- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 29 November 2014

कृष्ण लिम्बू

          कृष्ण लिम्बू जीका केस्राहरु 
- कृष्ण लिम्बू
फिदिम,पाँचथर 

   "शिरोपर"

सेतो कफन ओढी भोली
सबै चढ्नु छ घारो डोली

स्विकारेर त्यो मृत्युलाई
बिसाई सबै दु:ख झोली

पितांबरले बेरी भोली
तर्नु पर्छ सागर खोली।
१५-०५-२०१४

  "बदला"



खुशी लुट्यौ मेरो किन
मुटु रेटि दिन-दिन

बाँकी नै छ तिमीसँग
मैले सबै फिर्ता लिन

सोझो मान्छे छल्यौ किन
आत्माबाटै मलाई चिन  ।
०२-०५-२०१४

"समर्पण"

तिम्रा यो यादहरू
फिर्ता लैजाउ बरू

लग्यौ सबै रेटेर
के छ र बाँकी अरू

लिएर यादहरू
ब्यर्थैमा म के गरू।
२४-०४-२०१४

"लेखान्त"

रहर होईन मेरो
हिड्नु बाटो अप्ठेरो

लेखिए छ छैटौँमा
जोड्नु पर्यो कप्टेरो

लेखान्त मै छ मेरो
रूमलिनु अँधेरो।
२१-०४-२०१४

"स्मृति"

चिरबिर गर्दै त्यो चरी
गाउथ्यो वन कुञ्ज भरी

खुशीयाली मन पार्थे म
बेग्लै रँगीन फूल छरी

भुरभुर गर्दै त्यो चरी
नाँचथ्यो कैले भुइँ झरी।
२०-०४-२०१४ 

No comments:

Post a Comment