- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 13 December 2014

केशर सुब्बा

        केशर सुब्बा जीका केस्राहरु 
- केशर सुब्बा
पाँचथर ,हाल- तेरेङ्गानु,मलेसिया 

   "विवस्ता"

आखिर तिनै मान्छे जोगी
उनै मान्छे जो भयौ रोगी

लेखन्तको नियम होला
देश निखारी भए भोगी

उहि मानव हुँदा जोगी
पेट पाल्न हिड्छन् है ! ढोगी ।
०४-०४-२०१३

"मुर्खता "



नबुझी कुरा तात्तियौ
मेरो मायाँले मात्तियौ

जब बुझ्यौ चोखो मायाँ
गल्तीमा आफै आत्तियौ

मुर्ख भै त्यसै तात्तियौ
चूकाई मायाँ पात्तियौ
२३-०३-२०१३

   "आत्मा" 

प्यारो लाग्छ सितल जुनको
मिठास लाग्छ कुरा उनको

भित्री दिलको प्रोफाइलमा |
भाका बज्यो जो मिठो धुनको

साँच्चै मिठो सितल जुनको |
ऋणी भा छु केवल गुनको ।
२१-०३-२०१३

"बैश "

हेरी रह्यौ दाउ
कसी रह्यौ भाउ

जब चिप्ल्यो बैश
अनि भन्यौ लैजाऊ

पर्खी रह्यौ दाउ
ढोगाउन त्यो पाउ।
१३-०३-२०१३

    “प्रेम”

लगायौ क्यारे मोहनी टुना
भरेर बस्यौ मुटुको कुना

एकै छिन भुल्न सकिन मैले
छिपिन्दै गयो मायाको मुना

लगायौ साँचै मोहनी टुना
कसायौ भित्रि मायाको तुना
०७-०३-२०१३ 

No comments:

Post a Comment