- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 1 March 2014

देशु सुब्बा

        देशु सुब्बा जीका केस्राहरु 

- देशु सुब्बा
पाँचथर,हाल- साउदी अरब 
"प्रवासी"

अहिले बनेको छु म त प्रवासी
काम चांहि पर्यो है मेरो खलासी

कामप्रति ईमान्दारी भै दिनाले
आज मालिकबाटै पाएँ स्याबासी

कर्मथलोको अर्को नाम प्रवासी
जिन्दगी बिताउंदै छु हासी-हासी
०४-०८-२०१३

   "फूल"



फक्रन्दै छु अब झरीमा म फूल
चुम्दछ्न् भमरा आई एक हुल

नफक्रन्दै चुढाउने गर्छन् यहाँ
विना दया-धर्मसितको यो भूल

भएँ म बगैंचाको सुन्दर फूल
फुलेर बचाउनु छ आफ्नो कुल

"बिहानीको लालि"

रातका प्रहरहरु काट्दै आयौ
शीशीरमा शीतबिन्दु टल्पलायौ

हिमाली भेगका टाकुरा छिचोल्दै
आंगनीभरि प्रकाशपुञ्ज ल्यायौ

चराचरमाथि न्यानो बोकि आयौ
अन्धकार चिरेर उज्यालो छायौ
३१-०७-२०१३

“न्यास्रो” 

रित्तियो अब आशा
छाउँदै छ निरासा

दुखिया म बबुरो
बनेर आज तमासा

टुट्यो सम्पुर्ण आशा
जिन्दगी नै भो पासा
२३-०७-२०१३

"झरी"

असारमा रमाउँछ्यौ बर्खे झरी
ढुङ्गा-माटो बर्साउँछ्यौ घरिघरी

आदर्शका डिलहरु तोडी सवै
औकात चै देखाउँछ्यौ थरिथरी

निमेष मै हराउने भए झरी
किन आउनु अत्याई यस्तोगरी
१५-०७-२०१३

No comments:

Post a Comment