- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Monday 3 November 2014

राई रुमानी

           राई रुमानी जीका केस्राहरु 

- राई रुमानी
उर्लाबारी- ५/१३ ,मोरंग 
    "पिराहा"

पिराहाले जहाँ जसरी नि पिर्छ
छिर्नै नमिल्ने ठाउँमा पनि छिर्छ

कति नै मै हुँ ठान्छ ऊ आफूलाई
रुखो वचनले मन मुटु चिर्छ

एकलकाँटे व्यवहारले पिर्छ
आधा गाग्री पानी जो छल्केर गिर्छ ।
०९-०५-२०१४

" शुभकामना " 



हृदयको कालो मैलो सबै हटोस्
सुख र शान्तिले बाँस गर्न सकोस्

नयाँवर्षको मीठो शुभकामना
प्रगतिले सधैं त्यो शिखर चढोस्

रोगव्याधी शत्रु आँखीडाइ हटोस्
र,सिर्जनाले नयाँ जीवन थपोस्।
१४-०४-२०१४

  "कठपुतली"

हाँसको थानमा बकुल्लो भइयो
कति गिल्ला र कटाक्ष सहियो

कुकुरको पुच्छर जहिले उस्तै
ढुंग्रो मै राखे पनि न बद्लियो

बेकामे नालायक नै भइयो
र त कसैको इशारामा फसियो ।
०८-०४-२०१४

      "डर"

कस्तरी तर्सिन्छ मान्छे घरभित्र
अचम्म ! देखेर आफ्नै छाँया चित्र

जब संका फुल्छ र विस्वास गुम्छ
सबै नै पराई कोहि हुन्न मित्र

शान्ती हुन्न त्यो चार दिवारभित्र
नभएसम्म त्यो हृदय पवित्र ।
 ०६ मार्च २०१४

    "टेकाे"

मक्केर ढल्नै लागेकाे घर
कहाँ जाउँ म छाेडेर पर

छाेराहरु भन्नु मात्र अाफ्नाे
रहेन यहाँ कसैकाे भर

लगाए जुक्ति अडिन्छ घर
मिलेर सबै दरिलाे चर ।
१९-०२-२०१४  

No comments:

Post a Comment