- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Monday 28 March 2016

शिर्षक एक केस्रा अनेक-१०

नवज्योति नेपाली साहित्य समाजद्वारा नियमित शृङखला "शीर्षक एक, केस्रा अनेक" भाग -१० अन्तर्गत दुर्घटना ग्रस्त तारा एयरको विमानमा मृतकहरुको आत्माको चिर शान्तिको कामना गर्दै "समवेदना" शिर्षकमा लेखिएका केस्रा सर्जकहरुको केस्राहरु.....
~~~~~     ~~~~~~   ~~~~
         "समवेदना"
डर लाग्छ जब म गर्छु कल्पना
कसरि भयो खै प्लेन दुर्घटना
शोक स्तब्ध परिवारहरु प्रति
धैर्य गर्ने शक्ति मिलोस् है कामना
दु:खि मन बनाई गर्दै कल्पना
मृतक आत्माप्रति समवेदना।
- केशब शाही
दैलेख।
***    ****   *****
       'संमवेदना'
जिन्दगी लास भयो दिन नआई
कठै ती  दिदि बहिनी  दाजु भाई
आज  नेपाल  आमा संगै रुँदै छु
विमान    दुर्घटना   खबर   पाई
दु:खी  हुँदै भने  नवज्योति आई
श्रद्धा सुमन मृतक  आत्मालाई।
- निश्चल तामाङ "आरम्भ"
  सिन्धुली तिनकन्याँ ८
       हाल:प्रवास।
*****    ****    ****
       "समवेदना"
जानू थियो कहाँ ? लग्यो उस्ले टिपी
बस्या रै'छ काल जहाजमा छिपी
भारी मन-आशु उनको नाउँमा
चढाउछु श्रद्धा वेदनाले लिपी
निहत्था ति आत्मा लग्यो टप्प टिपी
भर   देऊ   दैव  साहसले  खिपी।
- रबिन जि सी
पर्बत,हाल:-द कोरिया।
*****    ***      ****
       ''समवेदना''
हे दैव ! गल्ती के नै पो थियो खास
बनाई दियौ किन छिनमै लास
प्राण पखेरु उडाई लगि दियो
मृत्यू आउदा यहाँ बनि बतास
समवेदना मात्र चढाएँ खास
स्वर्गमा नै रहोस् मृतकको बास।
- योगेन ढोली
काठमाडौं, हाल-प्रवास।
***** ****    ****
       "समवेदना"
२३ जना रहे जो केवल सम्झनामा
तारा  प्लेन मात्रै खेल्छ कल्पनामा
जन्मको  साईत   रैछ  सबै  कुरा
अतीत बनी  पोखियो  भावनामा
दुर्घट्नामा  पर्ने  रह्यो  सम्झनामा
२ शब्दको हार्दिक  समवेदनामा।
- प्रीन्स याक्खा प्यासी
     संखुवासभा
हाल अफगानिस्तान  ।
        (सह्रानिय केस्रा)
****    ****     ****
       "समवेदना"
मृतक २३ जना प्रती श्रद्धा  सुमन
लुट्यो भाविले अकालमा जिवन
सकिन तिम्रो  जीवन  रक्षा गर्न
दुखेको छ छाती रोकेर धड्कन
छन्  भावविह्वल  रोएर  यो  मन
छुटायो लौ भगवानले बन्धन।
- बिन्दा लामा"तृष्णा"
तिनकन्या"६"सिन्धुली
हाल-बिरानो मुलुकमा ।
*****    *****     ******
         'संमवेदना'
कतिको इच्छा पुरा हुनै  दिएन
बज्र याँ पर्ला भन्ने थाहै थिएन
केवल श्रद्धाञ्जली मृतात्मालाई
पापी दैवले मृत्यु फिर्ता लिएन
धेरै ज्युन त यहाँ  दिदै  दिएन
फाट्यो मन यहाँ सिउदै सिएन!
