- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।
Showing posts with label केस्रा. Show all posts
Showing posts with label केस्रा. Show all posts

Friday, 5 January 2018

शिर्षक एक केस्रा अनेक- २०७४

केस्रा विधाको छैटौं वार्षिकोत्सबको अवसरमा "साहित्यिक चौतारी नेपाल" द्वारा मिति २०७४ पौष १९ गते बुधबार तदानुसार सन् २०१८ जनवरी ३ तारिखका दिन "शिर्षक एक केस्रा अनेक" अन्तर्गत 'प्रेम' शिर्षकमा लेखिएका केस्राहरू:--
(१)         "प्रेम"
पहिलो प्रेम प्रस्ताव आयो
हृदयमा असाध्यै हर्ष छायो
दुइ प्राण एक भएपछि
हाम्रो प्रेमले सार्थक पायो
गुमेको खुशी फर्केर आयो
कैले नछुट्ने कसम खायो।
#चोमु शेर्पा खुशी, ताप्लेजुङ
   (२)केस्रा:-- प्रेम
एकै नजर जुधेको थियो
अचम्म भयो मुटु साटियो
भएछ क्यारे प्रेमको रोगी
सबै भुल्यो र एकै सम्झियो
दुवैको सपना एउटै थियोे
तब चम्कियो प्रेमको दियो।
#सन्दीप संग्रौला 'दिलदुखी'
लालिगुराँस नगरपालिका-६
             तेह्रथुम
       हाल : मलेसिया
   (३)केस्रा :-प्रेम
नजर बाणले करणी गरेर
थाहै नपाई लग्यौ दिल हरेर
जादू कस्तो चलायौ तिमीले प्रिया
पागल हुदैछु मायामा परेर
नदिनु धोका तिमी प्रेम गरेर

Thursday, 10 August 2017

केही केस्राहरु -२०७४



            साहित्यिक चौतारी नेपालमा लेखिएका केस्राहरु

        "तिज"

दुई दिनको छुट्टी मिलाएर
रमाउ दिदी माईति आएर

फर्केर जाउली छिट्टै घरैमा
आमाले पकाएको दर खाएर

नाच्दै लन्डनको सारी लाएर
पीर भुल्नुपर्छ गीत गाएर ।
- समर्पित बिमस
***     *****       ****

       "पहिचान"

आफ्नै अस्तित्वको मेटिदैछ सिमा
अनेकौं विकृती आए संस्कृतिमा

Monday, 7 August 2017

चोमु शेर्पा खुशी

     चोमु शेर्पा खुशी जीका दुई केस्रा
     
चोमु शेर्पा खुशी
ताप्लेजुङ ,हाल-दमक,झापा ।
 
            "बिस्थापन"

चिनाजान भयो साथी बनाईयो
वास्तविकता नि  सबै बताईयो

उस्ले मेरो बदनाम गर्नु थिएछ
ब्यर्थैमा चिनो मायाको पठाईयो

फेरि  नबोल्ने  योजना बनाईयो
अनि  पुरै  दिलैबाट    हटाईयो।
****       *****    ******
   
         जिन्दगी

जिन्दगी हो भन्छन् कर्कलाको पानी
दु:ख  सहनु  रे आफ्नै  भाग्य  ठानी


Tuesday, 25 July 2017

Empti ness सुरेश राई

सुरेश राई  Empti Ness  जीका केस्राहरु 
सुरेश राई Empti ness
उदयपुर

१.  "विपरितमा"

