- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Tuesday 23 September 2014

समाचार:- लोकार्पण साथै केस्रा वाचन

जरुवाको लोकार्पण तथा दिलिप राई सगरको एकल केस्रा वाचन सम्पन्न


०४ असोज २०७१ शनिबार 
         मोरङको टाँडीस्थित कालिका उ.मा.वि.को सभाहलमा टाँडीपुञ्ज परिवारद्वारा प्रकाशित ‘जरुवा साहित्यिक चौमासिक’को लोकार्पण तथा केस्रा प्रवत्ता दिलिप राई सगरको एकल केस्रा वाचन सफलतापूर्वक सम्पन्न भएको छ । मन्थन झापाका संस्थापक सदस्य वरिष्ठ साहित्यकार प्रकाश बुढाथोकीको प्रमुख आतिथ्य एवं सम्पादक गगन योक्पाङदेनको सभापतित्वमा जोर बत्ति बालेर कार्यक्रमको उद्घाटन गरिएको थियो । समारोहमा विशेष अतिथि केस्रा विधाका सल्लाहकार भक्तिप्रसाद पौडेल, प्रधानाध्यापक मातृका न्यौपाने, समाजसेवी तेजनाथ घिमिरे, प्रवक्ता दिलिप राई सगरको उपस्थितिमा जरुवा साहित्यिक चौमासिकको लोकार्पण भएको थियो भने साहित्यकार विन्दु

Saturday 20 September 2014

बजिन लिम्बू

           बजिन लिम्बू जीका केस्राहरु 


"गोठालो"
- बजिन लिम्बू
भारपा-३,पाँचथर,हाल- मलेसिया 

कहिले जान्छु म ओरालो
कहिले जान्छु म उकालो

यो जीवन गुजार्नलाई
गर्दै छु अरुको खेतालो

बाँच्नलाई हिड्दै भिरालो
वन-पाखा गर्दै गोठालो।
११०९२०१४

  “जीवन"

यो कस्तो हो जीवन मेरो
किन भयो यत्ति अधेरो

कत्ति गर्नु जीवन यात्रा

Wednesday 17 September 2014

नाना रोदुङ्

              नाना रोदुङ् जीका केस्राहरु 

      "विवश"
- नाना रोदुङ्
खोटांग,हाल-इजराल 

मेरो मौनतामा कमजोरी ठान्यौ
त्यसैले म माथि सिधै तिर हान्यौ

अब मैले आगो ओकल्नु पर्ने भो
बुझ्ने छौ तब कुन चै मार्ग छान्यौ

मैले मायाँ गर्दा लाचारी नै ठान्यौ
मेरो हात पाउ बाँध्न मात्र जान्यौ ।
३१-०८-२०१४

   "निर्ममता"

ढले बासस्थानहरु  ढिस्कोसरि
झरे ति आँशुका धारा बरबरि


Monday 15 September 2014

देशु सुब्बा 'जिज्ञासु'

          देशु सुब्बा 'जिज्ञासु' जीका केस्राहरु 

    "झरी"
- देशु सुब्बा 'जिज्ञासु'
पाँचथर,हाल- साउदी अरब 

सिमसिम पर्दैछ साउने झरी
यहाँँ बर्षिन्छ सधैंं झैं मनपरी

कसैलाई काखा र पाखा गर्दैन
सबैलाई भिजाउंछ निथ्रुक्क गरी

समयले ल्याउंछ मौसमी झरी
हरेक साल दोहोरिन्छ यसरी ।
२५-०७-२०१४


    "बेचैनी"

अनयासै बिथोलिन्छ स्थिर मन
निरीह भई आफ्नै बिचल्लिपन

Friday 12 September 2014

चतुरमान राई

       चतुरमान राई जीका केस्राहरु 

    " देश "
- चतुरमान राई
ओखलढुंगा,हाल- क्वालालम्पुर,मलेसिया
 

आस्थाको पर्खाल यहाँ ढल्दैछ
मानवीयता कंकाल जल्दैछ

सबै आफ्नै स्वार्थको लागि मात्र
भित्र-भित्रै शीतयुद्द चल्दैछ

देश धर्मको नाममा ढल्दैछ
जुंरेको पहिरोसंगै गल्दैछ 
२१-०८-२०१४

   " नेता "

हाम्रो काँधमाथि टेकेर गयो
तब देशको ठुलो नेता भयो

Tuesday 9 September 2014

केहि केस्राहरु:- ५ [२०१४]

