केस्रा विधामा अनुप्रासको प्रयोग
अनुप्रास चार प्रकारको हुनेछ ।
१) समश्रुति अनुप्रास :- अनुप्रास शब्दको पहिलो वर्ण अक्षर भिन्न भएता पनि वर्णविन्यासमा समान स्वर भएको साथै बाँकि अक्षर दोहोरिएको शब्द । जस्तै :-
काम, धाम, माम, खाम = समान स्वर उच्चारण 'आम' ।क+आ+म = काम, ध+आ+म = धाम, म+आ+म =माम, ख+आ+म =खाम
लुकाउनु, फुकाउनु, सुकाउनु, झुकाउनु = समान स्वर उच्चारण 'उआउनु'
ल+उ+क+आ+उ+न+उ= लुकाउनु,फ+उ+क+आ+उ+न+उ= फुकाउनु, स+उ+क+आ+उ+न+उ= सुकाउनु, झ+उ+क+आ+उ+न+उ= झुकाउनु
२) स्वरश्रुति अनुप्रास :- दुई अक्षर भन्दा ज्यादा भएको अनुप्रास शब्दको अन्तिम अक्षर दोहोरिए पनि अघिल्तिरको वर्ण असमानता तर वर्णविन्यासमा समान स्वर भएको साथै पहिलो र अन्तिम अक्षर समान तर विचको अक्षर भिन्न भएता पनि स्वर उच्चारण समान भएको शब्द । जस्तै:-
गुहार, पुकार, सुधार, जुनार = समान स्वर उच्चारण 'उआर'
ग+उ+ह+आ+र =गुहार, प+उ+क+आ+र = पुकार,
स+उ+ध+आ+र = सुधार, ज+उ+न+आ+र = जुनार,
आकार, आधार, आभार, आहार = समान स्वर उच्चारण 'आआर'
आ+क+आ+र = आकार, आ+ध+आ+र = आधार,
आ+भ+आ+र = आभार, आ+ह+आ+र = आहार
ताक्छ, खान्छ, नाच्छ, लाग्छ = समान स्वर उच्चारण 'आ~छ'
त+आ+क्+छ = ताक्छ, ख+आ+न्+छ =खान्छ,
न+आ+च्+छ = नाच्छ, ल+आ+ग्+छ = लाग्छ
३) अल्पश्रुति अनुप्रास :- कम्तिमा दुई अक्षर वा स्वर उच्चारण मिलेको लामो र छोटो अलग अलग शब्दांशको उच्चारण वा लामो शब्दका अन्तिम समध्वति अक्षर समान उच्चारणबाट बन्ने अनुप्रास । जस्तै :-
पाप, अभिशाप, धराप, विलाप = समान स्वर उच्चारण 'आप'
प+आ+प = पाप, अ+भ+ई+श+आ+प = अभिशाप,
ध+अ+र+आ+प = धराप, व+ई+ल+आ+प = विलाप
४) आश्रति अनुप्रास :- कुनै दुई अक्षर वा शब्दको संयोजनबाट अर्थ खुल्ने शब्दको अनुप्रास । जस्तै :-
भा'को, गा'को, खा'को, ला'को = समान स्वर उच्चारण 'आ’को'
भ+आ'क+ओ = भा’को, ग+आ'क+ओ = गा’को,
ख+आ'क+ओ = खा’को, ल+आ'क+ओ = ला’को
के छ, जे छ, दे छ, ले छ = समान स्वर उच्चारण 'एछ'
क+ए/छ = के छ, ज+ए/छ = जे छ,
द+ए/छ = दे छ, ल+ए/छ = ले छ ।
पनि,छ नि,त नि,भनि = समान स्वर उच्चारण 'अनि’
प+अ+नि = पनि, छ+अ/नि = छ नि
त+अ/नि = त नि, भ+अ+नि = भनि