- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Sunday 10 November 2013

दान राई 'झरी'

    दान राई 'झरी' जीका केस्राहरु 

"यादमा"

तिमीसंग टाढिएसी दु:खें धेरै
यादै यादमा पग्लियो मुटु मेरै

जलें म त भित्र भित्रै आफै यहाँ
अतितका याद ति मनैमा ले'रै

छुटे पछि साथ हाम्रो दु:खें धेरै
सारा बाचा कसम गएसी खेरै 
२३-०७-२०१३ 
[प्रयुक्त केस्रामा बाह्र लिपि चिन्हको प्रयोग गरिएको छ।अनुप्रास "ले'रै" शब्दको प्रयोग भएकोले प्रकारको आधारमा  यस केस्रा "आश्रित अनुप्रास"  अन्तर्गत पर्दछ ।]



"संयोग"

न मैले बुझें न तिमीले बुझ्यौ
न मैले सुने न तिमीले सुन्यौ

भेटियौं हामी र छुट्टियौं फेरि
न म नै दुखें न तिमी नै दुख्यौ

बुझिन मैले न तिमीले बुझ्यौ
न मैले लुटें न तिमीले लुट्यौ 
२२-०७-२०१३ 
[प्रयुक्त केस्रामा एघार लिपि चिन्हको प्रयोग गरिएको छ।अनुप्रास शब्दहरुको 'वर्ण' अलग-अलग भएकोले प्रकारको आधारमा  "स्वरश्रुति अनुप्रास 'अन्तर्गत पर्दछ।साथै  'न' शब्दको प्रयोग पहिलो,दोश्रो चौथो,पाँचौ र छैटौं हरफमा लेखिएकोले प्रकारको आधारमा यो 'आवृति केस्रा'हो।]  

"अनुमती"

जान्छौ नै भने जाँदै गर
क्षितिज भन्दा अझै पर

हुने छैन गुनासो मेरो
चाहे मेरो खुशी नै हर

कहाँ लौ जान्छौ जाँदै गर
बनाउ उतै बलियो घर 
१७-०७-२०१३ 
[प्रयुक्त केस्राको छैटौं हरफमा  "दश" लिपि चिन्हको प्रयोग गरिएता पनि कुनै पनि हरफमा एक  'स्वर वर्ण' छुट हुने केस्रा विधाको मान्यताको आधारमा यो केस्रा समान "नौ'' लिपि चिन्ह अन्तर्गत पर्दछ।] 


"कदम"
मेरो शहर छोडि
बाचा कसम तोडी

तिमी हुँदैछौ टाढा
आज पाईला मोडी

एक्लै मलाई छोडि
अन्तै साईनो जोडि 
२१-०६-२०१३


"तिमी" 

कालो रै'छ धन कालै रै'छ मन
हेर्ने दृष्टि उस्तै त्यसै माथि झन

छक्कै पर्छु म त तिमीलाई हेरी
रै'न रै'छ रत्ति मानव त्यो पन

आज थाहा भयो कत्ति पापी मन
तिम्रा काला कर्म सबै साक्षी छन 
०९-०६-२०१३
[दृष्टान्त:- दान राई 'झरी' जीका पछिल्लो प्रकाशित केस्राहरु अध्ययन गर्नका लागि यहाँ क्लिक गर्नु होस् ]

No comments:

Post a Comment