- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Wednesday 26 February 2014

सागर सिलवाल

      सागर सिलवाल जीका केस्राहरु

- सागर सिलवाल
काठमाडौं,हाल- यु.के.

 "अनिश्चय"

मैले भने जस्तै कहाँ होला
सायदै उत्तर बग्छ खोला

मीठो बोल्न कहिल्यै जानिनौ
बोल्दा निक्लन्छ आगोको गोला

यस्तै गरिरहे के पो होला ?
जान्दछन् है उही प्रभु भोला

   "परिणाम"



मायामा त्याग हुन्छ कसले भन्यो
दिनु भन्दा लिनु कै हिसाब गन्यो

स्वार्थमा बाँच्दछ मान्छे आजभोली
अर्कालाई पार्न सधै खाल्डो खन्यो

सधै चासो गर्छन् कसले के भन्यो
यही बानीले कोहि न केही बन्यो
१२-१२-२०१३

"गति"

जीवनको गति
रोके हुन्छ अति

चल्न देउ सधै
नबिगार मति

रोकिन्न यो गति
रोक्दा हुन्छ खति

 "यथार्थता"

सुन्दरता त मनमा खोज
सत्यलाई सधैभरी रोज

दुई दिनलाई होइन नि
भत्किन्छ छिट्टै झुटको मोज

जीवनको त्यो सत्यता खोज
गाह्रो छ हुन्न खा’को झै भोज
१२-०९-२०१३

 "सत्य"

भनेर मात्र त हुन्न
दिलमा नपसी छुन्न

सत्य प्राय तीतै हुन्छ
सजिलै सकिन्न गुन्न

नबुझेरै भन्छौ हुन्न
गाह्रो हुन्छ सही चुन्न
१५-०७-२०१३

No comments:

Post a Comment