- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Monday 1 December 2014

नन्द कोयी राई

           नन्द कोयी राई जीका केस्राहरु 

- नन्द कोयी राई
खोटांग,हाल-कतार 
   "चाहना"

अभावको ढाकर बोकेर
हिँडे म देउराली ढोगेर

सपनाको सांगर तर्नु छ
जिन्दगी नै संघर्ष सोचेर

यस्तै मिथ्या सपना बोकेर
निस्के म आफ्नै बाटो रोजेर ।
१-०९-२०१४

   "माया"



देउरालीलाई साँक्षी राखेको
सुसेली हाल्दै मायाले डाकेको

नटुटोस् त्यो बाचा बन्धन हाम्रो
अमर प्रेमको माला गाँसेको

चोखो छ माया सम्हाली राखेको
कुस्सुमे रूमाल चिनो साटेको ।
२९-०८-२०१४

  "आशा"

मायाले पंधेरी धाको देखेर
बसे म त यसै बाटो छेकेर

पानी पिउँने निहुँले बोलाएँ
दिलमा बास दिन्छौ की भनेर

मख्खै भएँ त्यो मुहार देखेर
आउँकी लिन साईत हेरेर ।
२०-०८-२०१४

  "अनुरोध"

अति गर्नुको पनि सीमा हुन्छ
ठेस लागे सबैको मन रुन्छ

नदेखाउ झुटो सपना यहाँ
आशामा अनेक सपना बुन्छ

चोट लागे मनमा पीडा हुन्छ
जिन्दगीको बाटो आँसुले थुन्छ ।
१२-०८-२०१४

      "रहर"

जुन झैँ खुलेकी चौबन्दी चोलीमा
लठ्ठै पार्ने जादुछ तिम्रो बोलीमा

सुनचरीलाई जालमा पारेर
लैजाउँ कि साथै चढाई डोलीमा

पटुकी कस्ने फूलबुटे चोलीमा
भरी दिउँ की ! माया तिम्रो झोलीमा।
१०-०८-२०१४  

No comments:

Post a Comment