- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Wednesday 31 December 2014

केहि केस्राहरु:- ९ [२०१४]

चतुरमान ,सी.पि.लिबांग , दर्शन योङ्हाङ् र केशर सुब्बा जीका केस्राहरु 

“नकाव"

अभावै अभावमा
तनावै तनावमा

म भई रहेछु सानो
दवावै दवावमा

साथको अभावमा
देखिएँ नकावमा ।
१३-१०-२०१४
- चतुरमान राई 
ओखलढुंगा, हाल- मलेसिया 
###  ***  ###

“जोवन”

कहिले हाँसो त कहिले रोदन
यस्तै रहेछ,दुई दिने जोवन

जे जे छन् मनभित्र रहरहरू
पुरा गरिहाल नपर दोमन

उतार चढाव हाँसो र रोदन
भई रहन्छ,चलुन्जेल धड्कन।
०९-१०-०१४

“तिम्रो जोवन”

फूल्को थुँगा जस्तो तिम्रो जोवन

पानी जस्तो सङ्लो संग्लो त्यो तन

आफ्नै मान्छे ठानी सुम्पी दिए त
कति खुशी हुन्थ्यो होला यो मन

घाम झैँ ढल्कि जाला नि जोवन
आज भन्दा भोलि भन्दै झनझन।
०७-०९-२०१४
- सी.पि.लिबांग   
ताप्लेजुंग ,हाल- साउदी अरब
 ###  ***  ###

 "सपुत"

नेपाली सारा वीरका सपुत
हाम्रो छ अझै सम्पत्ति अकुत

सक्दैनन् मिच्नलाई सीमाना हाम्रो
स्तम्भ जस्तै हामी छौं मजवुत

फर्काई पिठ भाग्दैनौ सपुत
सुनामी हौं शक्ती छ है अद्भुत ।

 "भुमी"

उर्वर छ हाम्रो नेपाली भुमी
खुशी छ मन यहि माटो चुमी

सयौ फूलका माला उनेर यहाँ
नमुना बनौं जातजाती झुमी

स्वर्ग झैं सुन्दर योजन्म भुमी
हिमाल , पहाड , तराई घुमी।
२७-०१-२०१४
- दर्शन योङ्हाङ् लिम्बु 
झापा ,हाल-साउदी अरब 
 ###  ***  ###

"बेदना"

रोएँ दिल दुखाएर
रोएँ आशा सुकाएर

तर हैन सबै सामु
रोए आँशु छुपाएर

रोएँ मन दुखाएर
रोएँ धाक खुलाएर ।
२५-०१-२०१४
- केशर सुब्बा     
पाँचथर ,हाल- मलेसिया

No comments:

Post a Comment