- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday 28 November 2013

ईक्शाहाङ् चेम्जोंग

      ईक्शाहाङ् चेम्जोंग जीका केस्राहरु 

"समर्पण" 

ईक्शाहाङ् चेम्जोंग
पाँचथर 
बाँचुन्जेल माया गर्छु
बरु मरे पनि मर्छु

तिमी जति टाढा हुन्छौ
म नै तिमीतिर सर्छु

जुनी-जुनी माया गर्छु
मायाले नै मुटु भर्छु ।

"काठमान्डौ" 

Monday 25 November 2013

दस्तावेज:- आफ्नो भनाई [भाग-१]

         प्रवर्तकको कलमबाट 
- मौलश्री लिम्बु
झापा,हाल-मलेसिया 
                                  [पृष्ठ ड-त]
“जाउँ”

जाउँ यता
जाउँ उता

दु:खी मान्छे
जाउँ कता

जाउँ यता
जाउँ जता। 




            प्रयुक्त रचना साथै संरचना सर्वप्रथम फेसबूकमार्फत [०३-१०-२०११] मा ‘केस्रा विधा’ प्रस्तावका लागि प्रकाशित गरिएको हो। अहिलेको अत्याधुनिक समयमा इन्टरनेटको माध्यमले साहित्यको क्षेत्रलाई बृहत,छिटो,सुलभ अनि सुविधा उपभोग गर्नेहरुको पहुँचसम्म पुर्याई रहेकोछ।‘केस्रा’ विधाको घोषणा हुनुमा इन्टरनेटको प्रयोगले पनि अति नै सघाउ पुर्याएकोछ।यसैको प्रयोगले प्रकाशित हुने ‘केस्रा’ हरुमा अग्रज स्रष्टा ,सर्जक,समकालीन साहित्यानुरागी मित्रहरुसंग बारम्बार बहस/प्रतिक्रिया आदान-प्रदान गरि विधाका लागि चाहिने आधारभूत मान्यताहरुको खाका तयार पार्न सम्भव भएको हो। उपर्युक्त

Thursday 14 November 2013

कृष मगर

      कृष मगर जीका केस्राहरु 
कृष मगर
चितवन,हाल-यु.ए.ई.

“निराशा”

किन मन भयो विरानी
खिन्न खिन्न भयो बिहानी

दे’को थियौ माँयाको चिनो
रूमाल आज भयो निशानी

आफ्नै मान्छे भयो विरानी
उनको माया भो बेईमानी ।
२७-०५-२०१३
[प्रयुक्त केस्राको चौथो र छैटौ हरफमा दश लिपि चिन्ह भएता पनि केस्राको मान्यता अनुसार प्रत्येक हरफमा एक स्वर वर्ण छुट हुने भएकोले समग्रमा केस्रा नौ लिपि चिन्हमा आधारीत छ। यहाँ 'अल्पश्रुति अनुप्रास' को प्रयोग गरिएकोछ।अनुप्रास:- विरानी= व+इ+र+आ+नी> "रानी" यसर्थ अनुप्रासहरु >रानी/हानी/शानी/मानी  ]

Sunday 10 November 2013

दान राई 'झरी'

    दान राई 'झरी' जीका केस्राहरु 

"यादमा"

तिमीसंग टाढिएसी दु:खें धेरै
यादै यादमा पग्लियो मुटु मेरै

जलें म त भित्र भित्रै आफै यहाँ
अतितका याद ति मनैमा ले'रै

छुटे पछि साथ हाम्रो दु:खें धेरै
सारा बाचा कसम गएसी खेरै 
२३-०७-२०१३ 
[प्रयुक्त केस्रामा बाह्र लिपि चिन्हको प्रयोग गरिएको छ।अनुप्रास "ले'रै" शब्दको प्रयोग भएकोले प्रकारको आधारमा  यस केस्रा "आश्रित अनुप्रास"  अन्तर्गत पर्दछ ।]

Wednesday 6 November 2013

असफल गौतम

    असफल गौतम जीका केस्राहरु 
- असफल गौतम
पोखरा 

"चाकडी"

खै सधै दुई अक्षर केरिरह्यो
चाकडीले सीमा नाघ्दा हेरिरह्यो

उनी आजको चलन यस्तै भन्छन्
तर एक्लै लामो सास फेरिरह्यो

दिनरात नभनि नै केरिरह्यो
दोसल्ला त अर्कैले पो बेरिरह्यो !
२१-१०-२०१३

"चलखेल"

Saturday 2 November 2013

दस्तावेज:-अध्याय-क [भाग-३]

          “केस्रा”विधाको नामाकरण 
                                             [पृष्ठ ४२-४३] 
         नेपाली साहित्यमा धेरै विधाहरु छन् ।प्रत्येक विधाहरुको छुट्टै तत्व तथा आधारहरु हुने गर्छन।संरचना शिल्प,प्राविधिक पक्ष,लय तथा प्रस्तुति आदीमा फरक-फरक पहिचान भएकोले अलग विधाको नामकरण सम्भव भएको हो।मुलत:साहित्य विधालाई चार प्रकारमा विभाजन गरिएकोछ:-१) आख्यान= उपन्यास,कथा,लघुकथा,आत्मा कथा आदि २) कविता = गीत,कविता,गजल,मुक्तक आदि ३) निबन्ध = निबन्ध,प्रबन्ध,नियात्रा,संस्मरण आदि र ४) नाटक =एकाङ्की,पूर्णाङ्की आदि ।अहिले यिनीहरुको सूक्ष्म अध्ययन पछी दुई भागमा बाँडेर चर्चा गर्न थालिएकोछ।:-१) आख्यान र २) अनाख्यान
        आख्यान भन्नाले सिलसिलेवार शब्दहरुको वाक्य संरचनामा पद्ध्य विधामा जस्तो लय नभएका उपन्यास,कथा,लघुकथा,निबन्ध,नाटक,नियात्रा आदि पर्दछन।त्यस्तै अनाख्यान विधा अन्तर्गत कविता,गीत,गजल,लेखिएका खण्ड काव्य-महा काव्य,गद्ध्य कविता आदि पर्दछन।विधाहरुलाई दुई समूहमा