     रुप रसाइली,व्योम जी अवतार र सागर सिलवाल जीका केस्राहरु 

“शुभकामना"

लाली छर्दै उदाउ
गाउँ बस्ती ब्यूँझाउ

द्वन्द साम्य पारेर
शान्ति दिप जलाउ

नयाँ रुपमा उदाउ
मेरो स्वप्ना बचाउ।
१०-०५-२०१३
- रुप रसाइली 
धान्द्रुक,कास्की 
 ###  ***  #### **** ###

   "कलम"

Sunday 7 September 2014

कृष्ण लिम्बू

              कृष्ण लिम्बू जीका केस्राहरु 

- कृष्ण लिम्बू
फिदिम,पाँचथर 
"गुनासो"

आफ्नै स्वार्थ भरिस्
न त धर्ती झरिस्

यस्तै भने ईश्वर
सृष्टि किन गरिस्

मेरो आँसू भरिस्
झनै टाटा तरिस्।
०८-०४-२०१४

  "सन्देश" 

Tuesday 2 September 2014

प्रस्तावनापत्र:-चाउचाउ साहित्य

                      चाउचाउ साहित्यको प्रस्तावनापत्र
                             ३१ अगस्ट २०१४, हङकङ (सृजनशील सम्मेलन) 

१) पृष्ठभूमि : हङकङको नेपाली साहित्य
          सत्तरीको दशकतिर बेलायती गोर्खा सैनिकका रूपमा नेपाली जातिले हङकङमा पाइला टेकेपछि उनीहरूले नै हङकङमा पहिलोपटक नेपाली साहित्य लेखेको प्रमाण 'पर्वते' पत्रिकामा पाइन्छ । सन् १९९७ जुन ३० मा हङकङको सार्वभौमसत्ता मूलभूमि चीनलाई हस्तान्तरण गरेपछि हङकङमा रहेको 'ब्रीगेड अफ् गोर्खा'को अस्तित्व पनि समाप्त भयो तर बेलायतले हङकङको 'बेसिक ल' अन्तर्गत भूतपूर्व बेलायती गोर्खा सैनिकका हङकङमा जन्मेका सन्तान र उनीहरूको डिपेन्डेन्टलाई हङकङमा बसोबासको अधिकार (आइडी कार्ड) दिएर गयो । ब्रीगेड अफ् गोर्खाको बुलेटिन 'पर्वते'मा प्रकाशित गोर्खा सैनिकका रचनाहरू नै हङकङमा लेखिएको पहिलो नेपाली साहित्य हुन् भनेर मान्न सकिन्छ ।
       सनराइज साप्ताहिकका प्रधान सम्पादक भूपेन्द्र चेम्जोङका अनुसार १९९८ तिर सर्वप्रथम हङकङमा साहित्यिक गोष्ठीको आयोजना भएको थियो जसको संयोजन गरेका थिए चन्द्र मादेन 'आन्छन्' र भूपेन्द्र चेम्जोङले । आइडीमा हङकङ बसोबास गर्ने नेपालीहरूको संख्या अभिवृद्धिसँगै हङकङमा नेपाली भाषा, साहित्य र सँस्कृतिप्रतिको चासो बढ्दै आएको देखिन्छ । नेपाली भाषाको खबर पत्रिका एभरेष्ट साप्ताहिक (स्थापना कालमा दैनिक, सन् २०००) को नियमित प्रकाशनले हङकङमा नेपाली भाषा साहित्यको विकासमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ । नेपाली भाषा साहित्यमा नेपाल छँदै लागिपरेका लेखक साहित्यकारहरू क्रान्ति सुब्बा, चन्द्र दुमी, शरण सुब्बा, टंक सम्बाहाङ्फे, जया राई, नन्द राई, देश सुब्बा, नेपाल कुश्शा, शिव प्रधान आदि अग्रपङ्तीका स्रष्टाहरूले संगठित रूपमै हङकङमा नेपाली साहित्यको विकासका लागि नेपाली साहित्य प्रतिष्ठान हङकङको गठन गरे । यसै सन्दर्भमा हङकङमा नेपाली साहित्य हुर्किने र फैलिने क्रमले विभिन्न साहित्यिक संघसंस्थाहरूको गठन र नेपालमै स्थापित भैसकेका कविलेखकहरूको