"सत्ता"
![]() |
जे.वि.राई "रुमानी"
मोरंग,हाल- मलेसिया
|
यो सत्ताको जात
लागे पछि हात
धित नै नमर्ने
कस्तो होला मात
अचम्मको जात
न भरिन्छ आत !
२३-०१-०१२
[प्रारम्भिक उत्तरार्द्ध चरणमा लेखिएको केस्रा]
"साली"
के भो भएर काली
छे साह्रै दिलवाली
ससुराल्की गहना
उ मेरी प्यारी साली
तन कि मात्र काली
मन कि छे उज्याली /
१४-०१-०१२
[प्रारम्भिक उत्तरार्द्ध चरणमा लेखिएको केस्रा]
''हिउ फूल"
हिउ फुल्ने देशमा
हिउ फूल केशमा
हिउ जस्तै फूलेकी
हिउ साडी भेषमा
हिउ चुली देशमा
हिउ पारि त्यसमा /
१९-१२-०११
[प्रारम्भिक चरणमा लेखिएको केस्रा ]
''धोकेवाज"
पैले नाता जोड्यौ
अनि नाता गोड्यौ
रै छौ धोकेवाज
अन्तै नाता मोड्यौ
किन नाता जोड्यौ
अनि नाता तोड्यौ /
१९-१२-०११
[प्रारम्भिक चरणमा लेखिएको केस्रा ]
''अनुरोध''
अंगालोबाट हटाऊ हात
बिर्सिदेऊ यो रंगिन रात
थाहा छदैछ त तिमीलाई
तिम्रो र मेरो मिल्दैन जात
बिन्ति नसमाऊ मेरो हात
यो समाजले लाउछ बात /
१९-१२-०११
[प्रारम्भिक चरणमा लेखिएको केस्रा ]
"गार्ड"
मूल घरको आड
सधै घोट्छ हाड
ढोकैमा उभिएर
तन्काउछ ढाड
हो कम्पनीको आड
ऊ सेकुरिटी गार्ड /
१४-१२-०११
[प्रारम्भिक चरणमा लेखिएको केस्रा ]
"श्रमिक"
No comments:
Post a Comment