- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 1 November 2014

केहि केस्राहरु:- ६ [२०१४]

   रुद्र कार्की 'प्रज्जवल', दान राई 'झरी' र कृष मगर जीका केस्राहरु 

"तितो सत्यता"

न हार न जित
सबै भए मित

यो जवानीसंग
भुल्ने तिम्रो रित

हुन्छ भन्थे जित
तर दुख्यो चित ।
२४-०६-२०१४
- रुद्र कार्की 'प्रज्जवल'  
 धनकुटा,हाल- यु.ए.ई.

###  ***  ###

    "बिदाई"



तोडिएछ दिल दुख्दै छ सुस्तरी
दुखेसी जिन्दगी हाँसु म कसरी

तिमीसंगै गए मेरा हाँसो खुशी
छाड्दैछु दुनियाँ सुन ए मन्जरी

चिम्लाएर आँखा सुस्तरी सुस्तरी
उँड्छु म हावामा लहरी लहरी।
०८-०४-२०१४
 - दान राई 'झरी' 
उदयपुर,हाल- मलेसिया 

###  **  ###

   "सन्देश"

नसोँच्नू जिन्दगी मेरो मात्रै भनि
हुनुपर्छ त्याग आफूभित्र पनि

निस्वार्थ भै गर्नू सेवा सबैलाई
पाप धर्म भन्ने आफैँभित्र छ नि

लाग्नुपर्छ पूण्य कमाउँछु भनि
बन्नुपर्छ मान्छे हृदयको धनी ।
०१-०१-२०१४
केस्रा प्रवक्ता:- कृष मगर 
चितवन,हाल-यु.ए.ई.

No comments:

Post a Comment