रात  नभए   के  अर्थ  बिहानिको
बृद्ध  भएर  जाने  त्यो जवानिको

दुखले नै सुखको अस्तित्व राख्छ
मरुभूमिमा  महत्त्व हुन्छ पानीको

हुँदैन    समय    सधैं   बिहानीको
यहि   परिक्षा   हो  जिन्दगानीको।


२.  भ्रम

ढुङ्गा  टिपेर  मन्दिरमा राखियो
अनि  त्यसैलाई  ईश्वर मानियो

आमाको चीत्कार सुनेन उसले

जसलाई  सधै  इश्वर  सम्झियो

ईश्वरको  नाममा  भ्रम राखियो
यथार्थमा ढुङ्गा त ढुङ्गा नै थियो।


३.  छुवाछूत

Friday, 10 March 2017

शिर्षक एक केस्रा अनेक

       
नेपाली साहित्यको विकास र विस्तारमा अनवरत क्रियाशील हाम्रो साहित्यिक संस्था साहित्यिक चौतारी नेपालले १०७ अौ अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा साहित्यिक चौतारीको नियमित छलफल कक्षमा नारी हक, अधिकार र सशक्तीकरणका पक्षमा वकालत गर्दै शिर्षक एक केस्रा अनेक बिशेष कार्यक्रम सम्पन्न गरेका छौँ । साहित्यिक चौतारी नेपालकि सक्रिय नारी श्रष्टा केस्रा सर्जक प्रभा ढुङ्गानाको संयोजकत्वमा भएको उक्त केस्रा लेखन बिशेष कार्यक्रममा साहित्यिक चौतारी नेपालकी प्रमुख सल्लाहकार सावित्रा लुइँटेल घिमिरे लगायत समस्थ पदाधिकारीहरु, नारी श्रष्टाहरु तथा सिङ्गो साहित्यिक चौतारी परिवारका सबै सहकर्मी श्रष्टाहरुले उत्साहजनक रुपमा सहभागिता जनाउनु भएको थियोे। प्रस्तुत छ सोही कार्यक्रममा संरचित शिर्षक एक केस्रा अनेक "नारी" शिर्षकका यी सुन्दर केस्राहरु:--
१.    केस्रा : नारी

Sunday, 8 May 2016

शिर्षक एक केस्रा अनेक-११

नवज्योति नेपाली साहित्य समाजद्वारा आयोजित "शीर्षक एक, केस्रा अनेक" भाग -११ अन्तर्गत "नारी दिवस" को अवसरमा "नारी दिवस" शीर्षकमा लेखिएका केस्रासर्जकहरुको केस्राहरु:-
~~~~   ~~~~   ~~~~~~
     "नारी दिवस"
हुन्न  गरेर मात्र  जल  कलश
मान्छौ भनेर यहाँ नारी दिवस
नारी नै हुन देवि कालिको रुप
भर्नु तिमीले मनभित्र  साहस
लिएर अधिकार भर्दै कलश
भरौ नारीको ज्ञानको यो मानस।
- रमेस रसिक
निजगढ  ।
****     *****    ****
     "नारी दिवस"

Thursday, 7 April 2016

दिलिप राई 'सगर'

      दिलिप राई 'सगर' जीका केस्राहरु
         "अठोट"
केस्रा  लेखेर  मरे  मरिन्छ
लेखिरने  कोशिस गरिन्छ
नेपाली  साहित्य  मौलाउन
साहित्यको भन्डार भरिन्छ
सपना   पूरा   गरि  मरिन्छ
अमर  नाउँ  सुवास छरिन्छ ।
***    ****    ****
        "डोको"      

Monday, 28 March 2016

शिर्षक एक केस्रा अनेक-१०

नवज्योति नेपाली साहित्य समाजद्वारा नियमित शृङखला "शीर्षक एक, केस्रा अनेक" भाग -१० अन्तर्गत दुर्घटना ग्रस्त तारा एयरको विमानमा मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै "समवेदना" शिर्षकमा लेखिएका केस्रा सर्जकहरुको केस्राहरु.....
~~~~~     ~~~~~~   ~~~~
         "समवेदना"
डर लाग्छ जब म गर्छु कल्पना
कसरि भयो खै प्लेन दुर्घटना
शोक स्तब्ध परिवारहरु प्रति
धैर्य गर्ने शक्ति मिलोस् है कामना
दु:खि मन बनाई गर्दै कल्पना
मृतक आत्माप्रति समवेदना।
- केशब शाही
दैलेख।
***    ****   *****
       'संमवेदना'

Friday, 25 March 2016

विमल पोख्रेल

विमल पोख्रेल जीका केहि केस्राहरु
     "रहर"
माया लाउने मेरो रहर
पूरा गर्ला कुन शहर
अचेल जताततै देख्छु
मायालु जोडीको लहर
र त लाग्यो मलाई रहर
माया खोज्दै हर प्रहर ।
***   ***
    "आवेग"

