- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Monday 3 March 2014

सन्तोष माबुहाङ्ग "अनसन"

    सन्तोष माबुहाङ्ग "अनसन" जीका केस्राहरु 

 सन्तोष माबुहाङ्ग "अनसन"
तेह्रथुम,हाल-मलेसिया 
"साहित्यकार"

कल्पनामा रून्छ
शब्द जाल बुन्छ

जिन्दगीको बाटो
कलमले खुन्छ

भावनामा रून्छ
पागल नै हुन्छ ।
१६-०२-२०१४

 "माया"



फूल बाँडेर माया पाईन्न
माया पाउन पर्व चाईन्न

सफा दिलले माया लाउदा
धोका कहिले खादै खाईन्न

माया खोजेर कैले पाईन्न
मन नमिले माया लाईन्न।
१४-०२-२०१४

 "गुनासो"

आँखा जुध्दा तर्किन्छौ
बोल्न खोज्दा झर्किन्छौ

केही भन्न खोज्यो कि?
नराम्ररी चर्किन्छौ

भेट हुदा तर्किन्छौ
अर्कै तिर फर्किन्छौ ।
०८-०२-२०१४

"जुवा तास"

जिन्दगी नै डुबाउछ
शत्रुलाई हँसाउछ

एकै छिनको मजाले
शान मान ऊडाउछ

घर बारी डुबाउछ
सधै भरी रुवाउछ ।
२८-०१-२०१४

"परदेश"

मनै विरक्त बनाउने
फोहोर जस्तै गन्हाउने

मान्छेलाई पीडा दिएर
आँसुले छाती भिजाउने

मर्नु न बाँच्नु बनाउने
दुनियाँलाई रुवाउने ।
२६-०१-२०१४

No comments:

Post a Comment