- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Tuesday 23 September 2014

समाचार:- लोकार्पण साथै केस्रा वाचन

जरुवाको लोकार्पण तथा दिलिप राई सगरको एकल केस्रा वाचन सम्पन्न


०४ असोज २०७१ शनिबार 
         मोरङको टाँडीस्थित कालिका उ.मा.वि.को सभाहलमा टाँडीपुञ्ज परिवारद्वारा प्रकाशित ‘जरुवा साहित्यिक चौमासिक’को लोकार्पण तथा केस्रा प्रवत्ता दिलिप राई सगरको एकल केस्रा वाचन सफलतापूर्वक सम्पन्न भएको छ । मन्थन झापाका संस्थापक सदस्य वरिष्ठ साहित्यकार प्रकाश बुढाथोकीको प्रमुख आतिथ्य एवं सम्पादक गगन योक्पाङदेनको सभापतित्वमा जोर बत्ति बालेर कार्यक्रमको उद्घाटन गरिएको थियो । समारोहमा विशेष अतिथि केस्रा विधाका सल्लाहकार भक्तिप्रसाद पौडेल, प्रधानाध्यापक मातृका न्यौपाने, समाजसेवी तेजनाथ घिमिरे, प्रवक्ता दिलिप राई सगरको उपस्थितिमा जरुवा साहित्यिक चौमासिकको लोकार्पण भएको थियो भने साहित्यकार विन्दु
मुकदर्शकद्वारा पत्रिकाको सारगर्भित समिक्षा गरिएको थियो । त्यस्तै यज्ञ परिश्रमीबाट संचालित दोस्रो चरणको कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथिबाट केस्रा प्रवक्ता दिलिप राई सगरलाई खादा ओडाएर सम्मानपत्रले सम्मानित गरिएको थियो भने प्रवक्ता राईले सांस्कृतिक, राजनैतिक, आर्थिक, डायस्पोरा, साइवर, जीवन आदिका विषयवस्तुमा आधारित सुन्दर केस्राहरू सुनाएर सम्पूर्णलाई मन्त्रमुग्ध र रोमाञ्चित पारेका थिए । यो केस्रा विधाकै पहिलो एकल वाचन हो भनी केस्रा विधाका सल्लाहकार भक्तिप्रसाद पौडेल ज्यूले उक्त कार्यक्रममा बताउनुभयो ।
        सो समारोहमा पूर्वाञ्चलका स्थापित श्रष्टाहरूमा कवि अभागी थेगुवा, विवश बलिभद्र, भूपेन्द्र तिम्सिना, दिलिप घिमिरे, कृष्णउदाशी, नरपति पाण्डे, सुमन राई, राजकुमार सुब्बा अनिश्चित, नवराज निरौला, युवराज पाखे, सावित्रा याक्खा, मञ्जु आचार्य, रोशनी राई, मिलन योङहाङ, शहिद नेपाली नयन, गंगा सफल, कृष्ण लामिछाने लगायत ४ दर्जन बढीको उपस्थिति थियो । टाँडीको माटोले मञ्जुल मितेरी, मनकुमार तुम्सा, कुमार लिङ्देन मिराक, हेमन यात्री, मेलिना राई जस्ता श्रष्टाहरूलाई जन्माई हुर्काई सकेको छ ।


No comments:

Post a Comment