- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 18 February 2012

मौलश्री लिम्बू

मौलश्री लिम्बू जीका केस्राहरु
     
       "लिलाम'

न रोग छ न चोट देखिन्छ
जे मिल्छ मन दुख्ने भेटिन्छ

नियति या नीयत जिन्दगी
ओखती विनाको दर्द झेलिन्छ

क्लेश कै छाँटकाँट देखिन्छ 
भाउ मिले जिन्दगी बेचिन्छ /
                    [ आकृति केस्रा ]   २९-०१-०१२ 
                 [प्रारम्भिक उत्तरार्द्ध चरणमा लेखिएको केस्रा]

       "सिंह"

समूह बनाएर पस्छ
पसे पछि उ मौन बस्छ

सिंहदरबारको  सिंह
गर्जदैन आसन कस्छ

तालमेल नमिलाई पस्छ
अन्तत: त्यै समूहले डस्छ /
                      [ आकृति केस्रा ] ०२-१२-०११
               [प्रारम्भिक चरणमा लेखिएको केस्रा]
   
     "सरकार"

जुन जोगी आए पनि
कान चिरा मात्र छ नि

यसो-उसो गर्छु भन्छ
कुर्सि छोडे हुन्छ धनि

आउने-जाने रीत पनि
गर्छन् पालो गनि-गनि
               [ आकृति केस्रा ] २७-११-०११ 
        [प्रारम्भिक चरणमा लेखिएको केस्रा]

        "मन"

धन ठुलो भन्छ मनले
मन ठुलो भन्छ धनले

कटाक्ष यो बुझ्न मुश्किल
सर्व साधारण जनले

उत्साहित हुँदा मनले
सर्वथोक गर्छ तनले /
                   [ आकृति केस्रा ] ०१-११-०११
                      [प्रारम्भिक चरणमा लेखिएको केस्रा]
        
       "सुस्ता"

सुस्ता दु:खिरहेको बेला
किन हुन्छ  उपेक्षा र हेला

चर्का चर्की बहस पछि
सरकारको गोप्य भेला

सुस्ता रुईरहेको बेला
भन्छन्  त्यहाँ हाट र मेला /
                 [ आकृति केस्रा ] २३-१०-०११
               [प्रारम्भिक चरणमा लेखिएको केस्रा]

     "सत्ता"

काँध टेकेर चढ़छौ
खुट्टा तानेर बढ़छौ

सत्ता-शक्तिको  खेल
लेखि  इतिहास पढ़छौ

जसरी हुन्छ चढ़छौ 
अनि  सर्तमा  डढ़छौ /
                   [ आकृति केस्रा ] १६-१०-११
              [प्रारम्भिक चरणमा लेखिएको केस्रा]
     
       "प्रतिक्षा"

पर्खाईमा भएँ पुरानो
चुहिंदैछ मनको छानो

टाली रहुँ कहिलेसम्म
ओत लाग्ने ठाउँ छ सानो

सम्झना बन्दैछ पुरानो
नियतिको भएँ अचानो /
                       [ आकृति केस्रा ]   १३-१०-०११
                      [प्रारम्भिक चरणमा लेखिएको केस्रा]
       
  ''सट्टा''

साथ दिएँ
व्यर्थै जीएँ


भरोसामा
किन थिएँ

मुटु दिएँ
क्लेश लीएँ //
         [ आकृति केस्रा ] १२-१०-०११
     [प्रारम्भिक चरणमा लेखिएको केस्रा]
   
     "अनुरोध"

तराजुमा माया देऊ जोखेर
मेरै लागि माया देऊ तोकेर

वेवास्ता या बहाना भन बरु
कागजमा माया देउ कोरेर

अलिकति माया देउ जोखेर
दायाँ बायाँ माया देउ सोचेर /
                 [ आवृति केस्रा ] ०८-१०-०११
                       [प्रारम्भिक चरणमा लेखिएको केस्रा]
  
    "तिमी"
अब त आउ
म भरि छाउ 

वैश  ढल्दैछ
नखोज भाउ

समिप आउ
अन्त नजाउ /
        [ आकृति केस्रा ]  ०५-१०-०११ 
              [प्रारम्भिक चरणमा लेखिएको केस्रा]
  
    "जाउँ"

जाउँ यता
जाउँ उता

दु:खी मान्छे
जाउँ कता

जाउँ यता
जाउँ जता /   
          [ आवृति केस्रा ] ०३-१०-०११
         [सर्व  प्रथम लेखिएको केस्रा] 
[दृष्टान्त:- प्रयुक्त केस्राको अनुप्रास "उता" अनुप्रास संरचनामा दोष रहेको छ।अन्य अनुप्रासहरु समश्रुति अनुप्रास" का आधारमा रहेका छन् ।जस्तै:- यता =य+अ+ता> "अता" स्वर उच्चारण उता =उ+ता> "उता" स्वर उच्चारणकता = क+अ+ता>"अता" स्वर उच्चारणजता =ज+का+ता>"अता" स्वर उच्चारण ।]
   - झापा,हाल- मलेसिया

No comments:

Post a Comment