- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Wednesday 8 February 2012

कृष मगर


कृष मगर जीका केस्राहरु
         
           "अभागी"

दुनियाँ नै यस्तै रैछ,घात दिने
उन्ले जस्तै मायाँ मैले,पनि किने

भौँतारिन्थेँ यो मायाको,अर्थ खोज्दै
चोखो प्रेम बल्ल आज,मैले चिने

स्वार्थी रैछौ तिमी दु:ख,हरू दिने
म नै मात्र रैछु केवल्,आँशु लिने ।

            23-01-012
       [प्रारम्भिक उत्तरार्द्ध चरणमा लेखिएको केस्रा ]

           
            "पीडा"

आउंछु भनि मलाई  किन ढाँटेको
त्यसैले मेरो  यो मन नि फाटेको

नबल्झाउ भरि सके पीडाहरु
आफ्नो मुटु किन हो अन्त साटेको

थाहा भयो परिवेशले ढाँटेको
पाँसो बनि समयले कस्न आँटेको ।
                   06-01-012
             [प्रारम्भिक उत्तरार्द्ध चरणमा लेखिएको केस्रा ]

      "इच्छा"

लाइदेउ माला उनेर
त्यो तिम्रै दिलमा थुनेर

कति पाल्छौ जोवन अझै
मन भरि इच्छा गुनेर

नराखन खुशी उनेर
दुनियाँको कुरा सुनेर 
              11-12-011
         [प्रारम्भिक चरणमा लेखिएको केस्रा]
     
      "पश्चाताप"

म तिमीसंग पल्किएर
गयो जोवन ढल्किएर

रुन्थें हजुर सधैं सधैं
यी आँशुहरु तल्किएर

हो ताप भित्र पल्किएर
मुटुमा आगो सल्किएर ।
                   04-12-011
          [प्रारम्भिक चरणमा लेखिएको केस्रा]
     
       "क्रन्दन"

 तिम्रै लागि जिएँ
पीडा तिम्रो लिएँ

पानि रै छ आँशु
घुटु घुटु पिएँ

वेदनामा जिएँ 
भित्र भित्रै खिएँ ।
           21-11-011
     [प्रारम्भिक चरणमा लेखिएको केस्रा]
     
          "अनुभ"

खोज्दै जाँदा तिम्लाई, दिलभित्र पाएँ
मनभरी तिम्रै, तस्वीर सजाएँ

अँन्धेरीमा माया, छामि छामी खोजेँ
सधैँ सधैँ ,तिम्रै समीप धाएँ


नबिझाउने तिमी, आँखा भित्रै पाएँ
अनि मैले तिमी,सँगै माया लाएँ

                            22-10-011
                 [प्रारम्भिक चरणमा लेखिएको केस्रा] 

       "बियोग"

साथ छुट्दा एक्लो भा'छु
पागल बन्दै गा'छु

तिमीबाट टाढा भए
एक्लाई बाँचि रा'छु


मरेको त्यो आशा भा'छु
सबैतिर धोका खा'छु |
            12-10-011  
      [प्रारम्भिक चरणमा लेखिएको केस्रा]
            
          - चितवन,हाल:- यु.ए.ई.

No comments:

Post a Comment