- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Friday 12 September 2014

चतुरमान राई

       चतुरमान राई जीका केस्राहरु 

    " देश "
- चतुरमान राई
ओखलढुंगा,हाल- क्वालालम्पुर,मलेसिया
 

आस्थाको पर्खाल यहाँ ढल्दैछ
मानवीयता कंकाल जल्दैछ

सबै आफ्नै स्वार्थको लागि मात्र
भित्र-भित्रै शीतयुद्द चल्दैछ

देश धर्मको नाममा ढल्दैछ
जुंरेको पहिरोसंगै गल्दैछ 
२१-०८-२०१४

   " नेता "

हाम्रो काँधमाथि टेकेर गयो
तब देशको ठुलो नेता भयो



हिजोसम्म ढुंगा,मुढा गर्दथ्यो
फर्केर आउने छैन अव यो

सुकुम्वासी कुबेर बन्न गयो
हामो दु:ख चाहिँ उस्तै नै रह्यो
०२-०८-२०१४

  " भाग्य" 

खुशी हुने सपनाहरु देखेर
दिनदिनै रहरहरु मेटेर

यसरि नै बित्दोरहेछ जीवन
नियतिले सधै छातीमा टेकेर

अरुको जस्तो भाग्यहरु देखेर
अन्जुली भर्न सकिदैन टिपेर
०५-०६-२०१४

No comments:

Post a Comment