२०१३

No comments:

Post a Comment