- उमा दाहाल
*****     ****     ****
       "समवेदना"
थिए होला कैयौं स्वप्न धेरै खास
बनी दियो कठै  शरीर त्यो लास
२३ जना एकैचोटी  भैदिदा  खरानी
दु:खी त्यो घरमा कस्को होला आस
मृत आत्मालाई श्रद्धाञ्जली खास
पाओस् भनी  सधै नै स्वर्गमा बास।
- सुमन ido
ईलाम नयाँबजार,हाल-मलेशिया।
***    ****    ****
        "समवेदना"
नेपालीलाई  विपत  पर्‍यो  घना
दुर्घटनामा मृत्यु भएको २३ जना
सदा सदा शान्ती पाओस् है आत्माले
टक्राएँ   मैले  मेरो     समवेदना
कस्तो भाग्य हाम्रो चोट भोग्ने घना
सदा विफल हुन्छ हाम्रो कल्पना।
-रमेश रसिक
बारा ।
****    ****    ****
      "समवेदना"
अकोल्पित दुर्घटनाले झस्किएँ
भावपुर्ण  श्रदा  सुमन  पस्किएँ
निर्दयी  दैव  अल्पायुमै  चुढायौं
सारा नेपालीको मुटु नै चस्किए
परिवारजन  झन् कति झँस्किए
अन्य चालकको मन न खस्किए।
- चन्द्रा मरासिनी
स्याङ्जा ,हाल- काठमाडौं।
*****    ****   ****
         "समवेदना"
अचानक  दिन  भो   अधेरी  रात
दैवले   गरि'गो   साह्रै  ठुलो  घात
नपुगी  गन्तव्य   बिलाए  बिचमा
कठै   घर  भित्र   पर्यो  बज्रपात
झर्दा  तारा  धर्तीमा दिन भो रात
श्रद्धाञ्जली तेईसमा जोडि हात।
- बिष्णु कार्की
****     ****     ***
       "समवेदना"
फर्की भेटु परिवार थियो आस
क्षणभरमा नै भैदियो त्यो लास
श्रद्धा सुमन हरेक  आत्मालाई
स्वर्गमा नै रहोस् है सबैको बास
एक निमेषमा नै टुट्यो त्यो आस
ती जोडीले पनि छाडे संगै सास।
- आकाश शेर्पा
****    ****     ****
        "समवेदना"
खसेछ म्याग्दिमा अचानक तारा
अन्धकारमय भो   दुँनिया  सारा
केस्रा  बाट  चढाए  समवेदना
कालको  सिकार  बने  कर्महारा
उदाउन नपाई अस्तायो तारा
श्रद्धासंगै चढाए आँसुको धारा।
- आर्य आयुषा
सिन्धुपाल्चोक।
****    *****    *****
      "समवेदना"
कती थिए होला इच्छा र चाहना
दबिए ती सारा मनको भावना
निर्दयी दैवले साथ लगि छोड्यो
गरें होलान् कति बिन्ती र प्राथना
अपुरा छोडी गए सारा चाहना
२३ सबैलाई हार्दिक समवेदना।
- तारा दिप्साली
भोजपुर ,हाल धरान।
****    ****   ***
       "समवेदना"
त्यो आकस्मिक बिमान दुर्घटना
बिग्रीएर हो कि, कि खर खजना
बेलैमा  तत्काल  निग्रानी न गरे
अझैं जटिल देखिन्छ सम्भावना
अविस्वास्निय भै घट्यो दुर्घटना
मृतक आत्मा  प्रति समवेदना।
- शिब राज बि.सि यकल यात्री
****    ****    ****
       "समवेदना"
एकै क्षणमा छायो औसिको रात
यो लोक बाट छुट्यो निर्दाेष हात
फुल्दा फुल्दै चुँड्यो निर्दयी कालले
कस्तो  निठूर  रैछ  दैव को  जात
कहिले नआओस् यस्तो कालो रात
ती आत्माको श्रदा सुमनको बात।
- सुमन अज्ञात यात्री
****    ****    ****
       "समवेदना"
करोडौको जुनी भयो नि सितामा
शान्तिको निद्रा निदाउन चितामा
समवेदना धैर्य मिलोस् है प्रभु
शोकले व्याकुल ती माता पितामा
रासमा जीवनी कसैको सितामा
रहेछ नीति भेद  वेद गीतामा।
- राजिव जि सि संघर्षी
****    ****    **
      "समवेदना"
हर्यो अकालमा निर्दोषको श्वास
कुहिदैछ घोप्टे भिरमा ती  लास
हे आत्मा हरु हार्दिक श्रद्धाञ्जली
स्वर्गमा मिलोस् है सबैलाई बास
भन ए ! दैव किन  चुँडाईस्  श्वास
के थ्यो दुश्मनी उनिहरुमा खास।
- आवास गुन्जन
***    ****    ****
       "समवेदना"
कयौ बुबा आमाका सपना टुट्यो
टुहुरा भयो कयौंका  साथ  छुट्यो
श्रदा सुमन मृतात्मा सबैलाई
कसैको यहाँ आज सर्बस्व लुट्यो
सजाएका सारा ती सपना टुट्यो
फक्रीन नपाई कोपिला मै चुट्यो।।
- पेम्बा डोल्मा "प्रकृति"
सिन्धुपाल्चोक ,हाल:टर्की।
          (उम्दा केस्रा)
****   ****     ****
        "समवेदना"
यात्रु न कसैले सोच्यो मर्छु भनि
दैवको  लिला नै यस्तै रैछ अनि
पर्नु  पर्ने  दर्शनार्थी  नै  हे  दैव
भक्तजनलाई नै पो  हर्यौ त नि
नहोस् है आईन्दा दुर्घटना भनि
सफल रहोस् उड़ान  हाम्रो पनि!
- विनोद सेन 'पाल्पाली'
****     *****    ****
       "समवेदना"
मृता आत्माले चिरशान्ति पाओस्
परिवार मा   पीडा  न फैलाओस्
ईस्वरले  धैर्य  गर्ने  शक्ति  दिउन्
व्यथाहरु  सबै  हराई  जाओस्
यस्तो  पीडा  कसैले पनि पाओस्
भावी पीडिमा सधै शान्ती आओस्।
- सावित्रा लुइँटेल घिमिरे
झापा,हाल- इजरायल।
         (उत्कृष्ट केस्रा)
****    ****    ***
        "श्रद्धा सुमन"
खबर सुन्न साथ आत्तियो मन
मन भित्रै आगो बल्यो दनदन
तेईस जनाको ज्यान गो भन्दा त
एकदमै स्तब्ध भएँ म त झन
मृत आत्माहरुमा श्रद्धा सुमन
धेरैले गुमाका छन्  आफन्तजन।
- इन्दिरा कुमाल
******
(स्रोत- नवज्योति नेपाली साहित्य समाज)

No comments:

Post a Comment