Sunday, 20 March 2016

शिर्षक एक केस्रा अनेक-९

      नवज्योति नेपाली साहित्य समाजको नियमित शृङखला "शीर्षक एक, केस्रा अनेक" भाग -९ अन्तर्गत  "प्रजातन्त्र दिवस" को अवसरमा "प्रजातन्त्र दिवस" शीर्षकमा लेखिएका केस्रा सर्जकहरुको केस्राहरु.......
-नवज्योति नेपाली साहित्य समाज
~~~~~*******~~~~~~
        "प्रजातन्त्र दिवस"
समस्त  प्रजाको  भएको  छ  जित
चिताउ    सबैले   दु:खियाको   हित
भाइचारा   बढाउ    प्रेम   भावले
घृणा  भुली  खुशीमा  लगाई मित
हुनेछ   सदैब   प्रजाको   नै   जित
साटौ खुशी मानी चली आ'को रित।
- बिष्णु कार्कि
****    ****    ****
     "प्रजातन्त्र दिवस"

Wednesday, 16 March 2016

सन्दिप संग्रौला 'दिलदु:खी'

    सन्दीप संग्रौला "दिलदु:खी"जीका केस्राहरु
    "अनाथ"
त्यो बाटोमा कोही रुँदैछ
बेला बेला मुर्छा हुँदैछ
भोको नाङ्गो हेर विचरा !
जुठो पुरो खाना छुँदैछ
छ कारण र त रुँदैछ
आँसु बनी दु:ख चुँदैछ।
****   ***    ****
      "टुकी"

Thursday, 25 February 2016

शिर्षक एक केस्रा अनेक-७

नवज्योति साहित्य समाज परिवारद्वारा आयोजित नियमित शृङ्खला "शीर्षक एक, केस्रा अनेक" अन्तर्गतको भाग -७ मा "जिन्दगी" शीर्षकमा लेखिएका केस्रा सर्जकहरुको केस्राहरु:-
~~~~******~~~*****~~~
         "जिन्दगी"
हाँसो खुसी सराबरी जिन्दगीमा
मुस्कान ओठमा आँसु परेलीमा
आफै बोक्सी आफै धामी बन्नुपर्दा
चल्छ छुरा जानाजान कलेजीमा
नातासंगै स्वप्ना टुट्दा जिन्दगीमा
जान्छ बाँकी लक्ष्य सबै अंधेरीमा ।
- निस्चल आँसु घायल
होक्लाबारी-३, मोरङ्
अचेल- मलेशिया।
***    ****
          "जिन्दगी"

शिर्षक एक केस्रा अनेक-८

नवज्योति साहित्य परिवारद्वारा आयोजित नियमित शृङ्खला "शीर्षक एक, केस्रा अनेक" अन्तर्गतको भाग -८ मा "प्रणय दिवस" शीर्षकमा
लेखिएका केस्रा सर्जकहरुको केस्रा
~~~~*****~~~~*****~~~~
      'प्रणय दिवस'
प्रेमको   प्रतिक    गूलाव   दिएर
फाटेको  यो मन   स्नेहले  सिएर
आगों  दुवै   तर्फ   बलेको   रहेछ
प्यास मेटायौ चिसो घुट्को पिएर
बैना   स्वरूपको   चुम्वन  दिएर
तृप्ति भयौ  भन्ने संकल्प  लिएर।
- विनोद 'पाल्पाली'।
***    ***
        "प्रणय दिवस"

Friday, 12 February 2016

शिर्षक एक केस्रा अनेक-६

नवज्योति नेपाली साहित्य समाज परिवारद्वारा आयोजित "शीर्षक एक, केस्रा अनेक" भाग -६,अन्तर्गत "साहित्य" शीर्षकमा लेखिएका केस्रासर्जकहरुको केस्राहरु:
~~~     ~~~~~~
        "साहित्य"
साहित्य एउटा  खुबी हो  मेरो
गाउने   गर्छु   यहीं   सेरोफेरो
यसैले  नै  जिन्दगी  त  बन्दैन
तर यो  बिना  हुन्छु  म अँधेरो
यो त  जहिल्यै  रहर  हो  मेरो
यहीँ नै बन्यो जिन्दगीको घेरो।
- दिल प्रकाश मगर भावुक
***     ***
         "साहित्य"

