![]() |
- तनहुँ,हाल- मलेसिया |
भरत अधिकारी जीका केस्राहरु
"झुटो माया"
उनको लागि माया साँचे
मनमा खुशी हुँदा नाचे
सपना लुकाई मनमा
उनलाई नै भनि बाँचे
बेकार झुटो माया साँचे
बाटो लागिन् मन भाँचे ।
०८-०२-०१२
[प्रारम्भिक उत्तरार्द्ध चरणमा लेखिएको केस्रा]
"छिमेकी"
कुखुराले साग खायो
रामे फेरी उफ्री आयो
साग खाको निहुँ झिकी
ठूलो बात हुन पायो
भन्छ साग सबै खायो
दुस्मनीको बाटो धायो।
१५-०१-०१२
[प्रारम्भिक उत्तरार्द्ध चरणमा लेखिएको केस्रा]
''आन्दोलन''
टायर रोडमा बाले
अनसन बस्न थाले
लट्ठी इट्टा पनि लिए
सालिकमा हानि ढाले
भए जति सबै बाले
यो देशको हुन भाले ।
अनसन बस्न थाले
लट्ठी इट्टा पनि लिए
सालिकमा हानि ढाले
भए जति सबै बाले
यो देशको हुन भाले ।
१२-०१-०१२
[प्रारम्भिक उत्तरार्द्ध चरणमा लेखिएको केस्रा]
[प्रारम्भिक उत्तरार्द्ध चरणमा लेखिएको केस्रा]
"महंगी"
भुटुन नपाइ ताप्के जल्यो
ब्यापारीहरुको नै भाग्य बल्यो
नूनको भाउ पुग्यो आकाश
गरिबको घर हल्ला चल्यो
तिहुन संगै यो मन जल्यो
भोको पेट हुँदा खुट्टा गल्यो ।
ब्यापारीहरुको नै भाग्य बल्यो
नूनको भाउ पुग्यो आकाश
गरिबको घर हल्ला चल्यो
तिहुन संगै यो मन जल्यो
भोको पेट हुँदा खुट्टा गल्यो ।
१२-०१ ०१२
[प्रारम्भिक उत्तरार्द्ध चरणमा लेखिएको केस्रा]
[प्रारम्भिक उत्तरार्द्ध चरणमा लेखिएको केस्रा]
"माया"
उनलाई देखी म हाँसे
मन त मेरो थियो आशे
लजाई माया दिए पछि
मैले पनि साईनो गांसे
मैले पनि साईनो गांसे
मन भो खुशी अनि हाँसे
सिउदोमा सिन्दुर टाँसे ।
सिउदोमा सिन्दुर टाँसे ।
१८-१२-०११
[प्रारम्भिक चरणमा लेखिएको केस्रा]
"गरिब"
एक हलको पाखो थियो
बन्धकीमा साहुले लियो
मुग्लान पसे झोला बोकी
पराईले रगत पियो
पराईले रगत पियो
हिसाब मेरो बाँकी थियो
छैन भनि लखेटी दियो ।
छैन भनि लखेटी दियो ।
१८-१२-०११
[प्रारम्भिक चरणमा लेखिएको केस्रा]
"कसम"
तिम्रै लागि जीवन धाने
जे भन्यौ मैले सबै माने
घाम छायाको जिन्दगीमा
भरपर्दो तिमीलाई छाने
भरपर्दो तिमीलाई छाने
कसम खायौ साथ धाने
त्यसैले तिम्रो हात ताने ।
०४-११-०११
[प्रारम्भिक चरणमा लेखिएको केस्रा]
[प्रारम्भिक चरणमा लेखिएको केस्रा]
No comments:
Post a Comment