- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday, 14 November 2013

कृष मगर

      कृष मगर जीका केस्राहरु 
कृष मगर
चितवन,हाल-यु.ए.ई.

“निराशा”

किन मन भयो विरानी
खिन्न खिन्न भयो बिहानी

दे’को थियौ माँयाको चिनो
रूमाल आज भयो निशानी

आफ्नै मान्छे भयो विरानी
उनको माया भो बेईमानी ।
२७-०५-२०१३
[प्रयुक्त केस्राको चौथो र छैटौ हरफमा दश लिपि चिन्ह भएता पनि केस्राको मान्यता अनुसार प्रत्येक हरफमा एक स्वर वर्ण छुट हुने भएकोले समग्रमा केस्रा नौ लिपि चिन्हमा आधारीत छ। यहाँ 'अल्पश्रुति अनुप्रास' को प्रयोग गरिएकोछ।अनुप्रास:- विरानी= व+इ+र+आ+नी> "रानी" यसर्थ अनुप्रासहरु >रानी/हानी/शानी/मानी  ]



“शुभचिन्तक”

साधनामा सधैं कस्तो मान्छे चुन्यौ
निदरीमा कस्ता कस्ता चाह बुन्यौ

कसैले तिमीलाई ज्यूँन सिकायो
लाग्छ त्यो तस्विर मुटू भित्र थुन्यौ

खुशी छु सुखी जीवन साथी चुन्यौ
धन्य,ईश्वर ! मेरो प्रार्थना सुन्यौ ।
१९-०५-२०१३
[दृष्टान्त:- कृष जीका प्रकाशित पछिल्लो केस्राहरु अध्ययन गर्नका लागि यहाँ क्लिक गर्नुहोस्]

No comments:

Post a Comment