- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Wednesday 26 March 2014

कृष्ण लिम्बू

     कृष्ण लिम्बू जीका केस्राहरु 


- कृष्ण लिम्बू
पाँचथर,हाल-मलेसिया 
   "बिहानी"

शीतको थोपा बिलाउदैँ
फूलहरु खिलखिलाउदै

फर्की आयो फेरि बिहानी
सुन्दर दृश्य दिलाउदैँ

अधेरी रात बिलाउदैँ
आयो उजेली मिलाउदैँ।
०६-०३-२०१४

      "भरिया"



हासिलो मुहार पिठ्यूमा भारी
बिसाउछ त्यो शितल चौतारी

परिश्रम गरेर खुशी हुन्छ
सम्झेर स्वर्गको त्यो फूलबारी

भरीलो आशमा लिएर भारी
गन्तब्य ताक्छ सधैं वारी-पारी।
२२-०२-२०१४

     "मृत्यु"

चुनेर त्यो हीराको हार
गए नि सात कोशी पार

मृत्यु भन्दा टाढा गई नि
चढेर त्यो लाखौँको कार

ओडेर त्यो हीराको हार
बन्दैन त्यो मृत्युको बार।
२०-०२-२०१४

   "अनुरोध"

अमूल्य छ जीवन हेर
व्यर्थै नफाल यसै खेर

अरू नसके पनि गर्न
देशमा काँडे तार बेर

सुन्दर छ जीवन हेर
छरि सौन्दर्य देश फेर।
१९-०२-२०१४

“प्रतिक्षा” 

बाटो हेर्दै होलिन आमा
दियो बालेर अगेनामा

औंला भाँचेर दिन गन्दै
मेलापात बन पाखामा

कोल्टे फेरेर मेरी आमा
आतुरी हुन्छिन् प्रतिक्षामा ।
१८-०२-२०१४   

No comments:

Post a Comment