Sunday, 31 January 2016

शिर्षक एक केस्रा अनेक-५

नवज्योति नेपाली साहित्य समाजद्वारा आयोजित "शीर्षक एक, केस्रा अनेक" भाग-५, अन्तर्गत आज "प्रवास" शीर्षकमा लेखिएका केस्राहरु:-
~~~*****~~~~
       "प्रवास"
गरीबीले गर्दा प्रवास धायो
न खाचो टार्ने सम्पति कमायो
सरसामान जस्तो बेचिएछ
खाडि आए पछि पो थाहा पायो
सुखको सपना बोकेर धायो
आफ्नै लास बाकसमा फर्कायो।
- प्रीन्स याक्खा 'प्यासि'
संखुवासभा,हाल-अफगानिस्तान।
****    ****
        "प्रवास"

Wednesday, 27 January 2016

केही केस्राहरु-२ (२०७२)

इन्द्र नारथुङ्गे,उमा वत्स र केशव न्यौपाने जीका केस्राहरु
"स्मृति"
एकोहोरो परिरहेछ पानी
भिजाउने पो हो कि यो जवानी ?
मन चञ्चल चञ्चल बनेर
लान खोज्दैछ रे बाहिर तानी
स्मृती बल्झाउँदै पर्दैछ पानी
अहा ! असारे झरीको कहानी ।
---   ---
      "औकात"

उमा वत्स र दिलिप सगर

उमा वत्स र दिलिप राई सगर जीका केस्रा दोहोरी
~~~****~~~~***
"प्रीति"
मन्दिर धाएँ
तिम्लाई पाएँ
आधार खोज्दै
यो गीत गाएँ
तिमीमै धाएँ
पिरती लाएँ ।
        - उमा वत्स
***
"थाहा"
मन्दिरमा धाउँदा
मेरो छेउ आउँदा
थाहा पाएको मैले
सुलेलीमा गाउँदा
मतिर नै धाउँदा
ती नैन लजाउँदा ।
            - सगर
***
    "यात्रा"

Thursday, 21 January 2016

शिर्षक एक केस्रा अनेक-४

नवज्योति नेपाली साहित्य समाजले सुरु गरेको "शीर्षक एक केस्रा अनेक" भाग-४, अन्तर्गत"आमा" शीर्षकमा लेखिएका केस्राहरु:-
****~~~~*****
           शीर्षक- "आमा"
यो धर्तिमा तिमीले जन्म दिलायौ
दश  धारा  दुध मलाई   पिलायौ
छिद्र  परे  पनि वेदनाले आफू
मेरो मुस्कानले कलेजी  सिलायौ
गह  धुदै आँशुले  खुशी  दिलायौ
धन्य दैव म र त्यो काख मिलायौ।
- ऋतु सन्धि "रोका"
देउराली ४ गोर्खा ,हाल: दुबई।
***    ***
        "आमा"

Sunday, 17 January 2016

एक शिर्षक अनेक केस्रा-३

नवज्योति नेपाली साहित्य समाजमा "एक शीर्षक केस्रा अनेक" अन्तर्गत भाग-३ का लागि 7 जनवरी 2016 का दिन "बेरोजगारी" शीर्षकमा लेखिएको केस्राहरु।
*** ~~~~   ***
      'बेरोजगारी'
प्रवास आए खोज्दै रोजगारी
देश अनि माटोको माया मारी
देशमा कतै रोजगार छैन
नेता जति भए सबै भ्रष्टाचारी
नपाउदा देशमा रोजगारी
खाडिको तातोमा बोक्दैछु भारी।
- प्रीन्स याक्खा 'प्यासी'
संखुवासभा,हाल अफगानिस्तान।
***   ***
        "बेरोजगारी"

Saturday, 9 January 2016

डा. विजय लिङ्देन

      डा. विजय लिङ्देन जीका केस्राहरु
      "माङ्तोक"
सहिद हुँ म के मलाई चिन्छौ ?
झगडा गरि किन दु:ख दिन्छौ
छातीमा गोलि थापेको होईन
अबिर माला केका लागि किन्छौ
यो राज्यको दुश्मन तिमी चिन्छौ
लिम्बुवानको सुख किन लिन्छौ।
* माङ्तोक= लिम्बुवान आन्दोलनका सहिद।
***    ***    ***
         "ईच्छा"